Saturday, January 16, 2021
Home बिचार क्षतिपूर्तिसहितको नागरिक बडा पत्र कार्यान्वयनको अवस्था

क्षतिपूर्तिसहितको नागरिक बडा पत्र कार्यान्वयनको अवस्था

सरकारको मुख्य दायित्वमध्ये नागरिकलाई सहज रूपमा सेवा सुविधा प्रवाह गर्नु हो । त्यसैले सरकार नागरिकमैत्री हुनुपर्दछ अर्थात् नागरिकसँग प्रत्यक्ष उत्तरदायि हुनुपर्दछ । लोकतान्त्रिक शासन व्यवस्थाको गहना नै नागरिकप्रति उत्तरदायी सरकार हो । सरकारले जनतालाई छिटोछरितो सेवाप्रवाह गर्न र उसको उपस्थिति हरेक निकायसम्म पु¥याउनका लागि आफू मातहतका विभिन्न प्रशासनिक निकायलाई गाउँ तहसम्म पु¥याएको हुन्छ । अहिले त संविधानले नै तीन तहको सरकारको व्यवस्था गरी प्रदेश सरकार र स्थानीय सरकारहरू क्रियाशील भएका छन् र नागरिकको सबैभन्दा नजिकको सरकारको रूपमा स्थानीय तहहरू क्रियाशील छन् ।

उल्लिखित तत् निकायबाट नागरिकलाई प्रवाह गरिने सेवा सहज रूपमा छिटोछरितो बिनाझन्झट कम लागतमा प्रवाह होस् भन्ने मान्यता पनि राखिएको हुन्छ । त्यस्तो सेवासुविधा कसरी, कुन तरिका र पद्धतिबाट कति समयमा, कति मूल्यमा प्राप्त गर्ने र कुन कर्मचारीसँग सम्पर्क गर्ने एवं तोकिएको काम निश्चित समयमा प्राप्त नभएमा त्यसबापत नागरिकलाई दिनुपर्ने क्षतिपूर्तिसहितको आधिकारिक जानकारी एवं सूचना भएको निर्देशिका नागरिक वडा पत्रको व्यवस्था गरिएको हुन्छ । जसलाई सबै सरकारी कार्यालयहरूले सबै नागरिकले आँखाले देख्नेगरी स्पष्ट रूपमा पढ्न मिल्नेगरी कार्यालयको अगाडि नै होर्डिङ बोर्ड बनाएर सार्वजनिक रूपमा राख्ने गरिएको छ । आजकल कतिपय स्थानीय तहमा डिजिटल नागरिक बडा पत्रको समेत प्रयोग बढ्दो क्रममा रहेको पाइन्छ ।

सर्वप्रथम नागरिक बडा पत्रको प्रयोग बेलायतका प्रधानमन्त्रीले सन् १९९१ मा सुरुवात गरेका हुन् । यसको प्रयोगसँगै बेलायतको सार्वजनिक सेवाको क्षेत्रमा सकारात्मक सुधार आएको महसुस भएको थियो र विश्वका विभिन्न राष्ट्रले त्यसको अनुसरण गरेको पाइन्छ । नेपालमा यसको प्रयोग २०५६ सालमा सरकारबाट उपलब्ध गराउने सेवासुविधालाई प्रभावकारी तुल्याउने निर्देशिका २०५६ को नामले सर्वप्रथम प्रधानमन्त्रीको कार्यालयबाट त्यसको सुरुवात भएको थियो र क्रमशः अन्य सरकारी कार्यालयमा अनिवार्य गरियो । यसको प्रयोग त भयो तर मूल मर्म भने प्रयोगमा नै ल्याउन सकिएन । नागरिक बडा पत्रको मूल मर्म नै क्षतिपूर्तिसहितको नागरिक बडा पत्र हो । जसको प्रयोग त भयो तर क्षतिपूर्तिको व्यवस्थालाई प्रयोगमै ल्याउन नससकेको कारण नागरिक बडा पत्र धारबिनाको हरितयार मात्र भएको छ ।

ऐन र नियमावलीमा धेरै विषय समेट्न खोजिए तापनि क्षतिपूर्ति प्राप्त हुने र नहुने सेवाबारे स्पष्टता छैन

