जग्गा नछाेडेकाे भन्दै देवर र भतिजाले कुटेर दुबै हात भाँचिदिए

सप्तरी, राजविराज । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेकै बेला सप्तरीमा दुई महिलामाथी निर्घात कुटपिट भएको छ ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ बभनगामा कट्टी बस्ने ४५ वर्षिया बुलबुलदेखी यादवलाई उनका देवर र भतिजाले कुटेर हात भाचिदिएका छन् भने विष्णुपुर गाउँपालिका वडा नं. ६ रन्जितपुर बस्ने १५ वर्षिया कल्पना मुँखियालाई छिमेकीले कुटपिट गर्दा शरीरभरि निलडाम परेको छ ।

ती दुबैलाई उपचारका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल भर्ना गरिएको छ । यादवको बेड नं. २८ र मुखियाँको ११ नम्बर बेडमा राखि उपचार भइरहेको छ ।

तिलाठी कोइलाडी ६ बभनगामाकी बुलबुलले देवर राधेश्याम र भतिजो धर्मेन्द्रले बाटोका लागी नम्बरी जग्गा नछाडिएको भन्दै बिहीबार राती ९ः३० बजेतिर घिसारेर बाहिर ल्याई बाँसको भाटा र फलामे रडले हिर्काएर घाइते बनाएको बताएकी छिन् । उनको दुबै हात भाचिएको छ भने टाउँकोमा ९ वटा टाँका लगाउन परेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

आफूहरु मजदुरी गरि गुजारा चलाउँदै आएको र पति जगदिश घरमा नभएको बेलामा देवर र भतिजा मिलेर निर्घात कुटपिट गरेको बुलबुल देवीले बताईन् ।

भएको पाँच धुर जग्गा मध्येबाट अगाडीतिरबाट बाटो दिएकै अवस्थामा पछाडीबाट समेत बाटोका लागि जग्गा मागेर पटक पटक दुःख दिने गरेको उनको आरोप छ । बुलबुलका पति जगदीशले हात भाचिएकी पत्निको उपचारका लागि आफूसीत खर्च समेत नरहेको पीड ब्यक्त गरेको सहयोगका लागि आग्रह गरेका छन् ।

पराल राख्न नदिएपछि कुटिइन् कल्पना

यता बिहीबारै राती १० बजेतिर विष्णुपुर गाउँपालिका ६ रन्जितपुरकी १५ वर्षिया कल्पना मुखियालाई छिमेकी पुसो मुखिया र सुरज मुखियाले छानामा पराल राख्न नदिएको भन्दै निर्घात कुटेका छन् । खेतबाट ल्याएको पुसो र सुरजले आफ्नो छानोमा राखेको र बचेको केही पराल कल्पनाको घरको टिनको छानोमा समेत राखेपछि विवाद उत्पन्न भएको थियो ।

आफ्नो घरको छानो कमजोर रहेको भन्दै कल्पनाले हटाउन खोज्दा सुरज र पुसोले बाँसको भाटाले निर्घात कुटपिट गरेको पीडित किशोरीका आफन्तले बताएका छन् । जिउभरी निलडाम रहेको र बेहोस अवस्थामा कल्पनालाई गाउँलेको मद्दतबाट अस्पताल भर्ना गरिएको छ ।

दुबै घटनाका आरोपित फरार रहेको र उनीहरुको ब्यापक खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 262 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेता को कहाँबाट मतदान गर्दै ?