Wednesday, January 27, 2021
Home अर्थ रोल्पाको लाँकुरीको शवस्टेशन चार्ज

रोल्पाको लाँकुरीको शवस्टेशन चार्ज

रोल्पा । रोल्पाको लाँकुरीमा नेपाल विद्युत प्राधिकरणको ३३÷११ केभी शवस्टेशन चार्ज भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणको पूर्ण स्वामित्वमा रोल्पा नगरपालिका– ३ लाँकुरीमा नवनिर्मित शवस्टेशनको सोमबार उदघाटन गरेसँगै त्यसबाट विद्युत वितरण सुरु भएको छ । योसँगै रोल्पाका अधिकांश क्षेत्रका ग्राहकले भरपर्दो विद्युत सेवा पाउने भएका छन् । शवस्टेशन अभावमा यसअघि जिल्लामा पटकपटक विद्युत सेवा अवरुद्ध हुने गरेको थियो ।

यसअघि रोल्पामा रहेको ३३ केभीको वितरण प्रणाली नयाँ शवस्टेशन सञ्चालनमा आएसँगै विस्थापित भएको छ । शव स्टेशनको सञ्चालनपछि एक स्थानमा समस्या हुँदा सबैतिर अँध्यारो हुने, प्राविधिक चुहावट कम हुने तथा उद्योग सञ्चालनका लागि विद्युत सेवा नियमित उपलब्ध हुने भएको छ । भारतको एटू–जेड इन्फ्रा इन्जिनियरिङ र नेपालको त्रिपुरेश्वर–जयदुर्गे जेभीले निर्माण गरेको उक्त शवस्टेशन एसियाली विकास बैंकको १० करोड रुपैयाँको सहयोगमा निर्माण सम्पन्न भएको हो । शवस्टेशनबाट रोल्पाका सुनील स्मृति गाउँपालिका, लुङ्ग्र गाउँपालिका, सुनछहरी गाउँपालिका, रुण्टीगढी गाउँपालिका र रोल्पा नगरपालिकाका ग्राहकले विद्युत सेवा पाउनेछन् । यसअघि रोल्पामा प्यूठानको झिम्रुक शवस्टेशनबाट विद्युत वितरण हुँदै आएको थियो ।

उज्यालो समृद्धिको प्रतीक : मन्त्री पुन

शवस्टेशन उदघाटन समारोहमा मन्त्री पुनले आगामी दुई वर्षभित्र देशका अधिकांश भू–भागमा विद्युतीकरण गरिसक्ने बताए । उज्यालो समृद्धि र विकासको प्रतीक भएकाले सरकारले उज्यालोलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । ‘ज्यालो समृद्धिको प्रतीक हो, समृद्धिको ढोका हो’, मन्त्री पुनले भने, ‘सरकारले दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युत पु-याउने गरी काम गरिरहेको छ ।’ मन्त्री पुनले रोल्पामा बन्न लागेको १ सय ५६ मेगावाटको माडी जलासययुक्त आयोजनाको विस्तृत आयोजना अध्ययन करिब सकिएकाले अब छिट्टै निर्माणको प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो । मन्त्री पुनले दुई वर्षभित्र रोल्पाका हरेक गाउँमा विद्युतीकरण हुने गरी काम भइरहेको चर्चा गरे । आफू मन्त्री हुनुअघि जिल्लामा विद्युतका ८ हजार ५ सय ग्राहक रहेकामा हाल २३ हजार पुगेको भन्दै उनले विद्युतको पर्याप्त उपलब्धता र संचरना विस्तारसँगै यही वर्ष ग्राहक संख्या ३० हजार पुग्ने बताए ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण जनताको घरमा बिजुली पु-याउने मात्र नभई विद्युत सेवालाई थप गुणस्तरीय र भरपर्दो बनाउने काममा सक्रिय रहेको बताए । प्राधिकरण विद्युत उत्पादनका साथै वितरण प्रणालीको विस्तार र सुदृढीकरणमा विशेष योजनाका साथ लागपरेको उनको भनाइ थियो ।

विद्युत अर्थतन्त्रको इन्जिन भएको चर्चा गर्दै शाक्यले लाँकुरी शवस्टेशन चार्ज भएसँगै घरेलु र ठूला उद्योग सञ्चालन भई जिल्लामा आर्थिक गतिविधि बढ्ने उल्लेख गरे ।

(Visited 64 times, 1 visits today)
Loading comments...

आजको समाचार

गौतमको एकता अभियान सफल होला ?

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता जोगाउन ‘नेकपा एकता अभियान’ घोषणा हुँदै छ । नेकपा उपाध्यक्ष वामदेव...

मन्त्री साहले भने, ‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’

सप्तरी । सप्तरीमा बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण...

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

ज्येष्ठ नागरिकको नमुना घर

नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हकको व्यवस्था छ । जसमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने प्रत्याभूति गरिएको...

साताका लोकप्रिय समाचार

सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन गर्ने

लमजुङ । लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले अबको आठ महिनाभित्रै परीक्षण उत्पादन गर्ने भएको छ । आयोजनाले २०७८ साल असोज महिनाभित्रै विद्युत्को परीक्षण...

