अभिलाषालाई स्वर्ण

काठमाडौं । नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले आईटीएफ इस्लामाबाद जुनियर्स यु–१८ प्रतियोगिताको सर्किट १ मा शनिबार स्वर्ण जितेकी छन् । गल्र्स डबल्स फाइनलमा अभिलाषाले रसियाकी एरिना भालिटिभासंग मिलेर रसियाकी एकातेरिना सुभोरोभ र पाकिस्तानकी जोहा असिमलाई पराजित गर्दै स्वर्ण आत पारेकी हुन् ।

गल्र्स सिंगल्समा भने अभिलाषा दोस्रो भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जानकारी गराए । फाइनलमा रसियाकी एरिनाले अभिलाषालाई हराइन् । पाकिस्तानमा भइरहेको प्रतियोगिताको ब्वाइज डबल्समा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावत दोस्रो भए ।

फाइनलमा नेपाली जोडी अमेरिकाका रोहन बेल्डे र एलेक्जेन्डर कर्मानसंग पछि परे । नोभेम्बर २३ देखि सुरु प्रतियोगितामा रसिया, स्पेन, अमेरिका, नेपाल, पकिस्तान, ग्रेट ब्रिटेन, अस्ट्रेलिया र जापानको सहभागिता रहेको सदस्य विष्टले जानकारी गराए । सर्किट– २ सोमबारदेखि सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 322 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जित्ने र हार्ने दुवै विजय उत्सवमा