ध्रुव बिस्को ‘झन झन माया’ सार्वजनिक

काठमाडौं । गायक ध्रुव बिस्को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘झन झन माया’ बोलको गीतमा कृष्ण केसीको शब्द तथा गायक बिस्कोको संगीत रहेको छ । गीतमा बिस्कोसँगै सरु गौतमको पनि स्वर सुन्न सकिन्छ ।

नेपाली लोक तथा पश्चिमेली संगीतलाई दक्षिण भारतीय बिटसँग मिलाएर डान्सिङ शैलीमा यस तयार गरिएको ध्रुव बताउँछन् । उनी भन्छन्, ‘हामीले यस गीत चलचित्रको लागि भनेर तयार गरेका थियौँ । कोरोनाका कारण चलचित्रको टुंगो नभएपछि भिडियोमा ल्याउने प्रयास गरेका हौँ ।’

माइकल चन्दको निर्देशनमा तयार भएको भिडियोमा अभिनेता पुष्प खड्का, नरेन खड्का, सृजना केसी र सरोज मोक्तानको नृत्य देख्न सकिन्छ । भिडियोमा दिनेश डिसी पनि फिचर भएका छन् ।

माइकल सेटअपको करियोग्राफी रहेको भिडियोलाई उत्सव दाहाल र टिमले खिचेको हुन् भने सम्पादनको काम शिलन लम्सालले गरेका छन् ।

गीत र भिडियो दुबै पक्षबाट उत्कृष्ट बनेको बताउँदै निर्माण पक्ष निकै आशावादी देखिन्छ । गायक बिस्को भन्छन्, ‘हामीले हाम्रोतर्फबाट निकै मिहिनेत गरेका छौँ । आशा छ, दर्शक र श्रोताले यसलाई मन पराउनु हुनेछ ।’

https://www.youtube.com/watch?v=bp1417exGTI&feature=emb_logo

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुनसरीमा १६६ वटा मतदानस्थल, ४०९५ जना सुरक्षाकर्मी परिचालन