Thursday, January 21, 2021
Home प्रदेश प्रदेश ३ वैकल्पिक प्रणालीमा ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीन : अध्ययन

वैकल्पिक प्रणालीमा ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीन : अध्ययन

काठमाडौँ । कोभिड–१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको एक अध्ययनले देखाएको छ । उनीहरु घरमै सिकाइ क्रियाकलापमा संलग्न भए पनि विद्यालय, शिक्षक तथा सूचना प्रविधिको सहयोगको अभावमा उनीहरुले अर्थपूर्ण सिकाइ हासिल गर्न नसकेको पाइएको हो । सिकाइ प्रभावकारी नहुँदा यसको शिक्षामा दीर्घकालीन असर पर्न सक्ने विज्ञहरुको भनाइ छ ।

शैक्षिक नागरिक क्षेत्रको साझा सञ्जाल ‘शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल’ ले ‘नेपालका सार्वजनिक विद्यालयमा कोभिड–१९ को असर’ विषयक विभिन्न प्रदेशका सात जिल्लाका स्थानीय तहमा गरेकोे अध्ययनले शिक्षकलाई वैकल्पिक माध्यमको सिकाइबारे तालीम अपर्याप्त नभएको पनि जनाएको छ ।

सरकारले महामारीको स्थितिमा पनि शैक्षिक सत्रलाई खेर जान नदिन सूचना तथा सञ्चार प्रविधिको सहायतामा सञ्चालन हुने गरी वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरेको थियो भने हाल स्वास्थ्य जोखिमको अवस्था मूल्याङ्कन गरी स्थानीय तहले विद्यालय खोल्न सक्ने गरी विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ जारी गरेको छ ।

एनसिइ नेपालका लागि शिक्षाकर्मी डा सुरेश गौतम, डा इन्द्रमणि राई, सनम मास्के, राजेन्द्र पहाडी, जनक पन्तसहितको टोलीले गरेको सो अध्ययनले चितवनबाहेक अन्य जिल्लाका २५ प्रतिशत विद्यालयबाट मात्रै वैकल्पिक सिकाइका लागि विद्यार्थीले सहयोग पाएको देखाएको छ । झापा, चितवन, पर्सा, रुपन्देही, पर्वत, दैलेख, बाजुराका स्थानीय तहका कक्षा ४, ८ र ९ का विद्यार्थीसँग अनलाइन सर्वेक्षणसमेत गरिएको सो अध्ययनमा ३३५ अभिभावक, ३५० विद्यार्थी र ८५ जना प्रधानाध्यापक सहभागी थिए ।

पर्सामा बाहेक अन्य जिल्लाका ९४ प्रतिशत अभिभावकले अभिभावक शिक्षा नपाएको देखाएको अनुसन्धानकर्ता डा गौतम र डा राईले बताए । झापामा आमा समूह परिचलान गरी अध्ययन केन्द्रहरु सञ्चालन गरिएको र रुपन्देहीमा साना बालबालिका खेलेर तथा ठूला बालबालिकाले प्रायः सुतेर बन्दाबन्दीको समय बिताएको अध्ययनले उजागर गरेको छ । अध्ययन प्रतिवेदनले ७५ देखि १०० प्रतिशतसम्म विद्यार्थीले पाठ्यपुस्तक पाए पनि अन्य शैक्षिक सामग्री नपाएका जनाएको छ । शिक्षकहरु घरदैलोमा पुगेर विद्यार्थीलाई गृहकार्य दिएका ठाउँमा भने ४४ प्रतिशत विद्यार्थीले गृहकार्य पूरा गरेको देखिएको छ भने सिकाइ निरन्तरताका लागि केन्द्र, प्रदेश र स्थानीय तहको भूमिका र समन्वय अभाव भएको उल्लेख छ । प्रतिवेदनमा ७० प्रतिशत अभिभावकले वैकल्पिक सिकाइमा आफ्ना विद्यार्थी संलग्न नभएको तर स्वाध्यायन कार्यमा भने संलग्न रहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस   ललिता निवास जग्गा प्रकरणः सीआईबीको अनुसन्धान अन्तिम चरणमा

