Thursday, June 24, 2021
Home Editor-Picks १४ वर्ष बित्यो द्धन्दपीडितले न्याय पाएनन्

१४ वर्ष बित्यो द्धन्दपीडितले न्याय पाएनन्

उधारो प्रतिबद्धता, न्याय त टाढैको कुरा

,

काठमाडौं । विस्तृत शान्ति–सम्झौता भएको १४ वर्ष बितिसक्दा राज्य र तत्कालीन विद्रोहीबाट पीडित   पक्ष न्याय खोजीमा अझै पनि भौतारिरहेका छन्् । आफन्त गुमाएका र तिनका परिवारको पीडा अझ दर्दनाक छ । उनीहरू अझै न्यायको खोजीमा छन्् । तर, राजनीतिक इच्छाशक्तिका कारण न्याय पाउनबाट बञ्चित छन् ।

न्याय खोजीमा सिंहदरबार धाएको लामो समय बित्यो तर अझै विश्वस्त हुने अवस्था नभएको द्वन्दपीडित साझा चौतारी पूर्वअध्यक्ष सुमन अधिकारी बताउँछन् । ‘हामीले सधैं उधारो प्रतिबद्धतामात्रै पायौं,’ उनी भन्छन् ।

चौतारीले २० मंसिर २०७५ मा औपचारिक रूपमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई २३ बुँदे  द्वन्द्वपीडित बडापत्र तयार गरेर बुझायो । ढकालले ‘छिटो न्याय दिलाउने’ आश्वासन दिए । तर, तिनै ढकाल कानुनबाट स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा पुगे । ढकालले संक्रमणकालीन न्याय मुद्दा फाइल बनाएर थन्क्याए ।

ढकालपछि कानुनमन्त्रीको जिम्मेवारीमा आएका उपेन्द्र यादवसँग पनि संक्रमणकालीन न्यायका लागि  द्वन्द पीडित साझा चौतारीले ध्यानाकर्षण गरायो । यादवले पनि प्रतिबद्धता जनाए तर कार्यान्वयनअघि नै राजीनामा दिए ।

यादवपछि हाल कानुनमन्त्री बनेकी डा.शिवमाया तुम्हाङफेलाई  चौतारीले १३ मंसिरमा ६ बुँदे माग पेस गरेको छ । सिंहदरबारमा उधारो प्रतिबद्धता बुझाएर पीडित फर्किए तर पूरा हुनेमा अझै शंका घेरामा छ । द्वन्द्वको घाउमा मलम लाग्ने आशामा गएका उनीहरू यसअघि भएका प्रतिबद्धता कार्यान्वयनमा आउन नसकेकाले पनि निराश छन् ।

चौतारीले सरकार अनि सिफारिस समितिलाई सर्वोच्च अदालतको फैसला र सरोकारवालाको परामर्शमा ऐन संशोधन गरेरमात्र सार्वजनिक छनोट र स्पष्ट मापदण्डका आधारमा आयोग गठन गर्न पटकपटक ज्ञापनपत्र बुझायो ।

सशस्त्र द्वन्द्वमा दुबै पक्षद्वारा बेपत्ता पारिएका नागरिकको स्थिति ६० दिनभित्र सार्वजनिक गर्ने एवं ६ महिनाभित्र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरी द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघन घटना सत्य–तथ्य सार्वजनिक गर्ने, पीडितलाई न्याय र परिपूरण प्रदान गर्ने, जघन्य मानवअधिकार उल्लंघनमा संलग्न पीडकलाई दण्डित गर्ने एवं पुनः नदोहोरिने सुनिश्चित गर्ने गरी विस्तृत शान्ति सम्झौतामा गरिएका प्रतिबद्धता १४ वर्षसम्म अलपत्र अवस्थामा रहेको भन्दै उनीहरूले ध्यानाकर्षण गराएका छन् ।

शान्ति सम्झौता भएको ९ वर्षपछि आयोग गठन गरिएकाले नै सुरुको दुई वर्षे कार्यकालमा थपिएको दुईगरी चार वर्षसम्म बहाल रहँदासमेत एक पीडितले पनि न्याय पाउन सकेनन् । विस्तृत शान्ति सम्झौताको १४ वर्ष एवं आयोग प्रक्रियाको ६ वर्षसम्म पनि एकजना पीडितले पनि आफू र आफन्तजनमाथि द्वन्द्वकालमा भएको मानवअधिकारको गम्भीर उल्लंघनबारे सत्यतथ्य, न्याय, परिपूरण नपाएको, बेपत्ता पारिएका प्रिजयन सास वा लाश अन्यौलमा पिल्सिरहेको, बेपत्ता पारिएका व्यक्तिको नाममा रहेको सम्पत्ति फिर्ता हुन नसकेको पीडितको गुनासो छ ।

पीडितलगायत सरोकारवालाको अर्थपूर्ण सहभागिता र अपनत्वमा समग्र संक्रमणकालीन न्याय प्रक्रियाका सम्बन्धमा परामर्श गर्नुपर्दछ । परामर्श केबल ऐनमाथि मात्र नभएर समग्र संक्रमणकालीन न्याय प्रक्रिया विषयमा हुनुपर्ने पीडितको माग छ ।

परामर्शबाट प्राप्त सुझाव, मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दायित्व, अन्तरिम संविधान, शान्ति सम्झौता तथा स्थापित मान्यताका आधारमा ऐन संशोधन गर्न एवं आवश्यक कानुन निर्माण गर्नका लागि १८ पुस २०७० मा सर्वोच्च अदालतले जारी गरेको परमादेश बमोजिम ‘पीडित, मानवअधिकार सुमदाय एवं विषयविज्ञसम्मिलित मस्यौदा कार्यदल’ गठन गर्नुपर्ने उनीहरूको माग छ ।

कार्यदलबाट संशोधन गर्नुपर्ने र नयाँ निर्माण गर्नुपर्ने कानुन मस्यौदा तयार पार्नुपर्ने पीडितको भनाइ छ । पीडितको सत्य, न्याय, परिपूरण, फेरि त्यस्तो ज्यादती नदोहोरिने सुनिश्चितता, दण्डहीनता अन्त्य सुनिश्चित गर्नेगरी ऐन संशोधन गर्नुपर्ने उनीहरू बताउँछन् ।

(Visited 388 times, 1 visits today)
Loading comments...

