Saturday, January 23, 2021
Home प्रदेश प्रदेश ३ नेकपा संकट : अध्यक्षद्वय आरोप–प्रत्यारोपमै

नेकपा संकट : अध्यक्षद्वय आरोप–प्रत्यारोपमै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीभित्र देखिएको संकट र विवाद औपचारिक तथा अनौपचारिक छलफलमार्फत समाधान खोजिने गरी छलफल भएको छ । छलफले सहमति खोज्ने विषयलाई गहन रूपमा लिए पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भने केही चर्काचर्की भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा अध्यक्षद्वयबीच चर्काचर्की र आरोप प्रत्यारोप भएपछि अन्य नेताले बैठकको वातावरण शान्त बनाएको नेकपा स्रोतले जनाएको छ ।

पार्टीभित्रको विवाद समाधानका लागि औपचारिक र अनौपचारिक दुवैखाले छलफललाई निरन्तरता दिने र कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिबद्धता शीर्ष नेताहरूले व्यक्त गर्नुभएको छ
नारायणकाजी श्रेष्ठ प्रवक्ता, नेकपा

बैठकको सुरुमै आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले अहिले बैठक राख्नुको औचित्य नभएको बताए । तर, अर्का अध्यक्ष दाहालले बैठकको औचित्यबारे प्रस्ट पार्दै बैठक किन नराख्ने ? भन्दै प्रश्न गरेपछि दुवै अध्यक्षबीच चर्काचर्की र आरोप प्रत्यारोप भएको हो ।

‘सचिवालय बैठक राख्ने र नराख्ने विषयमा अलिअलि चर्काचर्की भयो तर हामीले माहोल शान्त बनाउँदै छलफललाई अगाडी बढायौं,’ नेकपा स्रोतले भन्यो, ‘औपचारिक र अनौपचारिक छलफल जारी नै राख्ने र सहमतिका साथ एकढिका भएर अगाडि बढने विषयमा हामी सहमत छौं ।’

उपाध्यक्ष वामदेव गौतमले भने अपौचारिक तथा अनौपचारिक छलफलमार्फत समाधान खोज्ने विषयमा सबै शीर्ष नेता एकमत देखिएको बताए । गौतमले तिक्ततातर्फ जान लागेको पार्टीको आन्तरिक अवस्था मित्रतातर्फ फर्काउने कोसिस भइरहेको बताए । ‘तिक्ततातर्फ जान लागेको पार्टीको आन्तरिक अवस्था मित्रतातर्फ फर्काउने गरी छलफल अघि बढेको छ, मंगलबारको सचिवालय बैठकको निष्कर्ष र सार यही हो,’ उपाध्यक्ष गौतमले भने ।

नेकपा अध्यक्षद्वय ओली र दाहालले एक अर्कालाई आरोप–प्रत्यारोप लगाउँदै लिखित रूपमै राजनीतिक प्रस्ताव पेस गरेपछि पार्टीभित्र विवाद थप बढेको छ । २८ कातिकको सचिवालय बैठकमा दाहालले ओलीमाथि गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेका थिए । त्यसपछि १३ मंसिरको सचिवालय बैठकमा ओलीले दाहालमाथि आरोप लगाउँदा विभिन्न प्रश्न गर्दै अर्को प्रस्ताव पेस गरेका थिए ।

तिक्ततातर्फ जान लागेको पार्टीको आन्तरिक अवस्था मित्रतातर्फ फर्काउने गरी छलफल अघि बढेको छ । मंगलबारको सचिवालय बैठकको निष्कर्ष र सार यही हो

वामदेव गौतम उपाध्यक्ष, नेकपा

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै अध्यक्षले पेस गरेको प्रस्तावमाथि छलफल सुरु भएको बताए । शीर्ष नेताबीच अनौपचारिक छलफलसमेत अघि बढाउने निष्कर्ष बैठकको रहेको उनले बताए । अहिले पार्टीमा देखिएको विवाद समाधानका लागि औपचारिक तथा अनौपचारिक छलफललाई निरन्तरता दिने निष्कर्ष बैठकको रहेको श्रेष्ठले बताए ।

यो पनि पढ्नुहोस   लोकतन्त्र जोगाउने हो भने ओलीलाई पराजित गर्नुपर्छ : घनश्याम भुषाल

‘अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको प्रस्ताव र अर्का अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि छलफल सुरु भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘दुवै अध्यक्ष कमरेडले आफ्नो धारणा राख्नुभएको छ । अरू कमरेडहरूले पनि सामान्य टिप्पणी गर्नुभएको छ । पार्टीको समस्या र समाधान विषयमा केन्द्रित भएर गम्भीर छलफल हुन बाँकी नै छ ।’ बैठक बुधबार बस्ने नेकपाले जनाएको छ ।

