Wednesday, September 22, 2021
Your Ads Here
Homeअर्थतीन दिनभित्र कोरोना बीमा भुक्तानी गर्न अर्थमन्त्रालयकाे निर्देशन

तीन दिनभित्र कोरोना बीमा भुक्तानी गर्न अर्थमन्त्रालयकाे निर्देशन

,
sharethis

काठमाडाैं ।  अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र गरिसक्ने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा कोरोना बीमा दाबी भुक्तानीमा अन्योल सिर्जना भएको तथा बीमकले सास्ती झेल्नुपरेको भन्दै मन्त्रालयले कोरोना बीमा मापदण्डबमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीको भुक्तानी तीन दिनभित्र दिन निर्देशन दिएको हो । मन्त्रालयले बीमा समितिलाई पत्र लेख्दै बीमा दाबी भुक्तानी गरेको विवरण दैनिकरूपमा जानकारी गराउन पनि निर्देशन दिएको छ ।

भेरिफिकेशन गर्न बाँकी दाबीको भेरीफिकेशन यथाशीघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देश गरेको छ । मन्त्रालयले कोरोना बीमाको हालसम्मको दाबी सङ्ख्या, कागजात पूरा भएका दाबी सङ्ख्या, भेरीफिकेशनका लागि स्वास्थ सेवा विभागमा पठाएको सङ्ख्या, भेरीफिकेशन नभएका वा नक्कली दाबीको विवरण र दाबी भुक्तानीको विवरण तथा सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकीको विवरण नियमित सार्वजनिक गर्न पनि निर्देशन दिएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नेप्से सूचक १०४.८८ अंकले बढ्याे

दाबी भुक्तानीमा देखिएका समस्या, भुक्तानी गर्न बाँकी विवरण र समस्या समाधानका लागि बीमा समितिबाट भइरहेको प्रयासका बारेमा पनि जानकारी गराउन भनिएको मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले जानकारी दिनुभयो । कोरोना बीमा दाबी भुक्तानीलाई सरल बनाउन मन्त्रालयलबाट सहजीकरणका लागि गर्नुपर्ने पहलकाबारेमा पनि जानकारी गराउन समितिलाई आग्रह गरिएको छ ।

यसअघि सात दिनभित्र सबै दाबी भुक्तानीको कार्य सम्पन्न गर्न निर्देशन दिएको भए पनि हालसम्म न्यून सङ्ख्यामा मात्र भुक्तानी भएको, दैनिक प्रगति प्रतिवेदन नियमितरुपमा यस मन्त्रालयमा प्राप्त नभएको एवं बीमा समितिको हटलाइन फोन सेवा सञ्चालन भएको नपाइएको तथा अन्य निर्णयसमेत प्रभावकारी ढङ्गमा कार्यान्वयन भएको नपाइएको गुनासो आएपछि मन्त्रालयले बीमा समितिलाई निर्देशन दिएको हो ।

तपाइको प्रतिक्रिया

(Visited 243 times, 2 visits today)

आजको समाचार

सर्पदंशले दिदीभाइको ज्यान गयो

राजविराज । सुतेको अवस्थामा सर्पले टोकेर दिदीभाइको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका २ सिस्वाबेल्ही टोल निवासी राजेश मण्डलका १४ बर्षीया छोरी सुनिता...

राजनीतिभित्रको राजनीति

देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै...

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...

मोडल कुन्साङ बोम्जन फिचर्ड ‘केवल तिमीभित्रै’

काठमाडौं । सामाजिक कार्यको साथमा नेपाली गीत संगीतमा सक्रिय स्रष्टा र सर्जकको सिर्जनालाई बचाई राख्ने उदेश्य साथ स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको प्रस्तुतिमा रहेको...

आमा बनिन् प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । उनी बुधबार आमा बनेकी हुन् । उनका श्रीमान आयुष्मान देशराज जोशीले आफु पिता बनेको...

साताका लोकप्रिय समाचार

१ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

  काठमाडौं । जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ । अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन...

राष्ट्रपतिको जन्मगाउँ मानेभञ्याङमा पानी समस्या हट्यो

भोजपुर । पानीको अभाब झेल्दै आएका राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मस्थान भोजपुर मानेभञ्याङका स्थानीयको समस्या हटेको छ । विगत लामो समयदेखि पानीको समस्यामा रुमलिएका यहाँका...

संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, दुई परिवारका पाँच जना संलग्न

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय...

इन्द्रजात्रा सुरु, हनुमान ढोकामा इन्द्रध्वजोत्थान सम्पन्न

काठमाडौं । काडमाडौंमा प्रसिद्ध इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज बिहान ६:५१ बजेको शुभ...

सरुवामा आर्थिक चलखेलको गन्ध बिचौलियाको घेराबन्दीमा मन्त्रालय

काठमाडौं । सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिएर कामकारबाही प्रभावकारी रूपमा अघि बढाउन नसक्दा प्रशासन क्षेत्रमा चरम बेथिति सिर्जना हुन थालेको छ । आकर्षक स्थानमा सरुवा...

ट्रेन्डिङ

थप १०८ जनामा कोरोना संक्रमण पुष्टि, ७ हजार ८ सय ९१ जना निको भएर घर फर्किए

  काठमाडौं । बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार...

तीन सिमेन्ट र स्टिल उद्योगलाई कारवाही

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले तीन सिमेन्ट र एउटा स्टिल उद्योगलाई कारबाही गरेको छ । विभागले नेपाल शालिमार सिमेन्ट, रिलाइस सुपरटेक सिमेन्ट,...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)