नेपालमा कारोना निको भएको अर्थात् रिर्पाेट नेगेटिभ आएको निमोनिया भएको भए चार साता र नभएको भए तीन सातासम्ममा सामान्य बन्न सक्ने चिकित्सकहरूले भन्दै गरेका भए पनि महिनांै थकान, कमजोरी र सासमा समस्या भएका बिरामीहरू आज पनि टेकु अस्पतालमा देखाउन फलोअपमा आइरहेका छन् । रोग तथा भाइरस नयाँ भएकाले कसैले यस्तै, यति दिनमा भनेर भन्न सक्ने अवस्था पनि छैन ।
दीर्घ कोभिड : कोरोना संक्रमण कतिपयलाई पाचदेखि सात दिनमै निको हुन्छ भने कतिलाई अलि लामो समय लाग्ने गरेको छ । कतिपय निको अर्थात् कोरोनाको पीसीआर रिर्पाेट नेगेटिभ आएर पनि महिनौसम्म संक्रमणकै बेलामा जस्तो लक्षण र असरबाट पीडित भइरहन्छन्, जसलाई खोजकर्ताहरू लङ कोभिड अर्थात् दीर्घ कोभिड भन्दछन् ।
लन्डनस्थित किंग्स कलेजले प्रकाशित एक अध्ययन प्रतिवेदनमा निको भएका संक्रमितहरूमा कोरोना संक्रमण भएको पहिलो सातामा पाँच वटाभन्दा बढी लक्षण देखिएमा दीर्घ कोभिड लाग्ने खतरा हुने उल्लेख छ । संक्रमणको पहिलो साता बिरामीलाई यदि थकाई महसुस, टाउको दुख्ने, श्वास लिन कठिन÷गाह्रो, आवाज गह्रौं, मांसपेसी तथा शरीर दुख्नेजस्ता लक्षण देखिए उसलाई दीर्घ कोभिड हुने संकेत मान्न सकिन्छ । संक्रमण भएको चारदेखि आठ सातासम्म पनि पूर्ण रूपमा निको भएन भने उसलाई दीर्घ कोभिड हुने जोखिम बढ्छ । पीसीआर रिर्पाेट नेगेटिभ आइसक्दा पनि रुघा, खोकी, सास लिन गाह्रो, मांसपेसी दुख्ने र धेरै थकाइ लाग्नेजस्ता समस्या भइरह्यो भने ती दीर्घ कोभिडका लक्षण हुन सक्छन् । बेलायत र स्विडेनका गरी ४० हजार संक्रमितलाई सहभागी गराएर भएको खोजमा २० प्रतिशत व्यक्तिले एक महिनासम्म पनि पूरा निको नभएको अनुभव सुनाएका थिए । १ सय ९० जनाले आठदेखि १० सातासम्म लगातार संक्रमणका लक्षण देखापरेको र १ सय जनाले दस सातासम्म पनि बिरामी महसुस भएको जानकारी दिएका थिए ।
लामो समयसम्म थकान महसुस हुने, मांसपेसी र शरीर दुख्ने, ध्यान केन्द्रित गर्न गाह्रो हुनेजस्ता लक्षणलाई पोस्ट कोभिड सिन्ड्रोम भनिन्छ
दीर्घ कोभिड हुदाँका चार भिन्न समस्या : नेसनल इन्स्टिच्युट अफ हेल्थ रिसर्चको विवरणमा संक्रमणको दीर्घ प्रभावका कारण मानिसहरू चार भिन्न समस्या पारिरहेको छ । निरन्तर लक्षण देखिइरहेकालाई थप सहयोग र उपचार गर्नेमा जानकारीको जरुरी रहेको बताएको छ । जीवन बदल्ने अनुभव अधिकांश मानिसमा सामान्य संक्रमण भएको दुई सातामा ठीक हुने र अलि