Saturday, January 16, 2021
Home Editor-Picks यस्ताे छ सेयर बजार बढ्नुकाे रहस्य, दुई हजार बिन्दुमाथि नेप्से

यस्ताे छ सेयर बजार बढ्नुकाे रहस्य, दुई हजार बिन्दुमाथि नेप्से

पाँच अर्बको प्राथमिक सेयर चाँडै आउँदै

काठमाडौं । धितोपत्र बजारले बुलिसको यात्रा तय गर्दै नेप्से २ हजार नाघ्दा नेपाल धितोपत्र बोर्डले संयमित भएर लगानी गर्न आग्रह गरेको छ भने प्राथमिक बजारमा १७ ओटा कम्पनीका आईपीओ आउँदैछ ।

सेयर मार्केटको दोस्रो बजारमा कारोबार रकम र परिसूचकले सँगै उचाइ लिइरहँदा प्राथमिक बजारमा ५ अर्ब रुपैयाँबराबरको नयाँ सेयर आउन लागेको हो ।

प्रतिकित्ता १ सय रुपैयाँका आधारमा यो ४ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको हुनेछ । नेपाल धितोपत्र बोर्डमा आईपीओ अनुमतिका लागि आवेदन दिएका १५ र अनुमति पाइसकेका २ गरी कुल १७ कम्पनीले ४ करोड ८९ लाख कित्ताभन्दा बढीको आईपीओ जारी गर्न लागेका हुन् ।

१० वटा जलविद्युत् कम्पनी, ३ अन्य समूह, एउटा लघुवित्त र एक मर्चेन्ट बैंकका कुल ४ करोड ३० लाख ३२ हजार ८ सय ३६ कित्ता सेयर पाइपलाइनमा रहेको छ । धितोपत्र बोर्डसँग आईपीओनिष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनी जलविद्युत् समूहका रहेका छन् ।

दोस्रो बजार बुलिस ट्रेन्डमा माथि उक्लिरहँदा मंगलबार भने नेप्से करेक्सन मुडमा गएको छ । नेपाल धितोपत्र बोर्डले अध्ययन र अनुसन्धानसहित संयमित भएर लगानी गर्न आग्रह गरेलगत्तै नेप्सेमा केही करेक्सन भएको हो ।

मंगलबार निकै उतारचढावबीच नेप्से परिसूचक २ हजार दशमलव ४० बिन्दुमा पुगेर बन्द भएको छ । मंगलबार बजार १ हजार ९६५ दशमलव ६८ बिन्दुसम्म झरेको थियो । सोमबार १ हजार ९९७ दशमलव शून्य ५ बिन्दुमा बन्द भएको बजार मंगलबार २ हजार ९ दशमलव ४६ बिन्दुदेखि खुला भएको थियो ।

मंगलबार बजार २ हजार २२ दशमलव २६ बिन्दुसम्म पुगेर तल झरेको हो । यो दिन सोमबारको तुलनामा भने बजार ३ दशमलव ३५ अंक माथि उक्लिएको छ । नेप्से परिसूचक सामान्य अंकले बढे पनि मंगलबार ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ७७ अंकले घटेर ३८३ दशमलव ७९ बिन्दुमा झरेको छ ।

पछिल्लो १४ दिनको कारोबार अवधिलाई हेर्ने हो भने एक दिन मात्र बजार घटेको छ बाँकी दिन बढेको छ । बोर्डले सोमवार विज्ञप्ति जारी गरेपछि नेप्सेमा उतारचढावभएकोमा लगानीकर्ताले नियामक निकायप्रति आक्रोशसमेत पोखेका छन् ।

मंगलबार अघिल्लो कारोबार दिनको भन्दा परिसूचकमा वृद्धि भएपनि कारोबार रकम भने कम भएको छ । मंगलबार७अर्ब ४० करोड ४१ लाख ५४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको हो । मंगलबार १९७ कम्पनीको ६७ हजार ३५५ पटकको व्यापारमा सो रकमबराबरको १ करोड ८५ लाख ७६ हजार ७०८ कित्ता सेयर कारोबार भएको हो । सोमबार ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

यो दिन नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक रकमको कारोबारसँगै सर्वाधिक मूल्य वृद्धि भएको छ । कम्पनीको ६५ करोड ७९ लाख ८८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको यस कम्पनीको सेयरमूल्य पनि सर्वाधिक ९ दशमलव ९७ प्रतिशतले बढेको छ । प्रतिकित्ता १४५ रुपैयाँले बढेको कम्पनीको अन्तिम सेयरमूल्य १ हजार ५९९ रुपैयाँपुगेको छ ।

