इलाम । इलामको सूर्योदय नगरपालिकाको कन्याममा चिया परिक्षण तथा प्रबद्र्धन केन्द्र निर्माणको लागि शिलान्यास भएको छ । सूर्योदय नगरपालिकाको योजना अनुसार एक नम्बर प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा कन्याममा चिया परिक्षण तथा प्रबद्र्धन केन्द्रको शिलान्यास गरिएको हो ।
२३ करोड रुपैयाँको लगानीमा निर्माण गरिने केन्द्रका लागि प्रदेश १ सरकारले ८० र सूर्योदय नगरपालिकाले २० प्रतिशत लगानीमा बन्ने भएको हो । शिलान्यस कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालमै पहिलो चिया परिक्षण तथा प्रवद्र्धन केन्द्र स्थापनाले नेपाली चियाको अन्तराष्ट्रिय स्तरमा बजार प्रवद्र्धन र निकासीमा सहयोग पुग्ने बताए । राईले भने ‘देशमै पहिलो पटक चिया परिक्षण तथा प्रवद्र्धन केन्द्रको स्थापनाले सूर्योदय नगरपालिका र इलामका चिया संग सरोकार राख्ने सबैलाई उत्साही बनाएको बताए ।’
प्रदेश १ का भूमी ब्यवस्था तथा कृष सहकारी राज्यमन्त्री राम रानाले यो भवन निार्माणले स्थानीय स्तरका चिया बगानको संरक्षण गरेर गुणस्तरीय चिया बिश्व बजारमा पठाउन केन्द्रले सहयोग पुग्ने बताए । रानाले एकसय ५७ बर्ष लामो चियाको इतिहास कायम गर्दै चियाको बिश्व बजारमा निकासी र प्रबद्र्धनका लागि तीन तहका सरकार एक साथ लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईले चियाको राजधानीको रुपमा रहेको नगरलाई समृद्ध बनाउन केन्द्रले सहयोग पुग्ने बताए । उनले तीन तहका सरकार बिच समन्वय गरेर चिया क्षेत्रका समस्या समाधान गरिने उल्लेख गरे ।
चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक डा. बिष्णु प्रसाद भट्टराईले चिया परिक्षण केन्द्रको स्थापनाले अन्तराष्ट्रिय बजारमा चियाको मार्केट प्रबद्र्धनमा सहयोग पुग्ने बताए । उनले अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न नेपाली चिया योग्य रहेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति दुर्गा बरालले किसानलाई केन्द्र बिन्दुमा राखेर चिया क्षेत्रका काम गर्नुपर्ने बताए ।
सूर्योदय नगरपालिकाकी उप प्रमुख दुर्गादेबी भट्टराईले स्वागत मन्तब्य राखिेकी थिइन् । उक्त कार्यक्रममा संबिधानसभा सदस्य सूर्यवाला राएै, प्रदेश सांषद काजीमान कागते, माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राई , जिल्ला समन्वय समितिकी उप प्रमुख चित्रकला बराईली, प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।