नागरिकले प्राप्त गर्ने सेवासुविधाको ग्यारेन्टी नागरिक बडा पत्रको प्रयोगको माध्यमबाट पूरा हुन्छ भन्ने मान्यता राखिएको हुन्छ । अझ क्षतीपूर्ति सहितको नागरिक बडा पत्रको प्रयोगले त सेवासुविधाको सुनिश्चिता र ग्यारेन्टी प्रदान गर्दछ र कर्मचारीहरू नागरिकप्रति जिम्मेवार हुन्छन् भन्ने मान्यता राखेको छ तर यसको प्रयोगको अवस्था नाजुक देखिन्छ । नागरिकहरूले सेवा प्राप्त गर्नका लागि सम्बन्धित कार्यालयको सम्बन्धित शाखा वा फाँटमा आवश्यक कागजात पेस गर्ने र बडा पत्रमा उल्लेख भएअनुसार तोकिएको समयमा सेवाप्राप्त हुनुपर्ने हुन्छ तर आजकल न त नागरिकले बडा पत्र पढेर सेवा प्राप्त नभएको भनी गुनासो गरेको पाइन्छ न त क्षतिपूर्तिका लागि दाबी नै गरेको पाइन्छ । कानुनी रूपमा सेवाग्राहीले तोकिएको समयमा सेवा प्राप्त नभएमा गुनासो एवं उजुरी गर्न सक्ने र तोकिएको सेवा तोकिएको समयमा जिम्मेवार कर्मचारीबाट प्रवाह नभएमा सोबापतको क्षतिपूर्ति दिने व्यवस्था भए पनि त्यसको व्यावहारिक कार्यान्वयन भएको अवस्था छैन ।

सुशासनको अनुभूति आम नागरिकलाई गराउनका लागि सरकारले प्रदान गर्ने सेवा सुविधाको ग्यारेन्टीसहित पारदर्शी एवं प्रभावकारी सेवाप्रवाह गर्ने उद्देश्यले नै नागरिक बडा पत्रको अवधारणा विकास भएको र तोकिएको समयमा सेवा प्राप्त नगर्दा कर्मचारी र राज्य पक्षबाट क्षतिपूर्ति पनि भर्नुपर्ने व्यवस्था भएबाट कर्मचारीहरू नागरिकप्रति बफादार र जिम्मेवार हुन्छन् र तोकिएको सेवाप्रवाह हुन्छ भन्ने मान्यता राखेको पाइन्छ तर यसको फितलो प्रयोगको कारण नागरिकले पाउनुपर्ने सेवासुविधा बिनाझन्झट तोकिएको समयमा पाए कि पाएनन भन्ने विषयको अध्ययन नहुँदा नागरिक बडा पत्रको प्रयोग र कार्यान्वयनको अवस्था कस्तो छ भन्ने विषय ओझेलमा परेको देखिन्छ ।

सरकारले नागरिक बडा पत्रलाई व्यवस्थित रूपमा प्रयोग गर्नको लागि २०६१ बाट सबै सरकारी कार्यालयमा अनिवार्य रूपमा नागरिक बडापत्र राख्नुपर्ने व्यवस्था गरे पनि कानुनी रूपमा भने सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ लागू भएपछि वैधानिकता दिई यसको थालनी गरिएको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन ) ऐन २०६४ को दफा २५ को उपदफा १ मा सर्वसाधारणलाई सेवा प्रदान गर्ने वा जनसम्पर्क कायम गर्ने प्रत्येक सरकारी कार्यालयले सबैले देख्ने ठाउँमा तोकिए बमोजिम नागरिक बडा पत्र राख्नु पर्ने छ भनी व्यवस्था गरेको छ भने उपदफा २ मा नागरिक बडा पत्रमा देहायका कुराहरू उल्लेख भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

क) सम्बन्धित कार्यालयले दिने सेवा र त्यसको प्रकृति
ख) सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि
ग) सेवा प्रदान गर्न लाग्ने समयावधि
घ) सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्यकक्षको विवरण
ङ) सेवा प्राप्त गर्न कुनै दस्तुर तथा अन्य रकम लाग्ने भए सोको विवरण
च) तोकिएबमोजिमका अन्य कुराहरू

नागरिक बडा पत्र अनुसार सेवाप्रवाह गर्नु कार्यालयको बाध्यात्मकता र सोबमोजिम कार्य सम्पादन गरी सर्वसाधारणलाई सेवा प्रदान गर्नु सम्बन्धित कार्यालय प्रमुख तथा अन्य कर्मचारीको कर्तव्यको रूपमा उल्लेख गरिएको छ भने मनासिव सेवाग्राहीले सेवा प्राप्त गर्न नसकेमा सम्बन्धित कार्यालयको प्रमुख तथा सोको जिम्मेवार कर्मचारीउपर विभागीय कारवाही हुने व्यवस्था छ भने सेवाग्राहीलाई कुनै हानिनोक्सानी हुन गएकोमा सो हानिनोक्सानीबापतको क्षतिपूर्ति तोकिएबमोजिम दिने व्यवस्था गरिएको छ ।

