शिकार खेल्न जाँदा साथीलाई गाेली हान्ने ३ जना पक्राउ

सांकेतिक तस्वीर

तुलसीपुर । शिकार खेल्न गएका तुलसीपुर उपमहानगरपालिका–१३ बराहखुटी निबासी खुशलराम पौडेललाई गोली लागेपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ बाख्रे निबासी २४ बर्षका कमल पुन, ३८ बर्षका राजु घर्ती र ४० बर्षका इन्द्र केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

उनीहरुलाई गएराति प्रहरीले घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनालाई तुलसीपुर प्रहरीले वडा प्रहरी कार्यालय लमहीलाई बुझाएको छ । अभियुक्त तुलसीपुर क्षेत्रका भएपनि घटनास्थल लमहीमा पर्ने भएकाले लमही प्रहरीलाई बुझाएको डिएसपी सिंहले बताए ।

बुधबार राती लमही नगरपालका–९ च्याउखोलामा शिकार खेल्न गएको समयमा आफनै साथीले हानेको बन्दुकको गोली लागेर पौडेल घाइते भएका थिए । शिकार खेल्न १४ जना गएपनि ११ जना भने अझै फरार रहेका छन् । घाइतेको भारतको लखनउमा उपचार भइरहेको पारिवारीक स्रोतले बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दलित वस्ती बनाउने निर्णय गर्दै मधेशकी प्रथम महिला मेयर साहले गरिन पदभार ग्रहण