एन्फा र नगरपालिका संघबीच दुई वर्षको सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली फुटबल विकासका लागि देशमा छरिएर रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरूको छाता संगठन नेपाल नगरपालिका संघसँग शुक्रबार दुई वर्षे सम्झौता गरेको छ ।

सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र नगरपालिका संघ तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले हस्ताक्षर गरे । आवश्यकताअनुसार सम्झौता थप हुने बताइएको छ । जसमा नगरपालिकाले सात वटै प्रदेशमा अन्तर नगरपालिका तथा नगरपालिका भित्रका क्लब, विद्यालय स्तरमा फुटबल प्रतियोगिताहरू सञ्चालन गर्नका लागि नगरपालिकाहरूबाट खेलाडीहरूको पहिचान र प्रशिक्षण गरी समग्र खेलकुदको विकास गर्नका लागि आवश्यक समन्वय र पहल गर्नेछ ।

फुटबल खेलको विकासका लागि अत्यावश्यक ग्रास रुट फुटबल (६ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरू खेल्ने) र प्रतियोगिताहरू सञ्चालन गर्नका लागि नगरपालिकाले अनुमति प्रदान गर्न सम्पूर्ण नगरपालिकाहरूमा समन्वय र सहजीकरण गर्नेछ । जिल्ला फुटबल संघहरूलाई आर्थिक अनुदान दिनका लागि नगरपालिकाहरूको बजेट निर्माण, बजेट विनियोजनमा नगरपालिकाहरूलाई आवश्यक सल्लाह र पहल गर्नेछ । ‘एक नगरपालिका एक फुटबल मैदान’को नारालाई सार्थक तुल्याउन प्रत्येक नगरपालिकाहरूमा फुटबल खेल मैदान निर्माण, मर्मत सम्भार, संरक्षण तथा संवद्र्धन गर्न आवश्यक पहल, समन्वय र सहकार्य गर्नेछ ।

जिल्ला फुटबल संघहरूको फुटबलसम्बन्धी भौतिक पूर्वाधार निर्माण, प्रतियोगिता सञ्चालन, प्रशिक्षण संचालन तथा फुटबलसम्बन्धी गोष्ठी सेमिनार आदिको लागि पहल गर्नेछ । नगरपालिकाहरूले फुटबल खेलसँग सम्बन्धित भौतिक पूर्वाधार निर्माण गर्दा एन्फा, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)द्वारा प्राप्त अनुदान तथा एन्फाको पूर्वनिर्धारित वार्षिक बजेटसमेतलाई मध्यनजर गरी नगरपालिकासँग समन्वय गरी भौतिक पूर्वाधार निर्माणमा सहयोग प्रदान गर्न सक्नेछ ।

फुटबल खेलमा योगदान पु¥याउने खेलाडी, प्रशिक्षक, रेफ्री आदि सरोकारवालाहरूलाई सम्बन्धित नगरपालिकामा पुरस्कृत गर्नका लागि नितीगतव्यवस्था र पहल गरिने र नगरपालिका र एन्फाका पदाधिकारी सम्मिलित एक समन्वय समिति गठन गरी समग्र नगरपालिकाहरूमा हुने समग्र फुटबल सम्बन्धि गतिविधिहरूका लागि समन्वय र सहजीकरण गर्ने विषय सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौतापछि नगरपालिकाका अध्यक्ष श्रेष्ठले नेपालमा खेलकुद विकासका लागि यस सम्झौता कोसेढुंगा साबित हुने बताए । एन्फाका अध्यक्ष शेर्पाले फुटबललाई स्थानीय तहसम्म जोड्न यस सम्झौता महŒवपूर्ण हुने बताए । शेर्पाले फुटबल पूर्वाधार निर्माण, प्रतियोगितालगायत धेरै क्षेत्रमा सहकार्य भएको भन्दै आफूहरू सम्झौता कार्यान्वयनमा केन्द्रित हुने बताए ।

अभिषेक र मन्जलीलाई मोटरसाइकल
अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत वर्ष उदयमान खेलाडी घोषणा गरेका अभिषेक रिजाल र मन्जली योन्जनलाई पूर्व घोषित पुरस्कार मोटरसाइकल र स्कुटर प्रदान गरेको छ ।

एन्फाले शुक्रबार एक कार्यक्रमकाबीच अभिषेकलाई यामाहाको मोटरसाइकल र मञ्जलीलाई स्कुटर हस्तान्तरण गरेको हो । एन्फाले गत वर्ष ‘एन्फा दिवस’को अवसरमा पुरुषतर्फ अभिषेक र महिलातर्फ मन्जलीलाई उदयमान खेलाडी घोषणा गरेको थियो । तर, पुरस्कार रकम प्रदान गरेको थिएन । यस्तै एन्फाले गत वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका हरि खड्का र लाइफटाइम अचिभमेन्ट अवार्ड भगीरथ आले ‘मामा’लाई मोटरसाइकल प्रदान गरेका छन् ।

मामा कार्यक्रममा उपस्थित रहेनन् । पुरुषतर्फ पूर्व फिफा रेफ्री लव खत्रीलाई मोटरसाइकल प्रदान गरिएको छ । महिलातर्फ उत्कृष्ट रेफ्री अस्मिता मानन्धर कार्यक्रममा सहभागी स्कुटर प्रदान गरिएको छ । एन्फाले गत वर्षदेखि वैशाख २२ लाई ‘एन्फा दिवस’को रुपमा मनाउने गरेको छ । यसवर्ष कोरोना महामारीका कारण ‘एन्फा डे’ स्थगित भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार