Monday, January 18, 2021
Home Breaking News अध्यक्ष ओली नै नआएपछि बैठक स्थगित

अध्यक्ष ओली नै नआएपछि बैठक स्थगित

विवाद झन्झन् चर्किँदै

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यस्तताका कारण सचिवालय बैठकमा नआउने बताएपछि बुधबार सचिवालयको औपचारिक बैठक बस्न सकेन । प्रधानमन्त्री ओलीले मंगलबारकै सचिवालय बैठकमा बुधबार कार्य व्यस्तताका कारण उपस्थित हुन नसक्ने बताएका थिए । तर, प्रधानमन्त्री ओलीले कार्य व्यस्तताबारे जानकारी गराउँदा गराउँदै पनि अर्का अध्यक्ष पुष्पकमल दाहालले बुधबारका लागि बैठक राखेपछि ओली असन्तुष्ट भएका थिए ।

बैठक राख्ने विषयमै मतभेद भएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद झन्झन् चर्किँदै गएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नआएपछि सचिवालय बैठक २० मंसिरसम्मका लागि सारिएको छ ।

२० मंसिरमा सचिवालय बैठक बस्ने निर्णय भएपछि यसअघि नै १८ मंसिरका लागि तय भएको स्थायी कमिटी बैठक २१ मंसिरका लागि सारिएको छ ।

अर्को सचिवालय बैठक २० मंसिरमा
स्थायी कमिटी बैठक २१ मंसिरमा स-यो

बुधबार बैठक हुनुअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहाललाई बुधबार आफू बैठकमा आउन नसक्ने बताउँदा बताउँदै पनि किन बैठक राख्नुभएको हो भनी प्रश्न गरेका थिए । पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि सबैको सहमतिमा बैठक राख्नुपर्ने अडान लिएपछि बुधबारको बैठकलाई अनौपचारिक रूपमै सम्पन्न गरिएको थियो । महासचिव पौडेलले विधि, पद्धति र सहमतिकै आधारमा पार्टीका बैठक बस्नुपर्ने बताए ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री बैठकमा सहभागी नभएपछि अर्को बैठक आउँदो शनिबार (२० मंसिरमा) बस्ने गरी निर्णय भएको बताए । सो बैठकमा अध्यक्ष ओलीलाई अनिर्वाय उपस्थितिका लागि अपेक्षासहित अनुरोध गर्ने निर्णय भएको उनले जानकारी दिए । २० मंसिरको सचिवालय बैठक सहमतिकै आधारमा निर्धारण गरिएकाले सो बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुने ओली निकट स्रोतले जानकारी दिएको छ ।

पार्टी अहिले गम्भीर र संवेदनशील मोडमा रहेकाले अहिले असामान्य परिस्थितिमा संवेदनशील रूपमा छलफल र बहसको प्रक्रिया अगाडि बढाउन र निर्णय लिन उचित हुन्छ भन्नेमै आफूहरू विश्वस्त रहेको प्रवक्ता श्रेष्ठले बताए । आउँदो बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएर पार्टीको विवाद समाधान गर्न छलफलमा सहभागी हुने विश्वास उनले व्यक्त गरे ।

यो पनि पढ्नुहोस   कमलपोखरी पुनर्निर्माण विवाद : रानीपोखरी जस्तै सुरुवाती चाल

सचिवालय बैठक बस्नुअघि बुधबार बिहान अध्यक्ष ओलीले बालुवाटारमा र अर्का अध्यक्ष पुष्पकमल दाहालले खुमलटारमा आफू निकटका नेताहरूसँग छलफल गरेका थिए । बालुवाटार छलफलमा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतको सहभागिता रहेको नेकपा स्रोतले जनाएको छ ।

उता खुमलटारमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य श्रेष्ठसहितका नेताहरूले बैठक राख्नुपर्ने निष्कर्ष निकालेका थिए ।

२८ कात्तिकको सचिवालय बैठकमा अध्यक्ष दाहालले सचिवालयका बहुमत सदस्यहरूको समर्थनमा ओलीमाथि गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेका थिए । दाहालले पेस गरेको प्रस्तावलाई ‘आरोपपत्र’ को संज्ञा दिँदै ओलीले त्यो फिर्ता हुनुपर्ने र दाहालले माफी माग्नुपर्ने अडानमा रहेका छन् । त्यसको प्रत्युत्तरमा अध्यक्ष ओलीले अर्को प्रस्ताव पेस गर्दै दाहालमाथि विभिन्न आरोप लगाउनुका साथै गम्भीर प्रश्नहरू तेर्साएका छन् ।

नेकपा वरिष्ठ नेता खनालले पार्टीभित्र छलफल गरेर सहमतिमै अगाडि बढ्ने तर कोही कसैको फरक मत आए अल्पमत बहुमतकै आधारण बैठकले निर्णय गर्ने बताए । सबैको सहभागितामै छलफल र निर्णय हुनुपर्ने आफूहरूको अपेक्षा भए पनि कोही अनुपस्थिति भए बैठक धेरै परसम्म सार्न नमिल्ने उनले बताए । तर, ओली निकट नेताका अनुसार पार्टी एकताका बाँकी काम टुंगो लगाउने, समृद्धि तथा विकासका बारेमा छलफल गर्ने हो भने बैठकमा आउने अन्यथा नआउने अडानमा प्रधानमन्त्री रहेका छन् ।

‘सचिवालय बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाउन, समृद्धि, विकासलगायतका एजेन्डामा छलफल भए म आउने नभए तपाईंहरूका पूर्वनिर्धारित एजेन्डा पारित गर्न किन आउनुप¥यो’ ओलीको भनाइ उद्धृत गर्दै उनी निकटका ती नेताले भने, ‘तपाईंहरू बसेर निर्णय गर्नुस्, त्यसपछि के गर्ने हो म गरुँला ।’ ओली कुनै पनि हालतमा अल्पमत र बहुमतको प्रक्रियामा जान चाहेका छैनन् ।

(Visited 105 times, 1 visits today)
Loading comments...

आजको समाचार

योगेश भट्टराई भन्छन् : केटो नै हुँ, प्रधानमन्त्रीको स्तर थाहा पाएँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहान–नेपाल समूहका नेता एवं पूर्व मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमार्फत् उत्तर दिएका छन् । प्रदेश १ को...

कोरोना परीक्षणमा खटिएका कर्मचारी पारिश्रमिकबिहिन

गुल्मी । कोरोना परीक्षण प्रयोगशाला तम्घासमा कार्यरत कर्मचारी ३ महिनादेखि पारिश्रमिकविहीन भएका छन् । स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मीले तलब पाउन नसकेका...

एचआइभी/एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभीबाटै मृत्यु

सप्तरी, राजविराज । ९ वर्षअघि एचआइभी÷एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभी/संक्रमणकै कारण निधन भएको छ । राजविराज १ चनौरा निवासी १६ वर्षिया अमैया...

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

बृहस्पति अस्त सुरु : अब यो वर्षभर धार्मिक कार्य गर्न नहुने

ललितपुर । बृहस्पति अस्त आज आइतबारबाट सुरु हुँदैछ । बिहान ११ बजेर ५८ मिनेटमा पश्चिममा अस्ताउने बृहस्पति आउने फागुन २ गते दिउँसो १२ बजेर...

साताका लोकप्रिय समाचार

योगेश भट्टराई भन्छन् : केटो नै हुँ, प्रधानमन्त्रीको स्तर थाहा पाएँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहान–नेपाल समूहका नेता एवं पूर्व मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमार्फत् उत्तर दिएका छन् । प्रदेश १ को...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बृहत् पूर्ण इजलासको माग खारेज

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आइतबारबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने १२ जना...

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौँ । मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले...

नेकपाका दुवै समूहको आयोगलाई जवाफ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहले आफू नै आधिकारिक नेकपा भएको भन्दै निर्वाचन आयोगलाई जवाफ पेस गरेका छन् । पार्टी आधिकारिकतासम्बन्धी विवाद...

कोरोनाकाल लम्बिएपछि ‘वामअप’ गर्दै उद्योगहरु

चुरे,मकवानपुर । विश्व्व्यापि रुपमा फैलिएको कोरोनाको कारण अस्तव्यस्त भएको मकवानपुर जिल्ला हेटौंडाका उद्योगहरु अब विस्तारै ‘वामअप’ गर्न थालेका छन् । लामो समय कोरोना भाइरस (कोभिड–१९)को...

