हाजार्ड तीन साता मैदानबाहिर

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका बेल्जियन फरवार्ड इडेन हाजार्ड तीन साता मैदान बाहिर रहने भएका छन् । हाजार्डले डिर्पोटिभो एलाभेसविरुद्ध २–१ ले पराजित भएको खेलमा चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । दाँया खुट्टामा फेमोरिस मस्कल चोटका कारण हाजार्डले खेलको २८औं मिनेटमा मैदान छाडेका थिए । २०१९ समरमा इंग्लिस क्लब चेल्सीबाट म्याड्रिड आएयता २९ वर्षीय हाजार्डको यो सातौ इन्ज्युरी हो ।

आइतबार अल्ट्रासाउन्ड र सोमबार एमआरआइ स्क्यानपछि उनको चोट पुष्टि भएको थियो । रियाल म्याड्रिडको मेडिकल टोलीका अनुसार उनको दाँयमा खुट्टामा फेमोरिस चोट रहेको क्रमिक सुधार हुदै गएपनि पुर्ण रुपमा फिट हुन तीन साता लाग्ने बताएका छन् । चोटसँगै हाजार्डले च्याम्पियन्स लिगको दुई तथा स्पेनिस ला लिगाको दुई महत्वपुर्ण खेल गुमाउने छ । रियलले मंगलबार राति च्याम्पियन्स लिगमा साख्तर डोनेस्क, शनिबार ला लिगामा सेभिया, ९ डिसेम्वरमा च्याम्पियन्स लिगमा बोरुसिया मोन्चेनग्लाडवाक र १२ डिसेम्वरमा शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । चोटबाट पूनरागमन गर्दै हाजार्डले भिल्लारियल र इन्टर मिलानविरुद्ध खेलेका थिए । एलाभेसविरुद्ध पनि हाजार्डले पहिलो रोजाईमा मौका पाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थापितको घरदैलोमा मतदाताको शुभेच्छा