गम्भीर संक्रमण भएकामा तीन सातामा ठीक भएको देखिन्छ । तथापि, रिर्पाेटमा हजारौं निरन्तरको कोभिडबाट ग्रस्त भएका छन् र बेलायतमा संक्रमित वृद्धि हँुदै जाँदा दीर्घ कोभिड व्यहोर्नेको संख्या पनि बढ्ने देखिन्छ । निरन्तरको लक्षणले श्वासप्रश्वासमा कठिनाइदेखि लिएर मस्तिष्क, मुटु तथा कार्डियोभ्यास्कुलर प्रणाली, आन्द्रा, कलेजो, मिर्गाैला र छालासम्म प्रभाव पारिरहेका छन् । जसमा सामान्य लक्षण भई पीसीआर पनि नगरेकादेखि लामो समय अस्पतालमा बिताएका हुन्छन् । कतिपय मानिसमा जसलाई कोभिड भएको पत्ता नै छैन, तिनमा दीर्घ प्रभाव हप्तांैसम्म भेन्टिलेटरको सहारामा बाँचेकामा भन्दा पनि ज्यादा देखिएका छन् ।
पोस्ट कोभिड : खोजहरूमा कोभिडमुक्त भइसकेकामा श्वासप्रश्वाससम्बन्धी समस्या, जोर्नीको दुखाइ, मांसपेसीको दुखाइ, रिगंटा लाग्ने, भ्रम, आँखाको दृष्टिमा परिवर्तन, तनाव र डिप्रेसनजस्ता समस्याहरू देखिने गरेका छन् । लामो समयसम्म थकान महसुुस, मांसपेसी र शरीर दुख्ने, ध्यान केन्द्रित गर्न गाह्रोजस्ता लक्षण भने लामो समयसम्म रहेका छन् । जसलाई पोस्ट कोभिड सिन्ड्रोम भनिएको छ ।
अक्सफोर्ड विश्वविद्यालयको खोजमा संक्रमण भएको दुईदेखि तीन महिनासम्म पनि असर देखिइरहेको छ । संक्रमणबाट मुक्त भइसकेका ६४ प्रतिशत व्यक्तिलाई निकै समयसम्म कोरोनाको असर । वास्ना लिन गाह्रो, थकान, बेचैनी र डिप्रेसनजस्ता लक्षण भइरहेको देखाएको छ । ५५ प्रतिशतमा थकानको समस्या छ ।
संक्रमणमुक्त भए पनि संक्रमणको समयमा प्रतिरोधी क्षमता कमजोर हुने, शरीर सुन्निने, मस्तिष्क वा मेरुदण्डमा प्रत्यक्ष असर हुने भएको पछिसम्म प्रतिकुल असर देखिन सक्छ । जसले थकान महसुस भइरहन सक्छ । पोस्ट ट्रम्याटिक असरका रूपमा पनि रहिरहन सक्छ । दीर्घ रोगीहरू मधुमेह, मोटोपना आदि समस्या भएकामा संक्रमण निको भइसकेपश्चात् पनि अन्य समस्या देखिन सक्छ । कति असर पारेको हो । त्यसअनुसार सिन्ड्रोम देखिन पनि सक्छ ।
निको भएकामा पल्मोनरी फाइब्रोसिसको जोखिम
हुन त फोक्सोलाई संक्रमण गर्ने भाइरस हो । कोभिड संक्रमणबाट निको भएकामा पल्मोनरी फाईब्रोसिससँगै फोक्सोसम्बन्धी अन्य समस्याहरू देखिन थालेका रिर्पाेटहरू सार्वजनिक भइरहेका छन् । संक्रमणअघि फोक्सोसम्बन्धी कुनै समस्या नभएकामा यस्तो देखिन थालेपछि सक्रमणका बेला भएको निमोनियाको असर लामोसमय रहने गर्दछ कि भन्ने त्रास उत्पन्न भएको छ ।