अध्ययनअनुसार ६० देखि ९२ प्रतिशत प्रधानाध्यापक र शिक्षकले वैकल्पिक सिकाइको प्रवद्र्धनका लागि योजना बनाए पनि समुदायस्तरमा सिकाइ कार्यक्रम दिएका छैनन् । विभिन्न जिल्लामा ५० देखि ७५ प्रतिशत बालबालिका अभिभावक र मार्गदर्शनमा घरमै स्वाध्यायन क्रियापलापमा संलग्न भएका छन् भने ६० देखि ९१ प्रतिशतसम्म बालबालिकामा वैकल्पिक माध्यमका रेडियो, टेलिभिजन, मोबाइल र कम्पयुटर इन्टरनेट जस्ता साधनमा पहुँचको अभाव भएको पाइएको छ ।

शिक्षाविद् डा विद्यानाथ कोइरालाले नीति, योजना र कागजी निर्णयमा सरकार र सम्बन्धित निकाय सक्रिय रहे पनि विद्यार्थीको सिकाइ सुनिश्चितताका लागि आफ्नोतर्फबाट पहल गर्न शिक्षकहरु चुक्न नहुने बताए । उनले गैरसरकारी क्षेत्रबाट पनि ध्यानाकर्षण गराउने र आवाज उठाउने बाहेक सिकाइ सामग्री तथा स्रोत साधनका लागि सहयोगमा सन्तोषजनक काम नभएको टिप्पणी गरे ।

एनसिइ नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले अध्ययनले तीनै तहका सरकारले वैकल्पिक सिकाइ निर्देशिका र नीतिको व्यावहारिक कार्यान्वयन पक्ष कमजोर रहेको देखाएकाले शिक्षाको अधिकार सुनिश्चित गर्न ती सरकारहरु गम्भीर हुनुपर्ने बताए । शिक्षा अधिकारकर्मी बाबुकाजी श्रेष्ठले विषम स्थितिमा सरोकार भएका सबै पक्षबाट सिकाइ सहजीकरण गराउन सुझाव दिए । एनसिइ नेपालका पूर्व अध्यक्ष राजकुमार गन्धर्वले नेपालमा योजना र नीति तर्जुमा गर्नेहरुको कमी नभए पनि सेवा प्रवाह र नीतिको कार्यान्वयनका लागि सम्बन्धित पक्ष कमजोर रहेको अध्ययनले देखाएकाले त्यस पक्षमा सुधार हुनुपर्ने बताए ।

(Visited 104 times, 1 visits today)
Loading comments...

आजको समाचार

सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित...

सिन्धुपाल्चोकको माझी बस्तीमा सैनिक श्रीमती संघको राहात

भुकम्पपछि चिटिक्क परेको बस्तीमा बस्दै आएका अल्पसंख्यक माझी समुदायले जाडोमा न्यानो मण्डी पाउँदा मख्ख थिए । मण्डी मात्रै होइन खाना पकाउने प्रेसर कुकुर पनि...

शिक्षामन्त्रीसँग पुस्तकालय क्षेत्रका अपेक्षा

नेपालमा संकीर्ण राजनीतिक स्वार्थ तथा दाउपेचका कारण पूर्णावधि नसकिँदै सरकार परिवर्तन हुनु सामान्य कुरा हो । कुनै एक दलले संसदमा स्पष्ट बहुमतको म्यान्डेट प्राप्त...

१० लाख कोरोना खोप आज आइपुग्ने

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप...

ललिता निवास जग्गा प्रकरणः सीआईबीको अनुसन्धान अन्तिम चरणमा

काठमाडौं । ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले चार सय जनाविरुद्ध मुद्दा दर्ताको...

साताका लोकप्रिय समाचार

नेकपामा दुवै समूहका फरक फरक रणनीति

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा...

नेता, पूर्वप्रशासक, व्यवसायीसहित २ सय २० जनाको सम्पत्ति छानबिनमा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दलका नेता, पूर्वप्रशासक, व्यवसायीसहित २ सय २० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान...

१० महिनादेखि बन्द नाटकघर सञ्चालनमा आए

काठमाडौं । १० महिनादेखि बन्द रहेको काठमाडौंको अनामनगरस्थित मण्डल थिएटरलाई यतिबेला सरसफाइसँगै पुनः मर्मतको काम थालिएको छ । नेपाल सरकारको निर्णयअनुसार चलचित्र भवन खुलेपछि...

त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ । त्रिवि...

बालुवाटार गेटमा ओलीलाई स्पष्टीकरणको पत्र बुझाएर फर्किए दाहाल–नेपाल समुह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समुहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र बुझाएको छ । २ माघमा बसेको...