आजको समाचार

अशक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछ : प्रधानमन्त्री

  काठमाडाैं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको...

देश गम्भीर संकटतर्फः पाँच दल

काठमाडौं । विपक्षी गठवन्धनमा आबद्ध पाँच राजनीतिक दलले सरकारको स्वेच्छाचारिताका कारण देश गम्भीर संकटतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र...

फेरी बढ्यो इन्धनको मुल्य, पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ

  काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । बुधबार राती १२ बजे लागु हुने गरि निगमले पेट्रोल तथा डिजेल,...

चुडामणी शर्मासहित महत र ढकाल विरुद्ध एक अर्बको भ्रष्टाचार अभियोगमा मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा मुद्दा दायर...

२० मन्त्री पदमुक्त हुने सर्वोच्चको अन्तरिम आदेशपछि राजनीतिक दलहरुको यस्तो आयो प्रतिक्रिया

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि दुईपटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम...

साताका लोकप्रिय समाचार

प्रभु साहसँग किन चिढिए प्रधानमन्त्री ओली ?

  काठमाडौँ । विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ ।...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

इग्ल्यान्ड, क्रोसिया र चेक रिपब्लिक नकआउट चरणमा

लन्डन । समूह 'डी' बाट इंग्ल्याण्ड, क्रोएसिया र चेक रिपब्लिक युरोकप फुटबलको नकआउट चरणमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–०...

९७ अर्बको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले जलविद्युत् परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा...

ट्रेन्डिङ

विप्लव समूहको गोली प्रहारबाट मोरङमा शिक्षकको मृत्यु

मोरङ । नेत्रविक्रम चन्द विप्लव समूहको गोली प्रहारबाट मोरङको मिक्लाजुङ—१ बर्खेमा एक शिक्षकको मृत्यु भएको छ । हातहतियारसहित आएको समुहले गोली प्रहार गर्दा शिक्षक...

लिदी पहिरो : स्काभेटर प्रयोग नगरी बेपत्ता खोज्न कठिन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी पहिरामा परेर बेपत्ता भएकाको खोजी कार्यमा समस्या आएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले...

भागरथी हत्याको घटना निर्मलाको जस्तो जटिल छैन, छिट्टै सफलता मिल्छ :गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटना अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)को आज विहान...

इन्टरनेट सेवामा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत...

जग्गा दलाली रोक्ने सरकारको उचित कदम

दलालीमार्फत घरजग्गा कारोबारका नाममा देशव्यापी रूपमा सरकारी, सार्वजनिक तथा व्यक्तिगत जग्गा हडप्ने र प्लटिङ गरी अरूका नाममा सार्ने प्रक्रिया असह्य हुँदै जाँदा सरकारले यसमाथि...

सुदूरपश्चिममा विपद्बाट एक महिनामा १६ जनाको मृत्यु

गोदावरी । सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्बाट पछिल्लो एक महिनामा १६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो...

भारतमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता

चितवन । भारतमा बर्डफ्लु देखिएसँगै यहाँ उच्च सावधानी अपनाउन थालिएको छ । सरकार र निजी क्षेत्रबाट आ–आफ्नो ढङ्गले सावधानी अपनाउन थालेका छन् । सरकारले भारतमा...

ओलीले स्पष्टीकरण सोधेपछि माधव नेपाल समुहले बोलायो सांसदहरुको बैठक

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले २७ सांसदलाई स्पष्टीकरण सोधेपछि माधवकुमार नेपालले आफ्नो पक्षका साँंसदहरुको बैठक बोलाएको छ । पार्टी अध्यक्ष एवं संसदीय दलका...

राजस्व छल्ने २८ जनाविरुद्ध १ अर्ब ३२ करोड ४६ लाखको मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलीमा संलग्न २८ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । विभागले...

पुतलीसडकमा आगलागी

काठमाडौं । पुतलीसडक चोकमा रहेको विद्युत प्राधिकरणको ट्रान्समिटर पड्किँदा आगलागी भएको छ । चोकमै रहेको ट्रान्समिटर र कम्प्युटरबजार अगाडी रहेको बिजुलीको पोलमा आगो बलिरहेको छ...

धनकुटामा खोलाले बगाउँदा बृद्धाको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ खुवाफोकस्थित मादेनमा खोलाले बगाउँदा एक बृद्धाको मृत्यु भएको छ । आईतबार दिउँसो करिब १२ बजे मादेनस्थित रघुवा खोलाले बगाउँदा...

स्याङजामा पहिरो : एकै घरका ९ सहित १० जनाको मृत्यु

स्याङ्जा । जथाभावी सडक खन्ने प्रचलन बढेसंगै स्याङ्जाका धेरै बस्तीहरु पहिरोको जोखिम मोल्न बाध्य छन् । स्थानीय तहदेखि प्रदेश र संघीय सरकारको सबै भन्दा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)