Saturday, April 4, 2020
Home Exclusive समायोजन प्रक्रियामा गम्भीर त्रुटि

समायोजन प्रक्रियामा गम्भीर त्रुटि

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी समायोजन प्रक्रियामा गम्भीर त्रृटि देखिएको छ । समायोजन प्रक्रिया पारदर्शी र व्यवस्थित हुन नसक्दा समग्र कर्मचारी व्यवस्थापन नै भद्रगोल देखिन पुगेको हो ।

स्थानीय तहमा समायोजन भएर गएका कर्मचारी कार्य क्षेत्रमा पुगे-नपुगेको तथा काम गरे-नगरेको तथ्यांक राखी अनुगमन नगरेका कारण कर्मचारी व्यवस्थापन भद्रगोल देखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेको दुई वर्ष पूरा भएको उपलक्ष्यमा हालै सार्वजनिक गरिएको उपलब्धिमा कर्मचारी समायोजन भई काम गरिरहेको विषयलाई प्रमुख उपलब्धिका रूपमा माने पनि समायोजन पछि मन्त्रालयले खेल्ने भूमिका कमजोर हुँदा कार्यान्वयन सुस्त देखिएको छ । स्थानीय शासन विज्ञ डा. खिमलाल देवकोटाले मन्त्रालयले कर्मचारी सरुवा भएर काममा गए नगएको सुपरिवेक्षण गर्न नसकेको बताए ।

‘धेरै स्थानीय तहमा कर्मचारी सरुवा भएको महिनौं हुँदा पनि काममा गएका छैनन्,’ डा. देवकोटाले भने । उनले मन्त्रालयले कर्मचारी खटाएको ठाउँमा गए÷नगएको, काम गरे÷नगरेको र कर्मचारीको रेकर्ड नराख्ने हो भने यसले स्थानीय तह कमजोर हुने बताए । यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी पनि संवेदनशील बन्न नसकेको पाइएको छ । समायोजनपछि कर्मचारी सम्बन्धित निकायमा गए÷नगएको बारेमा मन्त्री त्रिपाठीसँग जिज्ञासा राख्दा उनले भने, ‘यस विषयमा म केही बोल्दिनँ ।’

यसो त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकोे मुख्य जिम्मेवारी भनेको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन जारी गराई कार्यान्वयनमा ल्याउनु हो । मन्त्रालयले एक वर्षअघि नै संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार पारी संसद्मा पठाए पनि यसलाई पारित गराउन विशेष पहल गर्न नसक्दा ऐनले अन्तिम रूप पाउन नसकेको गुनासो मन्त्रालयका कर्मचारीको छ ।

(Visited 897 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

२५ जनाको ज्यान लिने चितुवालाई चितवन लगियो

बैतडी । बैतडीको मेलौली नगरपालिका ९ असुरमा खोरमा फसेको चितुवालाई उद्धार शनिबार गरिएको छ । बिहीबार राती चितुवा खोरमा फसेको...

अब लकडाउन बढ्छ कि बढ्दैन ? आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा मुलुकभर लगाइएको...

कोरोनाबाट भारतमा एकै दिन १६ को मृत्यु, संक्रमणको उच्च जोखिम

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या...

भर्खरै

भारतबाट आएका हजार जना आफ्नै घरमा , काेराेन संक्रमणकाे खतरा !

दार्चुला । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत...

उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीकाे...

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध रु एक करोड सहयोग

काठमाडौं । नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई रु एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य...

धेरै पढिएका

ई-पेपर

(Visited 24 times, 1 visits today)