त्यस्तै, सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ को नियम १४ मा नागरिक बडा पत्रमा देहायका कुराहरू उल्लेख हुनुपर्ने व्यवस्था गरिएको छ:

क) सेवाप्रवाह गर्न सेवाग्राहीले पेस गर्नुपर्ने कागजात
ख) सेवाग्राहीले सेवा सम्बन्धमा गरेका गुनासो सुन्ने अधिकारीको पद र नाम
ग) सेवा प्रदायक निकायको तालुक कार्यालय र टेलिफोन
घ) सेवाप्रवाहको प्राथमिकता
ङ) क्षतिपूर्ति प्राप्त हुने र नहुने सेवाहरू

ऐनमा व्यवस्था भएको क्षतिपूर्तिको दाबी गर्नका लागि सेवा प्रदायक जिल्लास्तरीय कार्यालय भए प्रमुख जिल्ला अधिकारीसमक्ष, जिल्ला प्रशासन कार्यालय भए क्षेत्रीय प्रशासन कार्यालयसमक्ष, काठमाडौं उपत्यकाभित्रका कुनै कार्यालय भए सम्बन्धित विभागसमक्ष, विभाग वा विभागीयस्तरको कार्यालय भए सम्बन्धित मन्त्रालयसमक्ष र मन्त्रालय भए प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमक्ष अनुसूची – २ बमोजिमको ढाँचामा निवेदन पेस गर्नुपर्नेछ ।
जिल्लास्तरीय कार्यालय वा जिल्ला प्रशासन कार्यालय सेवा प्रदायक भएको अवस्थामा निम्नबमोजिमको क्षतिपूर्ति निर्धारण समिति रहने व्यवस्था छ :

क) जिल्ला विकास समितिको सभापति — अध्यक्ष
ख) प्रमुख जिल्ला अधिकारी — सदस्य
ग) सेवा प्रदायक कार्यालयको प्रमुख — सदस्य

तर जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिको कार्यालयको हकमा क्षतिपूर्ति निर्धारण गर्न क्षेत्रीय प्रशासकले तोकेको हकमा बढीमा तीन सदस्यीय क्षतिपूर्ति समिति रहनेछ । विभाग वा विभागीयस्तरको कार्यालय, मन्त्रालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हकमा सम्बन्धित मन्त्रालय वा निकायले बढीमा तीन सदस्यसम्मको क्षतिपूर्ति निर्धारण समिति गठन गर्न सक्नेछ । (माथि उल्लिखित क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला विकास समिति हाल खारेज भए तापनि नियमावलीका भएका विषयहरू राखिएको तर यसलाई समसामयिक रूपमा संशोधन हुन जरुरी देखिन्छ ।) त्यस्तै हाल प्रादेशिक सरकार मातहतको कार्यालय र स्थानीय तहसमेत क्रियाशील भई सेवाप्रवाह भइरहेको हुँदा उल्लिखित नियमावलीलाई समसामयिक रूपमा संशोधन गरी कानुनी रूपमा दरिलो आधार तयार गर्नुपर्ने देखिन्छ ।

ऐन नियममा सेवा प्रदान गर्ने कर्मचारीलाई सेवा प्राप्त गर्ने नागरिकप्रति पूर्ण जवाफदेहिताको व्यवस्था समेटिएको छैन

यसरी प्राप्त हुन आएको निवेदन जाँचबुझ गर्दा निवेदनको व्यहोरा मनासिब देखिएमा सेवाग्राहीलाई पुग्न गएको वास्तविक हानिनोक्सानीको परिमाणको विचार गरी त्यस्तो सेवा पुनः प्रदान गर्दा निशुल्क रूपमा दिन वा बढीमा ५ हजारसम्म क्षतिपूर्ति दिन सम्बन्धित समितिले सम्बन्धित निकायका पदाधिकारीका नाममा आदेश दिन सक्नेछ । यसरी पाउने क्षतिपूर्ति सम्बन्धित निकायका प्रमुख पदाधिकारीले तत्काल सेवा प्रदान नगर्ने जिम्मेवार कर्मचारीबाट असुलउपर गरी सेवाग्राहीलाई उपलब्ध गराउनुपर्नेछ ।

