इलाम । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेकपा कुनैपनि हालतमा नफूट्नै बताएका छन् । इलामको सूर्योदय नगरपालिकामा निर्माण हुने अस्पतालको शिलन्यास र आँखा उपचार केन्द्रको उद्घाटन कार्यक्रममा खनालले नेकपा कुनैपनि हालतमा नफूट्ने बताएका हुन् ।
‘अहिले पार्टी अत्यन्त महत्वपूर्ण घडिबाट अघिबढिरहेको छ, अन्र्तसंघर्ष छन्, आन्तरिक बहस चलिरहेका छन्,’ खनालले भने । उनले अन्र्तसंघर्ष र बहसबाट समस्या समाधान गराएर देशलाई तिब्र विकास गरेर लैजाने भन्दै बहस र छलफल बाट समस्या समाधान गरेर पार्टी झन बलियो बन्ने भएको भन्दै नेता र कार्यकर्तालाई पार्टीको निति नियम अनुसार अघिबढ्न आग्रह गरेका छन् ।’ कतिपय नेताको सोच र दृष्टिमा भिन्नता भएको कारण अहिले समस्या आएको भन्दै उनले भने ७१ वर्षको संर्घाषले बनेको नेकपालाई समृद्घबनाई सरकारलाई लोकप्रिय बनाउन लाग्नुपर्ने बताए ।
फरक प्रसंगमा खनालले यो सरकारले नयाँ कामको थालनि गरेको बताएका छन । देशका सबै पालिकामा स्वास्थ्य पूर्वाधारको विस्तार गर्न महत्वपूर्ण कदम चालृको भन्दै वर्तमान सरकारले नयाँ कामको थालनि गरेको बताएका हुन् । विश्वमा महामारीका रुपमा कोभिड १९ फैलिरहेको बेला देश व्यापि रुपमा अस्पताल निर्माण हुनुले स्वास्थ्य क्षेत्रको विकास भएको भन्दै खनालले यसबाट बँच्न सबैले स्वास्थ्य मापदण्डको पालना गरेर अघि बढ्नु पर्ने बताएका छन ।
स्वास्थ्य, शिक्षा सबैभन्दा ठूलो सम्पति हो यसको विकासले सुखी नेपाली समृद्घ नेपाल बनाउन सहयोग पुग्ने हुँदा यसको विकाससँगै गाउँ गाउँमा सडक र विजुलि पुर्याउन लागि परिरहेको र धेरै ठाउँमा काम भईरहेको खनालको भनाई छ ।