कोरोना संक्रमणबाट ९७ बर्षीय बृद्धको निधन

सांकेतिक तस्वीर

लमजुङ । लमजुङमा कोरोना संक्रमणका कारणले बिहीबार ९७ बर्षीय एक बृद्धको कोरोना संक्रमणपछि निधन भएको छ । लमजुङ जिल्ला अस्पतालको आइसोलेसनमा उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।

बेसीशहर नगरपालिका–८ का बासिन्दा उनलाई बुधबार मात्र कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई बिहीबार बिहार अस्पतालको आइसोलेसनमा लगिएको गरिवार स्रोतले जनाएको छ । पाँच जनाको परिवार रहेको मृतकका पाँचै जनामा संक्रमण पुष्टि भएको छ । उनी माहिला छोरा बिसम्बरका साथमा रहनेका थिए । विसम्बरलाई पनि संक्रमण पुष्टि भएपछि उपचारका लागि काठमाडौं लगिएको छ । मृतककी ७७ वर्षीया श्रीमती, बुहारी र नाती समेत संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

लमजुङमा स्वाव संकलन भएर उपचारकै क्रममा जिल्लामा कोरोनाका कारणले मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् । उनका तीन भाई छोरा र चार छोरी छन् । मृतकको शव व्यवस्थापनको आजै गर्नका लागि तयारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

कोरोना संक्रमणपछि उपचारका क्रममा जिल्ला बाहिर गएर यसअघि लमजुङका ५ जनाले ज्यान गुमाइसकेका छन् । बुधबारमात्र सुन्दरबजार नगरपालिका– ६ का एक स्वास्थ्यकर्मी समेत रहेका ५३ वर्षीय पुरुषको बीर अस्पताल काठमाडौंमा निधन भएको थियो । त्यसअघि बेसीशहर नगरपालिका र मध्यनेपाल नगरपालिकाका २/२ जनाको कोरोना संक्रमणका कारण निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा २८ र उपमेयरमा ११ को मनोनयन