सुवासलाई एसकेआईएफको सम्मान

काठमाडौं । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ)ले आफ्ना पदक विजेता खेलाडी सुवास घतानेलाई आइतबार नगदसहित सम्मान गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को अवधिमा भएका राष्ट्रिय तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकोमा सुवासलाई नगद ५० हजारसहित प्रशंसापत्र प्रदान गरिएको हो । त्यस अवधिमा सुवासले १ राष्ट्रिय तथा ४ अन्तर्राष्ट्रिय अनलाइन प्रतियोगितामा सहभागिता जनाउदै ३ स्वर्ण, १ रजत र १ कांस्य जितेका थिए ।

उनले माल्टाको प्रतियोगितामा १ रजत, भारत र फिलिपिन्समा भएको प्रतियोगितामा समान १–१ स्वर्ण तथा भारतमै भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा १ कांस्य जितेका थिए । राष्ट्रिय प्रतियोगितामा पनि सुवासले स्वर्ण जिते । सबै प्रतियोगितामा उनले एकल कातामा प्रतिस्पर्धा गरेका थिए ।

संघका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्य, महासचिव दिलेन्द्रगोविन्द वैद्यलगायतका पदाधिकारीले व्यक्तिगत रूपमा रकम संकलन गरी सुवासलाई सम्मान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले सुवासलाई एक कार्यक्रमबीच नगद र प्रशंसापत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा सुवासलाई केल्मीको ट्रयाकसुट, टिसर्ट र गि पनि प्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अखिलको २३औं सम्मेलनः अध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आयोग भन्यो : मनोनयन फिर्ता गराउन धम्की नदेउ