Monday, July 26, 2021
Homeबिचारबिमा कम्पनीहरूको गैरजिम्मेवारीपन

बिमा कम्पनीहरूको गैरजिम्मेवारीपन

,
sharethis

पीसीआर परीक्षणपछि परीक्षणको प्रमाण लिएर बिमा कम्पनीकहाँ बिमा गरेका बिमितहरूलाई दाबी गरिएको रकम भुक्तानी दिनू भनी अर्थ मन्त्रालयले निर्देशन दिए पनि निर्देशित बिमा कम्पनीहरूले निर्देशनको पालना गरेका छैनन् । बिमा कम्पनीहरू पूर्ण रूपबाट सामाजिक उत्तरदायित्व र जवाफदेहिताबाट उम्कने प्रयास गरिरहेका छन्, जुन दुःखद हो ।

यसभन्दा अगाडि बिमा कम्पनीले विभिन्न बहानामा बिमितलाई दाबी रकम भुक्तानी नदिँदा चारैतिर चर्को असन्तुष्टि पैदा भएको थियो । जनस्तरमा उक्त असन्तुष्टि व्यापक रूपमा फैलन थालेपछि अर्थ मन्त्रालयले आवश्यक निर्देशनसहित बिमितहरूलाई दाबी गरिएको सेवा सुविधाबाट कुनै पनि बिमा कम्पनीले वञ्चित गर्न नपाइने कडा निर्देशन दिएको थियो । अर्थ मन्त्रालय र सम्बन्धित बिमा कम्पनी साथमा बसेर छलफलसहित उक्त निर्णय कार्यान्वयनमा लगिने प्रतिबद्धतासमेत जाहेर गरिएको थियो । त्यतिबेला अर्थ मन्त्रालयका निर्देशन बाध्यकारी जस्तो देखिएको थिएन । बिमा कम्पनीले पनि यसलाई आफूहरू नै सहभागी भएर कार्यरूप दिने बाचा गरेका थिए । यसले सरकार र बिमा कम्पनीबीच भएको सकारात्मक सहमतिले बिमितहरूका साथै आम जनसमुदाय खुसी भएका थिए । बिमा कम्पनीको मर्कालाई बुझेर सरकारले पनि सम्बन्धित बिमा कम्पनी सबैलाई सरकारी अनुदान मनग्यै उपलब्ध गराएको थियो । सरकारी निर्णय फगत निर्देशन मात्र नभएर सहयोगसहित मर्का सम्बोधन गर्नेगरी भएकाले बिमा कम्पनी र सरकारका बीचमा परिपक्व सहमति भएको देखिन्थ्यो ।

सुरुसुरुमा कोरोना संक्रमितहरूको एकदमै न्यून संख्या र तदनुरूपको माग दाबीलाई देखेर कोरोना बिमा कम्पनीहरू निकै उत्साहित भएका थिए । एकअर्कामा प्रतिस्पर्धासहित बिमितहरूको संख्या देशैभर बढाउने र संक्रमितहरूले पीसीआर परीक्षण गरेको प्रमाण दिएमा यी सबैलाई भुक्तानी गर्न सक्ने प्रतिबद्धता जाहेर गरेका थिए । कोरोना संक्रमण व्यापक रूपमा फैलन्छ भन्ने जनतामा यति विश्वास पनि थिएन । तर, बिमा कम्पनीले देशभर बिमा सदस्यता वितरण गर्ने र सबैलाई स्वास्थ्य सुविधा उपलब्ध गराउने आशा बाँडिरहेका थिए । त्यसैअनुसार जनसाधारणको ध्यान कोरोना बिमा गराउनेतर्फ आकर्षित हुँदै पनि गयो । बिमा गर्ने बिमितहरूको संख्या बढ्दै गएपछि उत्साहित हुँदै गएका बिमा कम्पनी कोरोना संक्रमितहरूको उकालो लाग्दै गरेको संख्या देखेर त्रसित हुन थाले । कोरोना संक्रमितको संख्याको पनि अलि बढी नै बढाइचढाइ हुन थाल्यो । प्रचारबाट आतंकित हुन पुगेका बिमा कम्पनीले कम्पनी नै बन्द गर्ने सुरसार गर्न थाले । यतिकै बेला सरकारले जम्मा भएको बिमाको लगभग ५० प्रतिशत बेहोर्ने भएपछि पुनः उत्साहित भएका बिमा कम्पनी फेरि पनि कोरोना संक्रमण प्रमाणसहित माग दाबी गर्ने बिमितको संख्या देखेर अत्तालिन थाले ।