फोक्सोमा भएका कोषिकामा दाग पैदा भई हावा थैलीहरू बाक्लो र कडा हुन्छन् । फोक्सोबाट रक्त प्रवाहमा अक्सिजनको मात्रा कम गर्ने हुदाँ हिँडदा, व्यायाम गर्दा सास फेर्न कठिनाइ हुने अवस्था पल्मोनरी फाइब्रोसिस हो । मधुमेह, रक्तचापलगायतका दीर्घरोग जस्तै : पल्मोनरी फाइब्रोसिसको पनि पूर्ण उपचार गर्न सकिँदैन । यसका लक्षणअनुसार उपचार र जीवनशैली परिवर्तनका माध्यमबाट सुधार ल्याउन सकिन्छ । अध्ययनमा कोभिडका कारण जटिल स्वास्थ्य अवस्था भएका ४० प्रतिशत बढीमा फोक्सो सुन्निने र तीव्र श्वासप्रश्वासको समस्या देखिएको छ । संक्रमित वयस्कहरू यसबाट बढी प्रभावित छन् । यसलाई दीर्घकालीन असरका रूपमा हेरिँदै छ । कोभिडबाहेक अत्यधिक धुम्रपान, कडा निमोनियाको उपचार, एन्टिइन्फलामेटरी मेडिकेसन, अटोइम्युन रोग, रेडिएसन र विभिन्न अन्य संक्रमणका कारणले पल्मोनरी फाइब्रोसिस हुने गर्छ । व्यक्तिको स्वास्थ्य अवस्थाअनुसार लक्षण फरकफरक भए पनि कोभिडबाट निको भएकामा एउटै लक्षणहरू श्वासप्रश्वासमा समस्या, सुक्खा खोकी, थकान, आंैलाको छालामा समस्या देखिने गरेको अध्ययनमा छ ।
श्रवणशक्ति नष्ट र मानसिक समस्या
बेलायतको युनिभर्सिटी कलेज अफ लन्डनको अध्ययनमा कोभिड–१९ को संक्रमणले सुन्ने क्षमतालाई कम वा पूर्ण रूपमा समाप्त पारिदिन सक्ने बताएको छ । संक्रमणपश्चात् स्टेरोइड औषधि दिइँदा बहिरोपनाको रूपमा देखिन्छ । सुन्ने क्षमता घट्नु र टिनिटस अर्थात् कानमा आवाज गुञ्जिनुको लक्षण पनि कोरोना र फ्लुका बिरामीमा देखिन सक्छ । त्यस्तै बेलायतको एक खोजमा कोभिड संक्रमणबाट निको भएका २० प्रतिशतमा मानसिक समस्या देखिने गरेको छ । एन्जाइटी, डिप्रेसन र अनिद्रा अत्यधिकमा देखिने गरेको खोजले बताएको छ ।
सम्भाव्य कारणहरू
यावत् लक्षणहरू १. फोक्सो र मुटुमा भएका स्थायी क्षति २. सघन उपचारपश्चात् उत्पन्न हुने समस्या ३. भाइरल संक्रमणपश्चात् हुने थकाइको समस्या ४. निरन्तर कोभिड–१९ का लक्षणहरूका समस्या र ५. भिन्न समस्याका कारण भएको हुन सक्छ ।
अन्त्यमा, रिर्पाेट नेगेटिभ आउनेबित्तिकै अर्थात् संक्रमण पुष्टि भएको दुई साता सकिने बित्तिकै पहिलेजस्तै दैनिक कार्यमा सक्रिय भइहाल्न हँुदैन किनभने त्यसले थकान उत्पन्न गराउने र त्यो पछि गएर झन् जटिल बन्ने बताइन्छ । उक्त अवधिमा पोषिलो खानेकुरा सेवन गर्दे योगासन गर्ने, स्वास्थ्य बलियो बनाउनतिर लाग्नुपर्छ । नियमित खाने गरेका औषधि छुटाउनहँुदैन ।