सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा ट्वाइलेट्को सेफ्टी ट्याङ्की सफा गर्दा दुई जनाको ज्यान गएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियाकी सरस्वती भट्टको घरमा सेफ्टी ट्याङ्की सफा गर्दा सेफ्टी ट्याङ्कीमा खसेर २ जनाकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ बस्ने ४० वर्षीय घुमन डगौरा र भीमदत्त नगरपालिका ४ बस्ने ३५ वर्षीय गणेश रानाको रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

सेफ्टीट्यान्कीमा खसेको स्थानीयले थाहा पाएपछी स्थानीयले प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरी टोलीले सेफ्टी ट्याङकीबाट दुवै जनालाई मृत अवस्थामा निकालेको समेत प्रवक्ता थापाले बताए । उनीहरुको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे नाैमूलेमा प्रमुखमा माओवादी केन्द्र, उपप्रमुखमा समाजवादी विजयी