इलाममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

इलाम । इलाम चोकबजारमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को पुत्ला दहन भएको छ । नेपाल बिद्यार्थी संघ इलामले अनेकन बहानामा जनतालाई दुख दिएको भन्दै उनीहरुको पुत्ला दहन गरेको हो ।

बुधबार मात्र नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले तनहुमा नियन्त्रणमा लिएको बिरोधमा उनीहरु आन्दोलित भएका छन् । उनीहरुले हालको सरकार निरनकुस भएको र प्रहरीलाई आफु अनुकुल परिचालन गरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबिरुद्ध चर्का नारा समेत लगाएका थिए । कार्यक्रममा संवोधन गर्दै नेविसंघ इलामका अध्यक्ष प्रकाश भट्टराईले हालका सरकारले भ्रष्टाचारीलाई आश्रय दिएको, बलत्कारी र सोझ जनतामाथी आक्रमण हुँदा पनि कारबाही नगरेको बताएका थिए ।

उनीहरुले प्रहरी जनताको भन्दा बढी नेकपा नेता र कार्यकर्ताको चाकरी गर्न थालेको भन्दै नेकपा प्रहरी मुर्दा बाद समेत भन्दै नारा लगाएका थिए । तर नेबी संघका कार्यकर्ताहरुले पुत्ला दहन गर्दै गर्दा प्रहरीले पुत्ला निभाउन खोजेपछि प्रहरी र विद्यार्थी विच ठेलाठेल समेत भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 447 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नेम्वाङको गृह नगरमा काँग्रेसका उम्मेदवार निर्वाचित