यसपछिको स्थितिलाई सम्हाल्न अर्थ मन्त्रालयद्वारा  गरिएको प्रयासले केही सन्तुलित वातावरण निर्माण गरिदियो । अर्कोतिर कोरोना संक्रमण पनि बढ्दै गयो र बिमितहरूको संख्या पनि कार्यालयहरू आफैंंले संस्थागत रूपमा दर्ता गरी बढाउँदै लगे । यसरी संस्थागत र व्यक्तिगत गरी कोरोनाको बिमा गर्ने बिमितहरूको संख्या सोचेभन्दा बढी नै हुन गयो । यसले पनि बिमा कम्पनी फेरि बन्द गर्ने सोचतिर अघि बढ्न थाले । यसै बेलामा अर्थ मन्त्रालयले सकारात्मक पहल लिँदा स्थिति केही सुधार हुन गयो तर बिमा कम्पनीको जनसेवामुखी कार्यभन्दा पनि मुनाफा कुम्ल्याउने लक्ष र उद्देश्यले अर्थ मन्त्रालयसँगको सहकार्य र सम्झौता सार्थक बन्न सकेन । अहिले संक्रमितहरूले आफू संक्रमित भएको प्रमाण लिएर जाँदा पनि भुक्तानी दिन आनाकानी गरेपछि फेरि समस्या बल्झिएको छ । बिमा कम्पनी सञ्चालकहरूले रातारात मुनाफा कुम्ल्याएर काठमाडौंमा घरघडेरी जोड्ने, आफन्त कहाँ फूर्ति देखाउने र कमाइको ध्येयले स्वास्थ्य सेवामा प्रवेश गर्ने हो भने यो जनसेवा होइन लुटको मेवा हुन पुग्छ । जनस्वास्थ्यमा योगदान दिन सकिने पवित्र कार्यलाई केवल मुनाफा आर्जनको पेसा ठान्ने हो भने बिमा कम्पनीहरूको औचित्य नै समाप्त भएर जान सक्छ । त्यसैले बिमा कम्पनीले बिमितलाई दाबी रकम प्रदान गर्न स्वास्थ्य सेवासँग उनीहरूको उद्देश्य जोड्नु जरुरी छ भने सरकारी निकायले पनि अनुगमनलाई सशक्त बनाउनुपर्छ ।

(Visited 186 times, 1 visits today)
Loading comments...

आजको समाचार

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

साताका लोकप्रिय समाचार

२,२३७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाकाे मृत्यु

  काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १...

रिचार्लीसनको ह्याट्रिक

टोकियो । सिनियर टोलीकै महŒवपूर्ण सदस्य रिचार्लीसनको ह्याट्रिक सहयोगमा ब्राजिलले टोकियो ओलम्पिकअन्तर्गतको पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ । ब्राजिलको यू–२३ टोलीले १० खेलाडीमा...

जाने हैन, रुवीभ्याली

घुमफिरका लागि धेरैजसो सुविधाजनक ठाउँ छनोट गर्छन् । धेरैको बुझाई हिमाल आरोहण, पदयात्रा वाह्य पर्यटकले मात्र गर्ने होला भन्ने पनि छ । आजभोलि हिमालीकाखमा...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने तय भएको हो । आजको बैठक...

सुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ

  काठमाडौं । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नातामा सुजिताको दाजु पर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आफन्त एक युवकको नाम तोकेर...

ट्रेन्डिङ

संखुवासभामा सभा, सम्मेलन गर्न र होली खेल्न रोक

संखुवासभा । जिल्ला प्रशासन कार्यालय संखुवासभाले कोरोना भाइरसको संक्रमणबाट बच्न सभा,सम्मेलन जस्ता धेरै मानिस भेला हुने कार्यक्रम रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने...

ढुंगा, गिटी र बालुवा निकासीले मरुभूमि बन्दै तराइ

काठमाडौं । ‘वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)