पैसा नदिए फेशबुकबाट अश्लिल तस्विर सार्वजनिक गरिदिन्छु भन्दै धम्कि दिने पक्राउ

काठमाडौं । फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सितापुर गाउँपालिका–३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने २३ वर्षीया मनिषा गिरी रहेका छन् ।

फेसबुक एकाउन्ट ह्याक गरी गिरी र साहले जितपुर सिमराकी एक महिलालाई ३० हजार रुपैयाँ नपठाए अश्लिल फोटो सामाजिक संजालमा राखीदिन्छु भन्दै धम्क्याएका थिए ।

जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने महिलाले ३० प्रहरीमा उजुरी गरेपछि प्रहरीले सुनसरी ईटहरी उपमहानगरपालिका–६ ईटहरी बजार अन्तर्गत रहेको आइएमईबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा साह र गिरी पक्राउ परेका थिए ।

उनीहरुमाथी आपराधिक लाभ मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे ताताेपानीमा माओवादीबाट प्रमुखमा सुरेश र उपप्रमुखमा सिमा काे मनाेनयन दर्ता