विराज र विमलसहित ५८ खेलाडी प्रारम्भिक टोलीमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले टोली बाहिर रहेका कप्तान विराज महर्जन र फरवार्ड बिमल घर्तीमगरलाई टोलीमा समेट्दै ५८ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक टोली घोषणा गरेको छ ।

एन्फाले मैत्रीपूर्ण खेल र विश्वकप छनोटका खेललाई मध्यनजर गर्दै राष्ट्रिय टोलीको लागि प्रारम्भिक टोली घोषणा गरेको हो । यसवर्ष ‘ए’ डिभिजन लिग नहुने भएपछि एन्फाले गत वर्षको लिगसँगै माफसलका विभिन्न प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको हो ।

५८ खेलाडीमा ७ गोलरक्षक, १८ जना डिफेन्डर, २० जना मिडफिल्डर र १३ जना फरवार्ड छन् । प्रशिक्षण २८ मंसिदेखि सुरु हुनेछ । टोलीमा कप्तान विराज महर्जनसँगै फरवार्ड विमल घर्ती मगर, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीले पूनरागमन गरेका छन् । विमल, सन्तोष र दिनेश गतवर्ष कात्र्तिकमा कुवेतविरुद्धको खेलअघि डिस्को कान्डमा मुछिएपछि कारबाही भोग्दा टोलीबाट बाहिरिएका थिए । डिस्को कान्डमै मुछिएका अन्जन विष्टले भने बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलबाट टोलीमा रहेका छन् । यस्तै, डिफेन्डर आदित्य चौधरीले तीन वर्षपछि टोलीमा पुनरागमन गरेका छन् । मिडफिल्डर विक्रम लामा भने खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएकाले प्रशिक्षणमा समावेश हुने छैनन् ।

५८ खेलाडीमा थुप्रै नयाँ अनुहार रहेका छन् । एन्फाले गत महिना भएको बंगलादेशविरुद्ध मैत्रीपूर्ण सिरिजका लागि ३५ खेलाडी सम्मिलित टोली घोषणा गर्दै २५ खेलाडीलाई अन्तिम टोलीमा समावेश गरेको थियो । त्यसमध्ये ८ नयाँ अनुहारमध्ये ६ खेलाडीले डेब्यु गर्ने अवसर पाएका थिए । स्विडिस प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा बालगोपाल महर्जनले नै टोलीको जिम्मेवारी सम्हाल्नेछन् । एन्फाले हालसम्म कालिनको अवस्था’bout कुनै जानकारी दिएको छैन । उनको सम्झौता फेब्रुअरीसम्म रहेका कारण एन्फाले अब चाडैं निर्णय लिने बुझिएको छ ।

प्रारम्भिक टोली

किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की, देव लिम्बु देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्ताम, रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, मिक्चेन तामाङ, सन्तोष तामाङ, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुभाष गुरुङ, दिपेश आलेमगर, तेज तामाङ, रवी पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा, सुनिल बल, विमल घर्तीमगर, अभिषेक रिजाल, रेजिन सुब्बा, जर्जप्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विश्व, राजीव लोप्चन, आशिष लामा र प्रिजेन तामाङ ।

तपाइको प्रतिक्रिया
(Visited 368 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले घोषणा पत्र : भूमिहीनलाई जग्गा, हरेक वडामा प्राविधिक विद्यालय