१३८० जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

काठमाडौँ । देशभर आज थप १ हजार ३८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २ लाख ३० हजार ७२३ पुगेको छ । आज थप ९ हजार ३६८ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख ११ हजार १८६ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५१५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १८ हजार ८३ जना सक्रिय सङ्क्रमित छन् ।

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १ हजार ४५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 289 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीमा चार स्वतन्त्रले फिर्ता लिए उम्मेदवारी