यो पनि पढ्नुहोस   तन्नाको छानोमुनी मगर समुदायले मनाए माघी

नेपाल पुनर्बिमा कम्पनीसँगै मंगलबार रसुवागढी हाइड्रोपावर, अपर तामाकोसी, नेपाल दूरसञ्चार कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । रसुवागढी हाइड्रोको ९ दशमलव ९६ प्रतिशतले बढेर अन्तिम मूल्य २७६, अपर तामाकोसीको ९ दशमलव ८५ प्रतिशत बढेर अन्तिम मूल्य ३५७, नेपाल दूरसञ्चार कम्पनीको ९ दशमलव ७१ प्रतिशत बढेर अन्तिम मूल्य १ हजार १७५ र साञ्जेन जलविद्युत्को ९ दशमलव ६५ प्रतिशत बढेर अन्तिम मूल्य २५० रुपैयाँपुगेको हो ।

मंगलबारग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ७ दशमलव ७३ प्रतिशतले घटेको छ । यस बैंकको सेयरमूल्य प्रतिकित्ता १४ ले घटेर अन्तिम मूल्य १६७ रुपैयाँमा झरेको हो ।

मंगलबार ३७ कम्पनीको सेयरमूल्य बढेको छ भने १२८ वटा कम्पनीको सेयरमूल्य घटेको छ। यस्तै,७ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन भएन।

लगानीकर्ताका लागि मनोवैज्ञानिक रेखा मानिने २ हजार बिन्दुमै नेप्से अडिएपछि लगानीकर्ता थप उत्साहित बनेका छन् । बजारले अब अर्को उचाइ लिने विश्लेषण भइरहेका छन् । किनभने नेप्सेले यसअघिको अल टाइम हाइ १८८१ लाई सजिलै पार गरेर नयाँ ऐतिहासिक बिन्दुतिर अघि बढिरहेको छ ।

नेप्सेले चार वर्ष लामो वियरिस यात्रा पार गरिसकेको छ । सोही कारण पनि अब बुलिस प्रवृत्तिमा बजार अघि बढेको विश्लेषण हुन थालेको छ । बजार बुलिस क्रममा रहँदा लगातार भाउ वृद्धि भइरहनुलाई स्वभाविक मानिन्छ ।

अनलाइन प्रविधि प्रयोगका कारण लगानीकर्तालाई सेयर खरिदबिक्रीमा निकै सजिलो भएको कारणले पनि नेप्से बुलिस ट्रेन्डमा गएको एक पक्षको भनाइ छ । अर्को पक्ष भने लगानीका अन्य क्षेत्र सुस्ताएकाले पनि लगानीकर्ताको आकर्षण यतातिर देखिएको हो ।

ब्रोकरलाई दिइएको नेटिङको सुविधाले पनि कारोबारमा उमंग ल्याउन सहयोग पुगेको हो । खरिद र बिक्री दुवैको हिसाब मिलाएर कारोबारको सेटलमेन्ट गर्ने सुविधा ब्रोकरलाई छ । यसैगरी, बैंकहरूले सहजरूपमा सेयर कर्जा दिइरहेका छन् ।

मंगलबारबैंकिङ समूहमा भने लगानीकर्ताको आकर्षण बढ्न सकेन ।गत आइतबार बैंकिङमा लगानीकर्ताको आकर्षण बढेको भए पनि त्यसपश्चात् बैंकिङ समूह पुनः सेलाएको छ।

मंगलबारको बजारको अवस्थालाई लगानीकर्ताले सहज रूपमै लिएका छन् । पाँच दिनमै बजार २ सय अंक बढेको थियो, मंगलबार घट्नुलाई स्वाभाविक मानिएको छ ।

दोस्रो बजार बढिरहँदा प्रभु लाइफ इन्स्योरेन्स र चन्द्रागिरि हिल्सले भने आईपीओ जारी गर्न अनुमति पाइसकेका छन् । चन्द्रागिरिले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई १७मंसिरदेखि आईपीओ जारी गर्न मिति पनि तोकेको छ । यस्तै, प्रभु लाइफले पनि ६० लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति पाएको छ ।

(Visited 236 times, 1 visits today)
Loading comments...

आजको समाचार

बिना मगरको दुख : पहिला किन गरिनस्, अहिले किन गरिस् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि निवर्तमान खानेपानीमन्त्री भएकी बिना मगर अहिले परिवारका सदस्यसंग रमाउन थालेकी छिन् । दाहाल नेपाल समुहले...

‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक...

राष्ट्रिय विकास समस्या समाधन समिति बैठक

काठमाडौं । देशभरिको विकास निर्माण, खर्चको प्रगति र विकास निर्माणमा देखिएका समस्यालगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रीहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री र सचिवबीच...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बृहत् पूर्ण इजलासको माग खारेज

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आइतबारबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने १२ जना...

साताका लोकप्रिय समाचार

वीरगन्जबाट दुई बालक वेपत्ता

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्ताबाट करिब २५ घण्टादेखि २ जना बालकहरु बेपत्ता भएका छन् । शनिबार बिहान करिब ११ बजे...

मोटरसाइकल ठोक्किँदा कञ्चनपुरमा दुईको मृत्यु

कञ्चनपुर । गए राति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत यहाँको कृष्णपुर नगरपालिका–५ आम्खैयामा दुर्घटना हुँदा दुई...

