संखुवासभा । संखुवासभाको तत्कालीन सिद्धपोखरी गाउँ विकास समितिका अध्यक्षको निधन भएको छ । चैनपुर नगरपालिका–४ तत्कालीन सिद्धपोखरी गाउँ विकास समिति (गाविस) का अध्यक्ष रत्नबहादुर वनेम लिम्बुको गयराती उपचारको क्रममा ७८ बर्षको उमेर निधन भएको हो । गाविस अध्यक्ष लिम्बुको वि.सं. १९९९ मंसिर २६ गते सिद्धपोखरी गाविस–४ मैदानेमा जन्मिएका थिए । लिम्बु तत्कालीन नेकपा एमालेको तर्फबाट २०४९ सालमा गाविस अध्यक्ष भएका थिए ।
पूर्वगाविस अध्यक्ष लिम्बुको बिराटनगर स्थित नोभेल अस्पतालमा उपचारको क्रममा गयराती निधन भएको चैनपुर–४ का वडाध्यक्ष धनबहादुर तामाङले जानकारी दिए । उनका ५ जना छोराहरु रहेका छन् । गाविस अध्यक्ष लिम्बुको बुधबार सिद्धपोखरी स्थित घरनजिकै दांहसस्कार गरिएको छ । उक्त अन्तिम श्रद्धाञ्जली कार्यक्रममा नेकपाका पूर्वजिल्ला अध्यक्ष उमेशकुमार डाँगी,जिल्ला समन्वय समिती सदस्य कृष्ण तामाङ लगायत नेपकपा नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।