ट्रेन्डिङ

रियल र युभेन्टस क्वार्टर फाइनलमा भिड्ने सम्भावना

जुरिच । युरोपियन फुटबलको सर्वाेच्च निकाय (यूईएफए)ले यो सिजनको बाँकी रहेको यूईएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वार्टर फाइनलदेखि फाइनलसम्मको खेल तालिका सर्वाजनिक गरेको...

ओली र प्रचण्डबीचको छलफल सकियो

काठमाडौँ । पार्टीभित्रको विवाद समाधानलगायत विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच...

अमेरिकी कम्पनीद्वारा अष्ट्रेलियामा कोरोनाभाइरसको खोप परीक्षण

क्यानबेरा । संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको...

विप्लवका जिल्ला अध्यक्ष पक्राउ

दैलेख । प्रहरीले विप्लव नेतृत्वको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष पक्राउ गरेको छ । आठविस नगरपालिका–६ सिंगासैन गाउँस्थित आफ्नै घरमा सुतिरहेको बेला प्रहरीले विप्लव नेतृत्वको...

संकट र चुनौतीलाई अवसरमा बदलौं (विशेष प्रकाशकीय)

दिगो विकास, सुशासन र सकारात्मक सोचको पैरवी गर्दै मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाउन उल्लेख्य भूमिका खेल्दै आइरहेको ‘राजधानी राष्ट्रिय दैनिक’ आजदेखि १९ वर्ष...

संक्रमितको स्पष्ट ठेगाना खुलाउन सरकारको आनाकानी

काठमाडौं । सरकारले संक्रमितको स्थायी र अस्थायी ठेगाना स्पष्ट रूपमा नखुलाउँदा ‘कन्ट्याक्ट टे्सिङ’ र ‘ट््याकिङ’ गर्न सकस बन्दै गएको छ । संक्रमितको पहिचानका लागि...

कोरोनाको अर्थ राजनीतिक परिदृश्यमा नेपाल

छिमेकी देश चीनको बुहान सहर हुँदै सिंगो विश्वभर फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९)...

संखुवासभामा एक सात निषेधाज्ञा

संखुवासभा । संखुवासभा जिल्लामा एक साता निषेधाज्ञा जारी गरिएको छ । शुक्रबार बसेको जिल्लास्तरीय कोभिड १९ जोखिम व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले एक साता...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

ओलीले संविधान मिचेर लुडो खेल सरह बनाए : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधिसभा विघटन संविधान माथीको ठाडो प्रहार रहेको भन्दै यसलाई नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने...

संखुवासभाका कृषकसँग २० लाख बढी ठगी गर्ने पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका विभिन्न कृषकसँग नक्कली कम्पनी स्थापनागरी लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कृषकबाट लाखौं रकम...

प्रदेश १ को प्रदेशसभा बैठक ३ मिनेट बसेर स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ । प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक...

भारत सरकारले नेपाललाई दियो १० लाख डोज कोरोनाबिरुद्धको खोप

काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाबिरुद्धको खोप दिने भएको छ । बुधबार राजानीमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनय मोहन...

भर्खरै

अब नेपालमै रासायनिक मल कारखाना

काठमाडौं । सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने गरी आवश्यक गृहकार्य अघि बढाएको छ । बाली लगाउने बेलामा सधैं नेपाली किसानले बेहोर्दै आइरहेको रासायनिक...

सिन्धुपाल्चोकको माझी बस्तीमा सैनिक श्रीमती संघको राहात

भुकम्पपछि चिटिक्क परेको बस्तीमा बस्दै आएका अल्पसंख्यक माझी समुदायले जाडोमा न्यानो मण्डी पाउँदा मख्ख थिए । मण्डी मात्रै होइन खाना पकाउने प्रेसर कुकुर पनि...

सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित...

जो बाइडेनले लिए सपथ, ट्रम्पले बधाई समेत दिएनन्

वासिङटन । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान...

धेरै पढिएका

विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?

काठमाडौं । जलवायु सम्बन्धी पेरिस सम्झौता भएको पाँचौं वर्ष पुग्नैलाग्दा अमेरिकामा पनि जो बाइडेनले आगामी बुधबार अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदै हुनुहुन्छ । जलवायु परिवर्तन...

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

काठमाडौं । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो...

केही दिन हुस्सु र तुवाँलाे लाग्ने,पूर्वमा वर्षाकाे सम्भावना

काठमाडाैं ।  न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथ मौसम विज्ञान विभागका अनुसार बङ्गलादेश र आसपासमा...

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता

काठमाडौं । स्वर्गीय गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ । नागार्जुन नगरपालिकाको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)