जनकपुरधाम । जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले उतर केहि नदेख्ने तर दक्षिणको कुरालाई राष्ट्रवादको मुद्दा बनाउने वर्तमान संघिय सरकार देशकै लागि घातक रहेको बताए । जनकपुरधाममा आयोजित विद्यापति स्मृतीपर्व २०७७ को समुदघाटन कार्यक्रममा बोल्दै पूर्व रक्षा मन्त्री समेत रहेका नेता भण्डारीले भने, ‘उतर तिरको अतिक्रमण केही होइन तर दक्षिण तर्फको अतिक्रमण राष्ट्रियता हुन्छ, यो सरकारले गर्न खोजेको ?’
वर्तमान सरकारको कारण दुई ठुला छिमेकी शक्तिहरुसंको सम्बन्ध बिग्रदै गएको र यस्ले देशकै राष्ट्रियता धरापमा पर्ने सम्भावना रहेको उनको जिकिर छ । भण्डारीले मैथिलि शिक्षा तत्कालै प्राथमिक तहमा लागु गर्न प्रदेश सरकारलाई आग्रह समेत गरेका छन् । प्रदेश २ मा सर्वाधिक बोलिने भाषा र मैथिली शभ्य र शिष्ठ भाषा समेत रहेकाले शिक्षामै लागु गर्नुपर्ने उनले बताए । कबि कोकिल विद्यापतिको रचना र मैथिली भाषाको विकासको चर्चा गर्दै उनले मैथिलीको विकासले प्रदेशको समेत विकास हुने बताए ।
कार्यक्रममा प्रदेश सांसद परमेश्वर साह, मैथिली ब्राह्मण महासभाका केन्द्रिय अध्यक्ष भगवान झा, जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता झा, युवा नेता ज्ञानेन्द्र झा ज्ञानु विद्यापति स्मारक संरक्षण समितिका अध्यक्ष चन्द्रमोहन चौधरी लगायतका बक्ताहरुले बोलेका थिए ।
मैथिली भाषाका महाकवि विद्यापतिको स्मृति दिवस प्रदेश दुईका विभिन्न जिल्लामा साताव्यापी मनाइदैै छ । मैथिली भाषाको विकासमा महत्वपूर्ण योगदान दिएका विद्यापतिको रचना संस्कृत, प्राकृत, मैथिली र अबहठ्ठमा प्रकाशित छन । मैथिलीमा मात्रै उनले शक्ति आराधना, नचारी, कृष्णलीला, प्रणय लगायतका विषयमा हजारभन्दा बढी गीत रचना गरेका छन् भने अबहठ्ठमा दुईवटा खण्डकाव्य र्कीर्तीलता र र्कीर्तीपताका तथा संस्कृतप्राकृत मैथिलीमा गोरक्षविजय र संस्कृत प्राकृतमा मणिमञ्जरी नाटकहरू उपलब्ध छन्। संस्कृतमा उनले शास्त्रीय र व्यवहारोपयोगी धेरै ग्रन्थ लेखेका थिए । तीमध्ये शिक्षाप्रद रोचक कथा सङ्कलन पुरुष परीक्षा तथा अभिलेखाङ्कन नमुनाका साथै शासनोपयोगी पत्राचारको लिखनावली विख्यात छ ।
विद्यापतिको यात्रा साहित्य भूपरिक्रमण, धर्मशास्त्र र कर्मकाण्डका पारम्परिक ग्रन्थहरू विभागसार, शैवर्सवस्वसार, दुर्गाभक्ति तरङ्गनि, दानवाक्यावली, गङ्गावाक्यावली, गयापत्तलक, वर्षृत्य, व्याड. भक्तितरङ्गनि आदि अमर कृति छन् । यी सबै कृतिमा तत्कालीन सूचना र सामाजिक अवस्थाको चित्रण गरिएको पाइन्छ ।