सडकमा आन्दोलन गरेर अदालतलाई धम्क्याउन पाइन्न : देउवा

सिन्धुपाल्चोक । नेपाली काग्रेसका सभापति एवम पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा आन्दोलन गरेर ,धम्काएर आफ्नो पक्षमा फैसला गर्न लगाउने प्रवृत्ति गलत रहेको बताएका छन् ।...

नेपाली भूमि फिर्ता भएरै छाड्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दललाई जनतालाई अपार विश्वास गरी मुलुकमा राजनीतिक स्थिरता दिए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएको बताएका...

नेपाल–चीन युद्ध भएको ठाउँ दुगुनागढीको सरसफाई (फोटोफिचर)

सिन्धुपाल्चोक । नेपाली सेनाले ऐतिहासिक पदमार्ग,कोट,गढी तथा किल्लाहरुको पहिचान तथा त्यसको संरक्षणका लागि सुरु गरेको अभियान अन्र्तगत एकता दिवसको अवसरमा ऐतिहासिक दुगुनागढी क्षेत्रको सरसफाई...

ट्रेन्डिङ

पोखरामा शनिबार थपिए १६ जना कोरोना संक्रमित

पोखरा । पोखरामा शनिबारमात्र थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ६ महिलासहित १६ जनामा संक्रमण पुष्टि...

‘पिरती’मा रोमान्टिक नजिर र सुशिला

काठमाडाैं ।  गायक सुमन केसी र गायिका मेलिना राईको सहकार्यमा तयार भएको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक 'पिरती' बोलको गीतमा अम्बिका गुरुङको...

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

सिटिजन्स बैँक द्धारा अपाङ्ग र बहिरा बालबालिकालाई नगद सहयोग

डोल्पा । डोल्पामा रहेको सिटिजन्स इन्टरनेशल बैँकको शाखाले बहिरा तथा अपाङ्ग बालबालिका र अन्य बालबालिकाहरुलाई पचास पचास हजारको चेक दिएर सहयोग...

आमाको अन्त्येष्टिमा जान पाएन अभिनेता इरफान

मुम्बई । बलिउड अभिनेता इरफान खानलाई मातृशोक परेको छ । भारतमा कोरोना संक्रमणका कारण जारी लकडाउनले गर्दा उनले आमाको अन्यष्टिमा सहभागी हुन पाएका छैनन्...

क्योकुसिन सेसिन काइकान करातेका पाँच सय खेलाडीलाई राहत

काठमाडौं । मुलुक आठ सातादेखि लकडाउन भएपछि धेरैलाई खानको समस्या पर्न थालेका छ । नेपाल क्योकुसिन सेसिन काइकान कराते एसोसिएनका अध्यक्ष अशोककुमार श्रेष्ठले आफ्ना...

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः चिनियाँ रक्षामन्त्री

काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको...

थाइल्याण्डबाट फर्किएका व्यक्ति आजदेखि ‘सेल्फ क्वारेन्टाइन’मा

भद्रपुर । व्यक्तिगत कामले थाइल्याण्ड पुगेर फर्किएका झापाको भद्रपुरका एक व्यक्ति (पुरुष) आजदेखि घरमै स्वनिगरानी (क्वारेन्टाइन) मा बसेका छन् । निगरानीमा बस्ने...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

बिना मगरको दुख : पहिला किन गरिनस्, अहिले किन गरिस् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि निवर्तमान खानेपानीमन्त्री भएकी बिना मगर अहिले परिवारका सदस्यसंग रमाउन थालेकी छिन् । दाहाल नेपाल समुहले...

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

भर्खरै

बिना मगरको दुख : पहिला किन गरिनस्, अहिले किन गरिस् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि निवर्तमान खानेपानीमन्त्री भएकी बिना मगर अहिले परिवारका सदस्यसंग रमाउन थालेकी छिन् । दाहाल नेपाल समुहले...

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता

काठमाडौं । स्वर्गीय गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ । नागार्जुन नगरपालिकाको...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बृहत् पूर्ण इजलासको माग खारेज

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आइतबारबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने १२ जना...

‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक...

धेरै पढिएका

यसरि बन्छ चाकु (फोटोफिचर)

काठमाडौं । माघे सक्रान्तीको अवसरमा खाने परिकार मध्ये चाकु पनि महत्वपूर्ण हो । बजारमा किन्न पाइने चाकु सख्खरबाट बनाइएको हुन्छ । सख्खरलाई आगोमा तताएर त्यसमा...

सिटी, चेल्सी र टोटनह्याम एफए कपको चौथो चरणमा

लन्डन । म्यानचेष्टर सिटी, चेल्सी र टोटनह्याम एफए कपको चौथो चरणमा पुगेका छन् । गएराति सम्पन्न खेलमा बर्मिङघम सिटीलाई ३-० ले पराजित गर्दै म्यानचेष्टर...

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

राष्ट्रिय विकास समस्या समाधन समिति बैठक

काठमाडौं । देशभरिको विकास निर्माण, खर्चको प्रगति र विकास निर्माणमा देखिएका समस्यालगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रीहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री र सचिवबीच...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)