यसरी ऐन र नियमावलीमा धेरै विषयहरू समेट्न खोजिएको भएतापनि क्षतिपूर्ति प्राप्त हुने र नहुने सेवाहरू कुनकुन हुन्, ती विषयहरूको स्पष्टता छैन । त्यस्तै कुन सेवामा कति क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने हो । क्षतिपूर्ति कति दिनसम्ममा प्राप्त गरिसक्नुपर्ने हो खालि क्षतिपूर्तिबापत एकमुष्ट ५ हजारसम्म मात्र दिन सकिने व्यवस्था गरिँदा र अन्य कुराहरू अमूर्त गरिँदा नागरिक बडा पत्रको मूल मर्मलाई पनि ऐन र नियमावलीले समेट्न सकेको छैन । अर्काे तर्फ पीडित सेवाग्राहीलाई क्षतिपूर्ति दिन समितिले सिफारिस गर्नुपर्ने प्रावधान राखिएको कारण पनि ५ हजारसम्मको क्षतिपूर्ति लिन एउटा गाउँको दुर्गम ठाउँबाट आएको व्यक्ति महिनौं दिन कुर्नुपर्ने अवस्था छ ।

त्यस्तै ऐन नियममा सेवा प्रदान गर्ने कर्मचारीलाई सेवाप्राप्त गर्ने नागरिकप्रति पूर्ण जवाफदेहिको व्यवस्था समेटिएको छैन । यदि सो कुरा ऐनमा व्यवस्था गरी नागरिक बडा पत्रमा समेटिन सकेको खण्डमा एवं सो को व्यावहारिक प्रयोग हुन सकेमा सबैले अपेक्षा गरेअनुसार नागरिक बडा पत्रको कार्यान्वयन प्रभावकारी एवं व्यावहारिक रूपमा हुने थियो जसको कारण आम नागरिक एवं सेवाग्राहीले सहज, छिटो, छरितो सेवा प्राप्त गर्न सक्ने थियो भने सार्वजनिक प्रशासन पनि नागरिकमैत्री हुने अवस्था सिर्जना हुने थियो तथापि नागरिक बडा पत्रले सम्बन्धित देशका नागरिकहरूलाई मात्र बुझाउने भएको र विदेशी नागरिकहरूले नेपालमा सेवा लिनुपर्दाको अवस्थामा उनीहरूलाई सम्बोधनसमेत नागरिक बडा पत्रले हुन नसकेकोले यसको नाम संशोधन गरी सेवाग्राही बडा पत्रको रूपमा रूपान्तरण गनुपर्ने जरुरी देखिन्छ ।
(लेखक कमल गाउँपालिका झापाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।)

(Visited 288 times, 1 visits today)
Loading comments...

आजको समाचार

पहिलो पारीमा अस्ट्रेलियाको ३६९ रन

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले पहिलो पारीमा ३६९ रन बनाएको छ । २७४ रनबाट दोस्रो दिनको खेल सुरु गरेको अस्ट्रेलियाले ९५ रन बनाउँदा बाँकी रहेको...

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता

काठमाडौं । स्वर्गीय गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ । नागार्जुन नगरपालिकाको...

भारतमा आजबाट कोरोनाविरुद्ध खोप अभियान

नयाँदिल्ली । भारतमा आजबाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको छ । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र अग्रपंक्तिमा कार्यरत सुरक्षा कर्मचारीलाई खोप दिइने...

‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक...

प्रतिनिधिसभा विघटनविरुद्ध स्थानीय तहमा कांग्रेसको प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज शनिबार स्थानीय तहमा प्रदर्शन गर्दैछ । कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्रीको...

साताका लोकप्रिय समाचार

गौरिका र मन्देकाजी वर्ष खेलाडी

काठमाडौं । गत वर्ष नेपाली खेलकुदमा सनसनी मच्चाएकी पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को वर्ष...

संसद् पुनर्स्थापना नभए कांग्रेस चुनावमा जान्छ : देउवा

काठमाडौं । संसद् विघटनविरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद् विघटनलाई अदालतले सदर गरे निर्वाचनमा जाने बताएको छ । गत १९...

पूर्वप्रधानन्यायधिशको वक्तव्यप्रति सञ्चारमन्त्रीको आपत्ति

काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिनिधिसभा विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधिशहरुले दिएको वक्तव्यप्रति आपत्ति जनाएका छन् । मन्त्री...

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसद्को उपल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन आइतबार रातिबाट अन्त्य भएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकबाट गरिएको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी...

शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथी छानविन गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले पृथ्वी जयन्तीको अवसरमा शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथि छानविन गर्न सरकारसँग माग गरेका...