मंगलबारको बैठक करिब साढे ४ घण्टासम्म चलेको थियो । अध्यक्षद्वय ओली र दाहालका साथै अन्य नेताले समेत पार्टी एकतालाई अझै मजबुत बनाउने, एकअर्काका कमीकमजोरी सच्याउनुपर्नेप्रति सचेत रहने विषयमा जोड दिएका थिए ।

पार्टीभित्रको विवाद समाधानका लागि औपचारिक र अनौपचारिक दुवैखाले छलफललाई निरन्तरता दिने भन्दै कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिबद्धता शीर्ष नेताले व्यक्त गरेको प्रवक्ता श्रेष्ठले बताए ।

धुम्बाराहीमा सुरक्षा थ्रेट

यसअघिको सचिवालय बैठकले सर्वसहमतिमै अर्को बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको थियो । १३ मंसिरको सचिवालय बैठकले अर्को बैठक धुम्बाहीमा गर्ने निर्णय गरे पनि सुरक्षा थ्रेटको कारण देखाउँदै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो ।

राजधानी काठमाडौंसहित देशैभरि राजावादी समर्थकले प्रदर्शन सुरु गरेपछि धुम्बाराहीमा सुरक्षा थ्रेट रहेको निष्कर्षसहित प्रधानमन्त्री ओलीले बैठक बालुवाटारमै बस्नुपर्ने प्रस्ताव गरेका थिए । धुम्बाराहीमा बैठक हुँदा राजवादीले प्रदर्शन गर्न सक्ने अनुमान सुरक्षा निकायलेसमेत गरेका छन् ।

‘प्रतिगामी शक्तिले प्रतिगमनको सफलता नसोचे हुन्छ । लोकतन्त्रलाई सुदृढ गर्ने क्रममा केही कमजोरी भएका छन् भने त्यसको समीक्षा गरी अघि बढछौं । तर, जनताद्वारा विस्थापित शक्तिले पुनःस्थापना हुने सोच नराखे हुन्छ,’ नेकपा प्रवक्ता श्रेष्ठले राजसंस्थाको पक्षमा भइरहेको प्रदर्शनबारे भने ।

बालुवाटारमै महासचिवको जन्मदिन

नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको ६२औं जन्मदिन मनाइएको छ । महासचिव पौडेलको जन्मदिनका अवसरमा शुभकामना साटासाट गर्दै सचिवालय बैठकको सुरुवात प्रधानमन्त्री निवास बालुवाटारमा भयो ।

प्रधानमन्त्री ओली, अध्यक्ष दाहालसहित सचिवालयका नेताले केक खुवाएर महासचिव पौडेललाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उपाध्यक्ष वामदेव गौतमले १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शुभकामना दिएका छन् ।

नेकपाभित्र सुरु भएको शक्ति संघर्षले उग्ररूप लिइरहेका बेला महासचिव पौडेलको जन्मदिनका अवसरमा केक काटेर शुभकामना अदानप्रदानले केही समयका लागि भए पनि बैठकको माहोल रमाइलो बनाएको थियो ।

(Visited 95 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय एकता र सुरक्षामा उल्लेख्य प्रगति गरेको सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं । सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको...

भक्तपुरका डाक्टर संगठित

काठमाडौं । भक्तपुरमा क्रियाशील चिकित्सक भेलाले डक्टर्स सोसाइटी गठन गरेको छ । डा. पुण्यराम खर्बुजाको अध्यक्षतामा गठित भक्तपुर डाक्टर्स सोसाइटीको सात सदस्यीय समिति उपाध्यक्षमा...

सडक र पुलमा ६० प्रतिशतमात्रै प्रगति

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले आर्थिक वर्ष ०७६÷७७ मा करिब ६० प्रतिशतमात्र उपलब्धि हासिल गरेको पाइएको छ । केन्द्र...

६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका...

मकवानपुरकाे फाखेलमा सवारीसाधनमा आगजनी,मनहरी खोलामा ‘बम’

हेटौँडा । मकवानपुरको फाखेलमा अज्ञात समूहले पिकअप भ्यानमा आगजनी गरेको छ। कुलेखानी–फाखेल सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर गाँउपालिका –४ मा हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा...

साताका लोकप्रिय समाचार

नयाँ चलचित्रमा जोडिए राजेश हमाल

काठमाडौं । आधा दशकदेखि चलचित्रमा अभिनय नगरेका अभिनेता राजेश हमाल चाँडै नयाँ चलचित्रमा देखिने भएका छन् । उनी एउटा नयाँ चलचित्रमा आबद्ध भएका छन्...

थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार...

दिल्लीद्वारा सन्दीप फुकुवा

आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन्...

