चलचित्रबाट उद्योग वाणिज्य महासंघमा फेरि आकाश अधिकारी

काठमाडौं । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएका छन् । चलचित्र क्षेत्रबाट महासंघको केन्द्रीय सदस्यका लागि दुई जनाले उम्मेदवारी दिएकोमा आकाश अधिकारी निर्वाचित भएका हुन् ।

अधिकारी यसअघिको महासंघको कार्यसमितिमा पनि केन्द्रीय सदस्य नै थिए । यसपटक पनि उनी पुन केन्द्रीय सदस्यमै निर्वाचित भएका छन् । उनी वस्तुगततर्फबाट ४९ मतसहित केन्द्रीय सदस्यमा विजयी भएका हुन् । उनी महासंघमा चन्द्र ढकालको समूहबाट केन्द्रीय सदस्यमा उठेका थिए ।

यस्तै महासंघको केन्द्रीय सदस्यमा चलचित्र निर्माता तथा नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले पनि उम्मेदवारी दिएका थिए । तर उनी विजयी हुन सकेनन् ।

यसअघिको कार्यकालमा आफूले महासंघमा रहेर केही राम्रा काम गरेका कारण फेरि दोस्रोपटक केन्द्रीय सदस्यमा विजयी हुन सकेको निर्माता अधिकारीले बताएका छन् । नेपाली चलचित्र क्षेत्रलाई राष्ट्रिय मान्यताप्राप्त उद्योगको रूपमा स्थापित गर्न सकेको र अबको कार्यकालमा त्यसको नीति नियम बनाएर कार्यन्वयनमा ल्याउने तयारमा आफू रहेको उनले बताए ।

त्यसैले आफूले अघि सारेको नाराअनुसार स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने र मौलिक चलचित्र निर्माणमा आफूले जोड दिने पनि आकाश अधिकारीले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 339 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनकाे निर्णय : एमालेसँग भएको तालमेल अमान्य