Thursday, August 5, 2021
HomeExclusiveप्रजनन अधिकारसम्बन्धी ऐन कागजमा सीमित

प्रजनन अधिकारसम्बन्धी ऐन कागजमा सीमित

,
sharethis

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवासम्बन्धी नीति योजना तथा कार्यक्रमका विषयमा सरकारलाई सुझाव दिन गठन भएको प्रजनन स्वास्थ्य समन्वय समिति निस्क्रिय रहेको छ । जसका कारण प्रजनन अधिकार मुलतः कार्यान्वयनमा आउन सकेको छैन ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको अध्यक्षतामा प्रजनन स्वास्थ्य समन्वय समिति रहने व्यवस्था छ ।

नेपाल स्वास्थ्य स्वयंसेवी संघका केन्द्रीय उपाध्यक्ष साबित्री मैनालीले ऐन बने पनि कार्यान्वयन नभएको बताइन् । उनले भनिन््,‘ नीति बनाउने तर कार्यान्वयन नहुने हो भने त हाता लाग्यो शून्य नै हुन्छ । हामीले स्वयंसेविकालाई प्रजनन स्वास्थ्य समितिको बैठकमा पछिल्लो समय बोलाउन पाएका छैन ।’ उनले समिति निष्क्रिय हुँदा प्रजनन अधिकार कार्यान्वयनको सुनिश्चिततामाथि प्रश्न चिह्न उठेको बताइन् ।

समितिका सदस्यमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक रहने व्यवस्था छ ।

यस्तै, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का प्रतिनिधि, स्वास्थ्य मन्त्रालयका कानुन अधिकृत, प्रजनन स्वास्थ्य तथा प्रजनन अधिकारको क्षेत्रमा अध्ययन अनुसन्धान वा सेवाप्रदान गरिरहेका पेशागत संस्था र व्यक्तिमध्येबाट एक महिलासहित मन्त्रालयबाट मनोनित प्रतिनिधि दुई जना सदस्य, स्वास्थ्य मन्त्रालयले तोकेको नेपाल स्वास्थ्य स्वयंसेविका संघको प्रतिनिधि एक जना सदस्य रहने प्रावधान छ ।

समितिको सदस्य सचिवमा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक सदस्य सचिव हुने व्यवस्था छ । समितिका सदस्य सचिव रहेका स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. भीमसिंह तिङकरीले कोभिड–१९ महामारीका कारण बैठक बस्न नसकेको बताए । उनले भने, ‘अब हामी छिट्टै समितिको बैठक बस्छौं । समिति सन्दर्भमा मनोनयन फाइलअघि बढिसकेको छ ।’ उनले आफूहरू पनि कोभिड महामारी रोकथाममा खटिएकाले समितिको बैठक बस्न केही ढिलाइ भएको बताए ।

ऐनमा सरकारी, गैरसरकारी वा निजी संघ संस्थामा कार्यरत महिलालाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा अन्ठानब्बे दिनसम्मको तलबसहितको प्रसूति बिदा पाउने अधिकार हुने भनिएको छ । यस्तै, सरकारी, गैरसरकारी वा निजी संघ संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने ऐनमा उल्लेख छ । अहिले पनि निजी तथा सरकारी क्षेत्रमा कार्यरत केही महिला कर्मचारीले सहज तरिकाले बिदा पाउँदैनन् ।

सरकारी, गैरसरकारी वा निजी संघसंस्थामा कार्यरत पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले सुत्केरी हुनुअघि वा पछि पारिश्रमिकसहितको १५ दिन प्रसूति स्याहार बिदा पाउने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा उल्लेख छ । तर, यी बुँदा पूर्णतः कार्यान्वयनमा आउन सकेका छैनन् ।

सरकारले प्रत्येक वर्ष आफ्नो बजेटमार्फत प्रत्येक स्थानीय तहलाई मातृत्व तथा प्रजनन स्वास्थ्य सेवाको प्रयोजनका लागि अनुदान रकम विनियोजन गर्नुपर्ने भए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

प्रत्येक स्वास्थ्य संस्थाले मृतक शिशु तथा गर्भपतन भएका तथा गराएका महिलाको संख्या खुल्ने गरी अभिलेख गर्नुपर्ने प्रावधान छ । यस्तै, प्रत्येक स्वास्थ्य संस्थाले स्वास्थ्य संस्थामा प्रसूती सेवाको लागि आएका गर्भवती महिलाको मृत्यु भएमा त्यस्तो महिलाको अभिलेख गर्नुपर्ने भनिए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

गत असोजमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली, २०७७ स्वीकृत भएको थियो । महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी हकको सम्मान, संरक्षण र परिपूर्ति गर्दै सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहँुचयोग्य सेवा बनाउने अवधारणाका साथ सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लागू भएको हो ।

(Visited 148 times, 1 visits today)

आजको समाचार

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

साताका लोकप्रिय समाचार

न्यायालयमा पेसी तोक्ने समयदेखि सुरु हुन्छ बेथिति

काठमाडौं । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्ष निकालेको छ...

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको पूर्ण खोप

  सप्तरी, राजविराज । सप्तरीमा शुक्रवार सम्म ५७ हजार जनाले कोभिड–१९ विरुद्धको पुर्ण डोज खोप लगाई सकेका छन् । २७ हजार ब्यक्ति भने पहिलो मात्रा लगाई...

४१०७ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाकाे निधन

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर...

‘पारसको सन्न्यास’ एक युगको अन्त्य

काठमाडौं । नेपाली क्रिकेट समर्थकले अब पारस खड्काले लगाउने ७७ नम्बरको जर्सी सधैं मिस’ गर्नेछन् । कारण नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्वकप्तान पारस...

ट्रेन्डिङ

सीमा नाका नखोलिने, जुन देशमा अलपत्र छन् त्यहीँको सरकारले व्यवस्थापन गर्नुपर्ने

काठमाडौं । सरकारले लकडाउनको बेला बन्द भएको सीमानाका नखोल्ने जनाएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्नेहरु सीमा नाकामै अलपत्र परिरहेका बेला सरकारले सीमानाका...

कोरोना भाइरसको अति उच्च जोखिममा नेपाल

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ । डब्लूएचओको मुख्यालयमा बिहीबार बसेको साप्ताहिक ब्रिफिङपछि...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)