Friday, January 15, 2021
Home Breaking News नेपाल–भारत उडान सञ्चालन हुने

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो । मन्त्रालयका सहचिव बुद्धिसागर लामिछानेले नेपाल–भारत उडानको टुङ्गो लागेको र अबको सातदेखि दश दिनभित्रमा उडान शुरु हुने जानकारी दिए ।

उनले भने, ‘उडान खुल्ने टुङ्गो लाग्यो, कहिलेदेखि गर्ने भन्नेबारे मन्त्रालयले भारतको नागरिक उड्डयन मन्त्रालयलाई कूटनीतिक माध्यमबाट उसले पठाएको एयर बबल अवधारणाको सकारात्मक ‘रेस्पन्स’ पठाउँछौ, त्यसपछि दुबै देशका एयरलाइन्सलाई उडान तयारीका लागि आग्रह गर्छौ, यो सब गरी बढीमा दश दिनजति समय लाग्छ उडान शुरु हुन ।’ सहसचिव लामिछानेका अनुसार शुरुआती चरणमा काठमाडौँ–दिल्ली दुई उडान मात्रै हुनेछन् । एउटा नेपाली वायुसेवा कम्पनीको र अर्को भारतीय एयरलाइन्सले उडान गर्नेछन् । पछि दुबै देशले आवश्यकताको आधारमा उडान अभिवृद्धि गर्न सकिनेछ ।

कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ देखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब ६ महिनापछि गत भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको थियो । छिमेकीमुलुक भारतमा भने कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो । गत मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो ।

अरु देशको हकमा भने मन्त्रालयले आवश्यकताका आधारमा उडान सञ्चालन अनुमति दिनसक्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय उड्डयन निकायसँग उडानसम्बन्धी मापदण्ड बनाएपछि उडान हुने जनाइएको छ । प्राधिकरणका अनुसार अहिले नेपालबाट भारतसहित बङ्गलादेश, भुटान र थाइल्याण्डमा उडान रोकिएको छ । अन्य गन्तव्यमा उडान भइरहेको छ । नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले विभिन्न १६ मुलुकका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय उडान घट्यो

भदौ १६ देखि नियमित रुपमा शुरु भएको अन्तर्राष्ट्रिय उडान शुरुताका दैनिक २० देखि २५ वटासम्म उडान भए पनि अहिले मुश्किलले करिब २० वटा मात्र उडान हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

यो पनि पढ्नुहोस   प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडान बढ्नुको साटो क्रमशः घट्दै गएको बताए । उनका अनुसार अहिले अन्तर्राष्ट्रियतर्फ दैनिक २० वटासम्म मात्रै उडान हुने गरेको छ । यो आगमन र प्रस्थान दुबै गरेर हो । यो सङ्ख्यामा पनि अहिले केही घटेको छ । भदौको दोस्रो साताबाट खुलेको नियमित अन्तर्राष्ट्रिय उडानमा खाडी मुलुकबाट एयरलाइन्सले दैनिक दुई वटा उडान गर्ने गरेकामा अहिले दैनिक एउटा उडान गर्छन् । यता नेपालबाट जापानको नारिताको उडान पनि अहिले अवरुद्ध भएको छ । हङ्कङको पटक–पटक अवरुद्ध भएको उडान अहिले सञ्चालनमा छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यावसायिक हिसाबले राम्रो गन्तव्य रहेको हङ्कङमा केही यात्रुको पिसिआर रिपोर्ट त्यहाँको परीक्षणमा पुनः पोजेटिभ देखिए पनि नेपाल एयरलाइन्सलाई तीन पटकसम्म उडान रोकेको थियो ।

त्यस्तै पछिल्लो पटक जापानमा पनि केही यात्रुमा पिसिआर परीक्षणको नतिजा पोजेटिभ देखिएपछि जापानको उडान नियामक निकायले नेपाल एयरलाइन्सलाई सचेतपत्र पठाएको थियो ।

आन्तरिकमा उत्साहवद्र्धक उडान

अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान भने उत्साहवद्र्धक रहेको विमानस्थल कार्यालयले जनाएको छ । अहिले ८५ देखि ९० प्रतिशत उडान अकुपेन्सी रहेको छ । ठूला एयरलाइन्स बुद्ध, यती र श्री एयरलाइन्सको उडान अकुपेन्सी झण्डै ९० प्रतिशत रहेको सम्बन्धित कम्पनीले जनाएका छन् । बुद्धले मात्र अहिले दैनिक चार हजार ८०० सम्म यात्रु बोक्ने गरेको छ । जबकी बुद्धले सामान्य अवस्थामा दैनिक पाँच हजार ५५५ देखि ६ हजारसम्म यात्रु बोक्ने गरेको थियो । उक्त कम्पनीले अहिले दैनिक दुईतर्फी ८२ उडान गरिरहेको छ । यती एयरलाइन्स र श्री एयरलाइन्सको गन्तव्य अनुसार उडान अकुपेन्सी राम्रो रहेको जनाइएको छ । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

(Visited 66 times, 1 visits today)
Loading comments...

आजको समाचार

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाकाे मृत्यु

एजेन्सी । इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी...

रेमिटेन्स वृद्धिले पलाएको आशा

कोरोना महामारीले विश्व आक्रान्त हुँदा पनि चालू आर्थिक वर्षको मंसिरसम्म देशमा भित्रने रेमिट्यान्समा वृद्धि भइरहेको छ । यस वर्ष मात्र ४ खर्ब १६ अर्ब...

बराबरीमा रोकियो आर्सनल

लन्डन । इग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा क्रिस्टल प्यालेससँग आर्सनल गोलरहित बराबरीमा रोकियो । सबै प्रतियोगितामा गरेर पछिल्लो चार खेलमा जित...