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

राजविराज । तीन जना चढेर साथीको बिवाहमा जाँदै गरेको मोटरसाइकल दुर्घटनामा पर्दा बिहीबार बिहान २ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भीर...

सिन्धुलीमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

सिन्धुली । हरिहरपुरगढी गाउँपालिका वडा नं. १ चिसापानीमा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शुक्रबार राती ११ बजे ४० वर्षीय शेर...

आहा ! इलामको पाटेनागी

इलाममा कैयौं पर्यटकीय गनतव्य छन् । कतिपय ठाउँ उत्कृष्ट गन्तव्य सूचिमा छन् भने कतिपय ओझेलमा छन् । त्यसो त, पाटेनागी क्षेत्र विकासमा इलाम नगरपालिकाले...

सिन्धुलीमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु

सिन्धुली । सिन्धुलीमा बुधबारदेखि कोभिड १९ को भ्याक्सिन कोभिड शिल्ड लगाउन सुरु गरिएको छ । भारत सरकारले नेपाललाई बिहिबार अनुदान सहयोग स्वरुप १० लाख...

ट्रेन्डिङ

कोरोनाबाट काठमाडौँ उपत्यकामा ८ सहित थप १५ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रणबाट १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ महिला र १० जना पुरुष...

इटालीमा एकैदिन ९१९ को मृत्यु, अमेरिकामा सङ्क्रमित १ लाख नाघ्यो

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन ९१९ जना नागरिकको ज्यान गएको बताइएको छ । केही दिनयता यहाँ...

सल्यानमा पहिरोले तीन घर बगायो, २५ परिवार विस्थापित

सल्यान । जिल्लाको वागचौर नगरपालिका­१२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घर परिवार विस्थापित भएका छन् भने ओखरेनी गाउँमा पहिरोको उच्च जोखिममा परेपछि...

नेयमार दोस्रो सर्वाधिक गोलकर्ता

लिमा । स्टार फरवार्ड नेयमार जुनियर ब्राजिलको दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । बुधबार बिहान विश्वकप छनोटको दोस्रो खेलमा पेरुविरुद्ध ४–२ को जित निकालेको...

डडेल्धुरा सदरमुकाममा सवारी जाम कहिलेसम्म ?

डडेल्धुरा । जिल्ला सदरमकाुमका बागबजार तुफानडाडा क्षेत्रमा दिनहु सवारी जाम बढ्दै गएको छ । साँघुरो सडकमा मालबाहक ट्रक र बसहरु एकततर्फी जाँदा पनि सडक...

बाबुको मुख हेर्ने दिन

आफूलाई जन्म दिएर हुर्काएर, पढाएर सक्षम पार्ने आमाबाबुलाई देवता सम्झेर श्रद्धा भक्तिपूर्वक मान्नु र पूज्नु सम्पूर्ण छोराछोरीको मुख्य कर्तव्य हो । देवताभन्दा पनि ठूला...

रेडियोबाट विद्यार्थीलाई सिकाई

काठमाडौं । टिच फर नेपालले विद्यार्थीको सिकाइलाई निरन्तरता दिने उद्धेश्यले रेडियो कार्यक्रम सन्चालन गर्ने भएको छ । कोरोना भाइरस सिर्जित बन्दाबन्दीका कारण अधिकांश बिद्यालयमा...

अझै सल्टिएन फास्ट ट्र्याक विवाद

काठमाडौं । तराई–काठमाडौं जोड्ने निर्माणाधीन ‘तराई–मधेस फास्ट ट्र्याक’ प्रस्थान बिन्दु विवाद अझै सल्टिएको छैन । फास्ट ट्र्याकलगायतका विकास निर्माणबाट ‘जग्गा र सांस्कृतिक...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन्...

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

भर्खरै

पुस्तकमा नागरिक अगुवा पाण्डेको आत्ममन्थन

काठमाडौं । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको नयाँ पुस्तक ‘एक ज्यान दुई जुनी’ पाठकमाझ आएको छ । यो कितावलाई फाइनप्रिन्टले प्रकाशन गरेका हो । पुस्तकलाई...

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन्...

खोप लगाए पनि सावधानी अपनाइरहनु पर्ने प्रधानमन्त्री ओलीको सल्लाह (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउने बताएका छन् । बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा...

जुम्लाका आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपतिले...

धेरै पढिएका

कम्युनिष्टबाट संविधान सुरक्षित छैन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफैंलाई प्रधानमन्त्री बनाएको संसदलाई भष्म गर्ने केपी शर्मा ओली भष्मासुर भएको बताएका छन । पार्टीले घोषणा...

रेलवे सेवा तत्काल सञ्चालन गर

रेलवे सेवा सञ्चालनका लागि आवश्यक पर्ने प्रायः सबैकाम नेपाल सरकारले पूरा गरिसके पनि सेवा सञ्चालमा नआउँदा यसले अन्योल सिर्जना गरेको छ । यो अन्योलताले...

दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको छ । कांग्रेसले पहिलो चरणमा गत १३...

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)