हल नखुल्दा प्रदीप उदयको आक्रोस

काठमाडौं । गत असारदेखि पहल सुरु गरिएकोमा हालसम्म पनि नेपालमा सिनेमा घर नखुल्दा हल सञ्चालकहरू आक्रोशित हुन थालेका छन् । यसैक्रममा हलवालाहरूको संस्था नेपाल चलचित्र संघका निवर्तमान अध्यक्ष प्रदीपकुमार उदयले हालसम्म पनि सिनेमा हल खोल्न सरकारले चासो नदेखाएको भन्दै आक्रोस पोखेका छन् ।

बुटबलमा द्वारिकाज सिनेमा हल सञ्चालन गर्दै आएका उदयले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश पोखेका हुन् । उनले हल सञ्चालन नहुँदाको पीडा पोख्दै लेखेका छन्, ‘सुरु देखि नै भन्दै आएको छु । यो सरकार दबाब र आन्दोलनको भाषा मात्र बुझ्छ ।’ अन्य सबै व्यवसायीको संगठनहरूले आन्दोलनको अल्टिमेटम दिएपछि सरकारले तत्काल खोल्ने निर्णय गरेको उनले बताएका छन् । तर चलचित्र क्षेत्र भलादमी भएका कारण पनि अहिलेसम्म सिनेमा हल खुल्ने संकेत नदेखिएको भन्दै उनले आक्रोश पोखेका हुन् ।

सिनेमा हल सञ्चालकले एउटा विज्ञप्ति मात्र पनि निकालेर अल्टिमेटम दिएको भए सायद यो सरकारले सुन्थ्यो होला भन्ने उनको कथन छ । तर सिनेकर्मीहरूले आफुलाई भलादमी ठान्दै विज्ञप्ति नकाल्न पनि चासो नदेखाएको उनले बताएका छन् ।

‘अन्य मुलुकबाट भिजिट भिसामा विदेशी आउन पाउने र सम्पूर्ण अन्तर्राष्ट्रिय उडान खोल्नेसमेत निर्णय भइसक्यो तर सञ्चार मन्त्रालयबाट खोल्न सिफारिस दिन चलचित्र क्षेत्र’bout सरकार मौन छ र पनि हामी चुप छौं,’ संघका निवर्तमान अध्यक्ष उदयले भनेका छन्, ‘सरकारले भनिदनुप¥यो कि चलचित्र क्षेत्रको यो मुलुकमा आवश्यकता छैन । बन्द गरिदिऊँ, चलचित्रसँग सम्बन्धित सबै इजाजतपत्र खारेज गरिदिऊ र भनिदिऊ चलचित्र क्षेत्रसंग सम्बन्धित कोही पनि हाम्रा नागरिक होइनन् र यिनीहरूको संरक्षण गर्नु हाम्रो दायित्व होइन ।’ सरकारको यस्तो जवाफ आएका आफूहरू चुपचाप अर्काे बाटो लाग्ने पनि उनले बताएका छन् ।

अब त जागौं भन्दै उदयले आफ्नो अस्तित्वका लागि लड्न सबै सिनेकर्मीसँग अपिल गरेका छन् । यसैक्रममा चलचित्र क्षेत्रका भलाद्मीहरूले बेवास्ता गरेको उदयको कथन छ, ‘बुझांै चलचित्र विकास बोर्ड सरकारी निकाय हो । बोर्डले गम्भीरतापूर्वक चलचित्र क्षेत्र खोल्ने पक्षमा लागे पनि सरकारले महŒव नदिन सक्छ ।’

आफ्नो अस्तित्वका लागि अब चलचित्र क्षेत्रसँग सम्बन्धित संघसंस्था स्वयं अग्रसर र दबाबसहितको आन्दोलनमा उत्रनुपर्ने बेला आएको पनि उदयको अपिल छ, ‘सरकार हाम्रो क्षेत्रको अस्तित्व स्विकार्न तयार हँुदैन । होइन भने जसरी चलचित्र क्षेत्र मात्र लामो समयदेखि बन्द छ, त्यसरी नै चलचित्र क्षेत्रसँग सम्बन्धित संघसंस्था बन्द गरांै ।’

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरको उपप्रमुखमा एमालेकी डंगोलले ल्याईन् समाजवादीको भन्दा तीन गुना बढी मत