ट्रेन्डिङ

प्रदेश १ मा थपिए ४३ जना नयाँ संक्रमित, मोरङमा मात्रै २० जना

मोरङ । प्रदेश १ मा मंगलबार मात्र ४३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । ती मध्ये मोरङका मात्र २० जना रहेको सामाजिक विकास...

२३ खेलाडीसहित ५० जनाको कोरोना बिमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा डाकिएका २३ खेलाडीसहित ५० जनाको कोरोना भाइरस (कोभिड–१९)को बिमा गरेको छ । क्यानले अहिले आईसीसीसँगको...

‘संघीय मन्त्रालयको गैरजिम्मेवारीपूर्ण हर्कतले बजेटको ठुलो हिस्सा दुरुपयोग भयो’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं सांसद प्रभु साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गैरजिम्मेवारीपूर्ण हर्कतले बजेट फ्रिज भएको...

बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

लन्डन । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस...

फेवातालमा डुबेर १ बेपत्ता, २ को उद्धार

पोखरा ।फेवातालमा सोमबार डुंगा डुब्दा १ जना बेपत्ता भएका छन् । अन्य २...

बम विस्फोटबाट मृतक बालबालिकाका आफन्तबाट अन्दोलनको घोषणा

रोल्पा । बम विस्फोटबाट मृत्यु भएको एक महिना वित्दा पनि उचित न्याय र क्षतिपूर्ति नपाएको भन्दै बम विस्फोटबाट ज्यान गुमाएका ४ बालबालिकाका आफन्तहरु आन्दोलित...

झारफुक गर्दा झाँक्रीले हानेको पन्युको चोटले बिरामीको मृत्यु

गुल्मी । झारफुकको क्रममा झाँक्रीले हानेको पन्युको चोटले एकजनाको मृत्यु भएको । रेसुङ्गा नगरपालिका – १ का ३८ बर्षिया राम प्रसाद श्रेष्ठले तातो पन्युले...

बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु

रुपन्देही । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत् एक महिलाको कोरोना सङक्रमणबाट मृत्यु भएको छ । कपिलवस्तु वाणगंगा नगरपालिका –११ वनगाइका ७० वर्षीया महिलाको...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

बिना मगरको दुख : पहिला किन गरिनस्, अहिले किन गरिस् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि निवर्तमान खानेपानीमन्त्री भएकी बिना मगर अहिले परिवारका सदस्यसंग रमाउन थालेकी छिन् । दाहाल नेपाल समुहले...

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

भर्खरै

पहिलो पारीमा अस्ट्रेलियाको ३६९ रन

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले पहिलो पारीमा ३६९ रन बनाएको छ । २७४ रनबाट दोस्रो दिनको खेल सुरु गरेको अस्ट्रेलियाले ९५ रन बनाउँदा बाँकी रहेको...

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

काठमाडौं । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो...

प्रतिनिधिसभा विघटनविरुद्ध स्थानीय तहमा कांग्रेसको प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज शनिबार स्थानीय तहमा प्रदर्शन गर्दैछ । कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्रीको...

भारतमा आजबाट कोरोनाविरुद्ध खोप अभियान

नयाँदिल्ली । भारतमा आजबाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको छ । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र अग्रपंक्तिमा कार्यरत सुरक्षा कर्मचारीलाई खोप दिइने...

धेरै पढिएका

१० महिना पछि हल खोल्ने अनुमति, नयाँ फिल्मलाई बोर्डको सुविधा

काठमाडौं । कोरोना संक्रमणका कारण गत चैतबाट बन्द भएको सिनेमा हल अब खुल्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिनेमा हल खोल्ने निर्णय...

प्रतिनिधिसभा विघटन मुद्दा सुनुवाइः बृहत् पूर्ण इजलासको माग

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ शुरु भएको छ । सो विवाद बृहत् पूर्ण इजलास...

१० महिनादेखि बन्द नाटकघर सञ्चालनमा आए

काठमाडौं । १० महिनादेखि बन्द रहेको काठमाडौंको अनामनगरस्थित मण्डल थिएटरलाई यतिबेला सरसफाइसँगै पुनः मर्मतको काम थालिएको छ । नेपाल सरकारको निर्णयअनुसार चलचित्र भवन खुलेपछि...

तर्क वितर्क नगरौँ, चुुनावमा जाऔँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र निर्वाचनका विषयमा अनेक तर्क वितर्कमा लाग्नुुभन्दा चुुनावको तयारीमा जुुट्न सम्पूूर्ण राजनीतिक दललाई आह्वान गरेका छन्...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)