त्रिपुरासुन्दरी गाउँपालिकाको भवन शिलान्यास

सिन्धुपाल्चोक । गाउँपालिकाको आफ्नै भवन नहुदा दैनिक काम गर्न समस्या भइरहेको सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिकामा अबको केही वर्ष भित्र आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ ।

पिस्कर गाउँ विकास समितिका पुर्व अध्यक्ष छत्रबहादुर बोहरा सहित स्थानीय मानबिर थामी र रामचन्द्र थामीले गाउँपालिकालाई निःशुल्क जग्गादान दिएपछि भवन निर्माण सुरुवात हुने भएको हो ।

७ करोड १७ लाख ४४ हजार रुपियाँको लागतमा निर्माण हुने गाउँपालिकाको प्रशासनीक भवनको स्थानीय एवम नेकपा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले शिलन्यास गरेका छन् ।

साढे १ रोपनी बढी क्षेत्रफलमा निर्माण हुने भवन आगामी २ बर्ष भित्र सम्पन्न हुने गाउँपालिकाका अध्यक्ष भपुेन्द्र श्रेष्ठले जानकारी दिए । हामीहरुको कार्यकाल भित्रै गाउँपालिकाको भवन निर्माण सम्पन्न हुने छ अध्यक्ष श्रेष्ठले भने ।

भवनको शिलन्यास गर्दे नेकपाका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले परिर्वतनको आन्दोलनमा पिस्करले अगुवाई गरेको भन्दै अहिले पिस्करमा विकासका अभियानहरु तिव्र रुपमा अगाढी बढेको बताए

७ करोड १७ लाख ४४ हजार रुपियाँका कुल लागत अनुमान भएपनि इबिडीङ मार्फत ठेक्का हुदा निर्माण व्यावसायीहरुले ४ करोड ८० लाख रुपियाँमा भवन निर्माणको जिम्मा पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रमणी न्यौपानेले जानकारी दिए ।

सभा हलसहित चार तले भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाको दैनिक काम लगायत सेवाग्राहीलाई समेत सहज हुने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । जिल्ला समन्वय समितिको अनुदान ३ करोड र बाँकी रकम गाउँपालिकाले नै खर्च गर्ने गरी भवन निर्माणको सुरुवात भएको गाउँपालिकाले जानकारी दिएको छ ।

भवनको शिलन्यास गर्दे नेकपाका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले परिर्वतनको आन्दोलनमा पिस्करले अगुवाई गरेको भन्दै अहिले पिस्करमा विकासका अभियानहरु तिव्र रुपमा अगाढी बढेको बताए । सिंहदरबारको अधिकार अहिले गाउँमा नै आएकोले जनप्रतिनिधिहरुले जनताको चाहाना अनुसार काम गर्नुपर्नेमा नेता बोहराले जोड दिए ।

गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले विकट रअल्पसंख्यक थामी र जनजातिहरुको बसोबास रहेको त्रिपुरासुन्दरी गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकासको लहर नै सुरु भएको बताए । दुइ वर्ष भित्र बाह्रविसेदेखि पिस्कर सम्मको सडक कालोपत्रे हुने,गाउँपालिकाको भवन निर्माण सम्पन्न हुने प्रमुख योजनाहरु रहेको बताए ।

त्यस्तै प्रदेश सरकार सँगको समन्वयमा गाउँपालिका भित्र अन्य सडकहरु समेत स्तोरन्नतीको प्रक्रिया सुरु भएको अध्यक्ष श्रेष्ठले बताए । हामी हाम्रो कार्यकालमा धेरै कामहरु गर्ने गरी योजना बनाएका छौ अध्यक्ष श्रेष्ठले भने स्थानीय सरकारले स्थानीबासीको अपेक्षा अनुसार काम गरिरहेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रदेश २ काे नाम र राजधानी टुंग्याउन मतदानकाे तयारी

कुरी-कुरी