पहिलो पटक जिल्ला स्तरीय फुटसल, ५० हजार पुरस्कार

??

सिन्धुपाल्चोक । कोरोना भाइरस कोभीड–१९ को माहामारी बिच बन्द रहेको सिन्धुपाल्चोकको खेल क्षेत्र बिस्तारै चलायमान हुन सुरु भएको छ । बलेफी गाउँपालिकाको सहयोगमा सिन्धुपाल्चोकमा नै पहिलो पटक फुटसल प्रतियोगिताको समेत आयोजना गर्न लागिएको छ ।

‘कोरोनाका कारण सिन्धुपाल्चोकको खेल क्षेत्र पनि चलायमान हुन सकिरहेको छैन, माहमारीको बिचमा पनि स्वास्थ्य सजगता अपनाउँदै बिस्तारै सबै क्षेत्रलाई क्रमश चलायमान बनाउँदै लैजानु पर्छ भन्ने हाम्रो मान्यता छ ।’ गाउँपालिका अध्यक्ष केदार क्षेत्री भन्छन् ‘पहिलो पटक हामी सिन्धुपाल्चोकमा फुटसल प्रतियोगीताको आयोजना गर्दे छौं ।’

बलेफी फुटसल समितिको आयोजना र बलेफी गाउँपालिकाको सहयोगमा यही मंसिर २६ देखि सिन्धुपाल्चोकमै पहिलो पटक जिल्ला स्तरीय खुल्ला फुटसल आयोजना गर्न लागिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए । गाउँपालिकाले प्रेस विज्ञप्ति प्रकाशित गरेर खेलमा सहभागी हुन सबै खेलाडीहरुलाई आग्रह समेत गरेको छ ।

वागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र बलेफी गाउँपालिकाको सहयोगमा बलेफी बजारमा सुविधासम्पन्न कर्भडहल निर्माण सम्पन्न भएको छ। फुटबल खेललाई विकास गर्ने उदेश्यले यो वर्ष गाउँपालिकाको सहयोगमा जिल्ला स्तरीय खुला फुटसल आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष क्षेत्रीले बताए ।

कर्भडहलको उदघाटन तथा जिल्ला स्तरीय खुला फुटसल प्रतियोगिताको उद्घाटन वागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय युवराज दुलालबाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगीतामा करिब ४० टिमको सहभागीता रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकउत शैलेन्द्र भण्डारीले जानकारी दिए । प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद ५० हजार,ट्रफी,मेडल र प्रमाण पत्र पाउँनेछन् भने सुनकोशी नदीमा निःशुल्क ¥याफटिङ गर्न पाउँने व्यवस्था रहेको छ । त्यस्तै दोस्रो हुने टिमले नगद ३० हजार मेडल र प्रमाण पत्र पाउँनेछन् ।

फुटसल प्रतियोगीताको सेमीफाइनल सम्म पुग्ने सबै टिमलाई सुनकोशी नदीमा निःशुल्क ¥याफटिङ गर्न पाउँने व्यवस्था गरिएको गाउँपालिकाकी उपाध्यक्ष कमला श्रेष्ठ कायस्थले जानकारी दिइन । बलेफी गाउँपालिकाको सहयोगमा विगत दुइ वर्षदेखि जिल्ला स्तरीय फुटबल प्रतियोगीता सञ्चालन गर्दे आएका थियो ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरमा २६ हजार मत गन्दा मेयरका १९ जना उम्मेदवारले एक मत पनि पाएनन्