ट्रेन्डिङ

उदयपुरमा वडाध्यक्षसहित ५ जना कोरोना संक्रमण

उदयपुर । उदयपुरमा जनप्रतिनिधिसहित शुक्रबार ५ जनामा कोरोना संक्रमण भेटिएपछि बेलका नगरपालिकाका कोरोना संक्रमण समुदाय स्तरमा पुगेको अनुमान गरिएको छ । बेलका नगरपालिका– २...

भारतीय सेनाध्यक्षको भ्रमण: सम्बन्ध सुधारमा ग्रिन सिग्नल

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणबाट नेपाल र भारतबीचको सीमा विवादपछि बिग्रिएको सम्बन्ध सुधारमा ग्रिन सिग्नल देखिएको छ ।
यो पनि पढ्नुहोस   प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ भोलि
नेपाली...

भीमफेदी सुमो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुग्यो

टिस्टुङ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा आज मध्याह्न भएको सुमो दुर्घटनामा परी मृत्यु हुने तीन जना पुगेका छन् । ना १...

कोरोना आशङ्का गरिएका नौको रिपोर्ट नेगेटिभ

लहान । सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ...

विश्वमा कोरोना भाइरस संक्रमित ८२ लाख ८४ हजार भन्दा बढी व्यक्ति संक्रमण मुक्त

जेनेभा स्वीट्जरल्याण्ड । विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३९ लाख ५२ हजार ४०६ जना व्यक्तिमा ८२ लाख ८४ हजार २८५ व्यक्ति संक्रमण...

रोड्रिग्वेज एभर्टनमा

लन्डन । स्पेनिस महारथी रियल म्याड्रिडमा ६ वर्षको बसाइ अन्त्य गर्दै कोलम्बियन स्टार मिडफिल्डर हामेस रोड्रिग्वेज इंग्लिस क्लब एभर्टनमा अनुबन्धित भएको छ । एभर्टनले...

नेयमार कारबाहीबाट बचे

लिस्वन । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमारले च्याम्पियन्स लिगको फाइनल खेल्न पाउने भएका छन् । युरोपेली फुटबलको सर्वाेच्च...

बेलझुण्डी कोरोना विशेष अस्पतालमा एक जनाको मृत्यु

तुलसीपुर । दाङको बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालमा उपचारत एक जनाको आज बिहान मृत्यु भएको छ । मंसीर ६ गते उपचारका लागि अस्पतालमा आएका...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार...

एचआइभी/एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभीबाटै मृत्यु

सप्तरी, राजविराज । ९ वर्षअघि एचआइभी÷एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभी/संक्रमणकै कारण निधन भएको छ । राजविराज १ चनौरा निवासी १६ वर्षिया अमैया...

‘संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख गरिएको छैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले...

भर्खरै

निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्री प्रभु साहको यस्तो निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले रुग्ण तथा निर्माणाधीन आयोजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्री साहले एक परिपत्र जारी गर्दै...

केपी ओली शरीरमा निस्केको गलगाँड जस्तै भए : माधव नेपाल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । उनले आफुहरु...

आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी...

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

धेरै पढिएका

अनुमतिबिना लोकदोहोरी गीतको प्रयोगमा रोक

काठमाडौं । टेलिभिजन च्यानल तथा युट्युब च्यानलबाट प्रसारण हुने विभिन्न रियालिटी सोमा प्रस्तुत हुने गीतको प्रतिलिपि अधिकार हनन भएको भन्दै स्रष्टाहरूको आफ्नो अनुमतिबिना गीत...

असहायलाई न्यानो कपडा र मिठाई दिएर माघे संक्रान्ति मनाईयो

सप्तरी, राजविराज । माघी अर्थात माघे संक्रान्तिका अवसरमा बिहीबार यहाँ विविध कार्यक्रम गरिएको छ । कसैले घर परिवारमै त कसैले सार्वजनिक कार्यक्रम गरेर माघे...

‘संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख गरिएको छैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले...

अनलाइन फुड फेस्ट शुक्रबारदेखि

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले विगत तीन वर्षदेखि नियमित रूपमा आयोजना गर्दै आएको अनलाइन फुड फेस्टिभल यस वर्ष पनि...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)