१० महिनादेखि बन्द नाटकघर सञ्चालनमा आए

काठमाडौं । १० महिनादेखि बन्द रहेको काठमाडौंको अनामनगरस्थित मण्डल थिएटरलाई यतिबेला सरसफाइसँगै पुनः मर्मतको काम थालिएको छ । नेपाल सरकारको निर्णयअनुसार चलचित्र भवन खुलेपछि...

विरोध प्रदर्शनमा सहभागी बन्न सभापति देउवाको अपिल

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले भोलि शनिबार आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले अपिल गरेका छन् । कांग्रेसले भोलि...

साताका लोकप्रिय समाचार

राजनीतिक संकटमा प्रशासनको अग्निपरीक्षा

संसद् विघटनपछि राजनीतिमा केही अन्योलता देखिएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाखमा निर्वाचन घोषणा गरे पनि निर्वाचन हुने वा नहुने भन्नेबार पनि...

अखिल क्रान्तिकारीले बुझायो पूर्वाञ्चल विश्वविद्यालय उपकुलपतिसमक्ष ज्ञापनपत्र

नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोइराला समक्ष सात बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । अखिल क्रान्तिकारी पूर्वाञ्चल विश्वविद्यालय समन्वय समितिका संयोजक...

विदेशीलाई थप १४ दिन इन्डोनेशिया प्रवेश निषेध

जकार्ता । विदेशी नागरिकलाई इन्डोशिया प्रवेशका लागि सोमबारदेखि थप १४ दिन निषेध गरिएको छ । कोरोनाभाइरसको महामारी थप फैलिने डरले विदेशी नागरिकलाई स्वदेश प्रवेशका...

चापागाउँका अग्रणी कुची

अग्रज कलाकार कृष्णहरि देशार ६८ वर्षका भए । कुन बेलादेखि कुची समाउन थाले, उनलाई ठ्याक्कै हेक्का छैन । गुरु कालीदास श्रेष्ठसँग चित्रकला सिक्न उनी...

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

नयाँदिल्ली । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशङ्करबीच हैदरावाद हाउसमा आज...

ट्रेन्डिङ

प्रशिक्षकको खातामा पुरस्कार

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकधारी प्रशिक्षकहरूले सरकारले घोषणा गरेको नगद पुरस्कार प्राप्त गर्न थालेका छन् । युवा तथा खेलकुद...

आन्दोलनरत किसानलाई भेट्न पुगे मन्त्रीहरू

काठमाडौं । चिनी उद्योगीले उखुको बक्यौता भुक्तानी नगरेको भन्दै एक सातादेखि आन्दोलनरत उखु किसानलाई भेट्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा...

संसारकै सुन्दरी नायिकाको बोल्ड तस्विर (फोटोफिचर)

एजेन्सी । विश्वमै सुन्दर अभिनेत्रीको रुपमा चिनिन्छिन् एरियल विन्टर । उनको सुन्दरताको चर्चा केबल हलिउडमा मात्र सिमित छैन । शारीरिक बनोटकै कारण उनी विश्वभर...

प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्दै

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या दिनानुदिन बढीरहेको छ । प्रत्येकदिन कारोना संक्रमित देख्न गरिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । २ सय ३२...

सुदूरपश्चिम मुख्यमन्त्रीका सवारी चालकमा कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको...

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

तीज सकिएलगत्तै दसैं–तिहार गीतको चटारो

काठमाडौं । यो वर्षको तीज पर्व सकिएको छ । तीजमा व्यस्त भएका कलाकारहरू तीजपछि यतिबेला फेरि दसैं–तिहार पर्व गीत गायनतर्फ लागिसकेका छन् । गायिका राधिका...

लिभरकुसेनको सहज जित

म्युनिख । बायर लिभरकुसेनले जर्मन बुन्डेस लिगामा सहज जित निकालेको छ । लिभरकुसेनले वेर्डेर ब्रेमेनमाथि ४–१ को सहज जित निकालेको हो । लिभरकुसेनको जितमा...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गाेरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडाैँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण...

भर्खरै

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

इतिहासकै ठूलो आइपीओमा पहिलो दिनमै पर्यो ३ करोड ७० लाख कित्ता आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा पहिलो दिनमै ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एक्ड क्लियरिङ...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

वृहत पूर्ण इजलासकाे माग अस्वीकृत, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडाैं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग...

धेरै पढिएका

बेइजिङमा मात्रै दश लाखलाई कोरोनाको खोप

बेइजिङ । चीनको राजधानी बेइजिङ्मा मात्रै दश लाखभन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइएको छ । उनीहरु सवैलाई पहिलो चरणको खोप दिइएको अधिकारीहरुले सोमबार जानकारी दिएका...

शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (आज) पनि बैंक खुला राख्न निर्देशन दिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको अन्तिम कर...

कोरोनाकाल लम्बिएपछि ‘वामअप’ गर्दै उद्योगहरु

चुरे,मकवानपुर । विश्व्व्यापि रुपमा फैलिएको कोरोनाको कारण अस्तव्यस्त भएको मकवानपुर जिल्ला हेटौंडाका उद्योगहरु अब विस्तारै ‘वामअप’ गर्न थालेका छन् । लामो समय कोरोना भाइरस (कोभिड–१९)को...

रेमिटेन्स वृद्धिले पलाएको आशा

कोरोना महामारीले विश्व आक्रान्त हुँदा पनि चालू आर्थिक वर्षको मंसिरसम्म देशमा भित्रने रेमिट्यान्समा वृद्धि भइरहेको छ । यस वर्ष मात्र ४ खर्ब १६ अर्ब...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)