सोलुखुम्बुमा आइचर दुर्घटना, तीनको मृत्यु

सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका...

प्रतिनिधिसभा विघटन मुद्दाः ‘पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे...

ट्रेन्डिङ

सर्लाहीमा एक युवतीको शंकास्पद मृत्यु

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा एक युवतीको मृत्यु भएको छ । आइतबार वडा नं. ५ मजुर्वा बस्ने भुपनारायण चौधरीको अन्दाजी १८ वर्षीया छोरी मनिषा...

सबै सीमा नाका बन्द गर्ने तयारी

काठमाडौं । नेपाल र भारतले सबै नाका बन्द गर्ने तयारी गरेका छन् । करिब १८ सय किलोमिटर सीमा–नाका अघोषित रूपमा बन्द गर्ने...

चामल खरिद प्रकरण: गल्ती लुकाउन ढाकछोप गर्दै खाद्य कम्पनी

काठमाडौं । चामल खरिदमा भएका बदमासी लुकाउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी सक्रिय रूपमा लागेको छ । वार्षिक कार्यक्रमअनुसार चामल खरिद गर्ने क्रममा खाद्यले...

कोरोनाको जोखिम नियन्त्रणका लागि ‘एक्सन टिम’ बनाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोनाभाइरस (कोभिड–१९) ले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक उडड्यन...

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६७ हजार नाघ्यो

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या सोमबारसम्म ६७ हजार १५२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ४ हजार २२३ जना...

साँखुमा तीन जना कोरोना संक्रमित भेटिए

काठमाडौँ । शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई र वडा नं ७ मा एक गरी तीन...

सेवानिवृत्त राष्ट्रसेवकको क्षमता उपयोगको व्यवस्थापन

नेपालको संविधानको राज्यका निर्देशक सिद्धान्त र नीतिहरूमा पूर्वकर्मचारी, सैनिक र प्रहरीलगायतका पूर्वराष्ट्रसेवकहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई राष्ट्र हितमा समुचित उपयोग गर्ने नीति रहेको...

सबै निजी अस्पतालमा १० शय्या छुट्याउन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सबै निजी अस्पताललाई कम्तीमा १० शय्या छुट्याएर राख्न राख्न निर्देशन दिएका छन् । विश्व स्वास्थ्य...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

थप ३०२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

ओलीलाई तह लगाउन नसकेकोमा प्रचण्डद्धारा आत्मालोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित प्रदर्शनपछिको...

भर्खरै

भक्तपुरका डाक्टर संगठित

काठमाडौं । भक्तपुरमा क्रियाशील चिकित्सक भेलाले डक्टर्स सोसाइटी गठन गरेको छ । डा. पुण्यराम खर्बुजाको अध्यक्षतामा गठित भक्तपुर डाक्टर्स सोसाइटीको सात सदस्यीय समिति उपाध्यक्षमा...

नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र कारोबार अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई पनि धितोपत्र कारोबार गर्ने अनुमति दिएको छ । बोर्डले...

सडक र पुलमा ६० प्रतिशतमात्रै प्रगति

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले आर्थिक वर्ष ०७६÷७७ मा करिब ६० प्रतिशतमात्र उपलब्धि हासिल गरेको पाइएको छ । केन्द्र...

मकवानपुरकाे फाखेलमा सवारीसाधनमा आगजनी,मनहरी खोलामा ‘बम’

हेटौँडा । मकवानपुरको फाखेलमा अज्ञात समूहले पिकअप भ्यानमा आगजनी गरेको छ। कुलेखानी–फाखेल सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर गाँउपालिका –४ मा हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा...

धेरै पढिएका

सुनसरीमा सवारी दुर्घटनामा ४ जनाको मृत्यु

इटहरी । सुनसरीमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी १० मा माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ...

दुई महिनाभित्र रेल सञ्चालनमा आउने

काठमाडौं । सरकारले करिब दुई महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता देखिएको छ । जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि भारतबाट सरकारले रेल ल्याए पनि...

सुन्दरबजार क्षेत्रको ८ किमि बाटो विवाद टुंगियो

लमजुङ । राष्ट्रिय गौरबको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग निर्माणमा लमजुङमा उत्पन्न विवादको टुंगो लागेको छ । लमजुङको सुन्दरबजार नगरपालिकाको सुन्दरबजार क्षेत्रमा भएको विवाद टुंगिएसँगै यसको...

लोकतन्त्र जोगाउने हो भने ओलीलाई पराजित गर्नुपर्छ : घनश्याम भुषाल

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका नेता एवं पूर्वमन्त्री घनश्याम भुषालले प्रधानमन्त्री केपी ओलीलाई पराजित गरेपछि मात्रै लोकतन्त्र र बामपन्थ जोगिने बताएका...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)