Wednesday, January 27, 2021
Home बिचार सम्पादकीय : सहुलियत ऋण सदुपयोगको प्रश्न

सम्पादकीय : सहुलियत ऋण सदुपयोगको प्रश्न

जनजीविकालाई सरल, सहज र सामान्यीकरण गर्नका लागि सरकारले कृषि, पशुपालन, उद्यमशीलता, उद्योग र यस्तै स्थानीय स्वरोजगारका कुराहरूमा वार्षिक २ प्रतिशत ब्याज लिनेगरी सहुलियत ऋण प्रदान गर्ने निर्णय गरेसँगै उद्यमी जनतामा खुसी र आत्मविश्वास बढेको देखिन्छ । कम्युनिस्ट सरकार निर्माण भएसँगै जनताले जनजीविकाका विषयलाई यथाशक्य सहुलियत ऋणका साथै सेवा र सुविधा उपलब्ध गराउनेछ भन्ने विश्वास लिएका थिए । जनअपेक्षा अनुरूप यी कार्य सुरुसुरुमा गर्न नसकिए पनि अहिले सम्बोधन गरिनुले सरकार जनता र जनताको आशा, अपेक्षा र आकांक्षाप्रति संवेदनशील छ भन्ने कुरा उजागर भएको छ । यसले उद्यमशील जनतामा ठूलो मात्रामा आशाको सञ्चार गर्नुका साथै समृद्धि र विकासमा जनस्तरबाट टेवा पुग्ने पनि देखिन गएको छ । यसले सरकार र जनता मिलेर देशको विकास गर्ने प्रक्रियाको ढोका खोल्न मद्दत गरेको छ । जनता सबै काम सरकारले गरिदियोस् भनेर अपेक्षा गरिरहेका छैनन् । बरु सरकारले जनस्तरमा आवश्यक सेवासुविधासहितको लगानी गरिदियोस् भनेर आशा गरिरहेका छन् । विदेशमा गएर आफ्नो श्रम, पसिना र पौरख विदेशी माटोमा बगाउनभन्दा आफ्नै भूमिमा लगानी गरेर आफ्नै देशलाइ सिगार्न आतुर छन् ।

स्वरोजगारमूलक कार्यक्रमहरू ल्याएर स्वदेशमै रोजगारीको वातावरण सिर्जना होस् भन्ने सदीक्षा राखेका छन् । देश विकास केवल सरकार र सरकारी निकायले मात्र गरेर सम्भव हुँदैन । यसका लागि जनसहभागिता जरुरी हुन्छ । जनसहभागिता नांगो हातले जुट्न सक्दैन । यसका लागि सरकारले लक्षित उद्यमी, किसान, व्यवसायी तथा इच्छुक स्वरोजगार सर्जकहरूको क्षमता, हैसियत र व्यवस्थापनको औकातअनुसार खाली हातमा आवश्यक बजेट उपलब्ध गराउनुपर्छ । उक्त बजेटले लक्षित वर्ग, उद्यमी तथा व्यवसायीहरूलाई प्रेरित तथा उत्साहित गराउन सक्नुपर्छ । सायद यसैलाई मध्यनजर गरेर स्थानीय कृषि उद्यम प्रवद्र्धनलाई लक्षित गरी नवप्रवर्तक सुरुवाती पुँजी कर्जा प्रवाह कार्यविधि ल्याइएको हो । कार्यविधि निर्माण गरिसकेपछि योजना तथा कार्यक्रम कार्यान्वयन गर्न कुनै पनि बाधा पार्दैन । तर पनि कार्यान्वयनको प्रक्रियामा स्थानीय विशिष्टता अनुरूप पुँजीको लगानी र लक्षित वर्गको सम्बोधन तथा अपेक्षित उद्देश्यहरू हासिल गर्नु फलामको चिउरा चपाएसरि हुने निश्चित छ ।

यसका लागि स्थानीय कृषक, उद्यमी तथा व्यवसायीको कार्यदक्षता, क्षमता र सिर्जनशीलताका लागि आवश्यक तालिम तथा प्रशिक्षण पनि उत्तिकै जरुरी छ । यसमा सम्बन्धित उद्यमीको उत्साह, जाँगर र उत्पे्ररणाले व्यवसाय प्रवद्र्धनमा ठूलो भूमिका निर्वाह गर्छ । उत्पे्ररणाको यो पक्षलाई पनि उपेक्षा गर्न सकिँदैन । त्यसैले किसान, व्यवसायी र उद्यमीको चाहनाअनुरूप कर्जा प्रवाह, सेवासुविधाको ग्यारेन्टी तथा उत्पादित वस्तुहरूको खपत हुने बजारको सम्भावित अध्ययन र अनुसन्धान सम्बन्धित निकायले समयमै गर्न सक्नुपर्छ । उद्योगमा रातदिन खट्ने उद्यमीहरूका बारेमा गरिनुपर्ने तयारी पूरा गरिनु सँगसँगै सरकार तथा सम्बन्धित निकायबाट गरिनुपर्ने अध्ययन, अनुगमन, सुपरिवेक्षण तथा दण्ड र पुरस्कारको व्यवस्था पनि गरिनु जरुरी छ । जनता र सरकारको बीचमा परिपूरक सम्बन्ध राख्दै एकअर्कामा चेक एन्ड ब्यालेन्सको अवस्था सिर्जना गर्नुपर्छ । यसले मात्र सरकारले जुन उद्देश्य प्राप्तिका लागि प्रतिफलको आशासहित लगानी गरेको छ, सो उद्देश्य पूरा हुन सक्छ ।

(Visited 85 times, 1 visits today)
Loading comments...

आजको समाचार

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

नेकपाका अध्यक्षद्वयलाई आयोगको पत्रः साविकको नेकपा नै आधिकारिक

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता र विवादका विषयमा दुवै समूहबाट भएका एक अर्कामाथिको कारबाहीसहितका गतिविधिलाई अवैध भन्दै सो कार्य आयोगका लागि...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

साताका लोकप्रिय समाचार

पानीजहाज कार्यालयको कामः ७ करोड बजेटमा साढे १ करोड खर्च

काठमाडौं । वर्तमान सरकारको चासो र निकै प्राथमिकतामा परेको पानीजहाजको क्षेत्रमा एक वर्ष कानुनको मस्यौदा तयार गर्न र अध्ययनमै बितेको छ । नेपाली पानीजहाज...

प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि चिकित्सा शिक्षाको शुल्क नबढ्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले...

विकासे मन्त्रालयको पुँजीगत खर्च निराशजनक

काठमाडौं । विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासमा उत्साहजनक खर्च गर्न सकेका छैनन् । ती मन्त्रालयले पुँजीगत खर्चको...

चार हप्तापछि मेलम्चीकाे सुरुङमा पानी हाल्न सकिने

काठमाडौँ । खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा मन्त्री थापा सुन्दरीजलदेखि...

अक्षयको बेलबटम तत्काल रिलिज नहुने

मुम्बई । बलिउड अभिनेता अक्षयकुमारको नयाँ फिल्म ‘बेल बटम’ अब तत्काल रिलिज नहुने भएको छ । उनको नयाँ फिल्म बेलबटमलाई आगामी २ अप्रिलमा रिलिज...

ट्रेन्डिङ

विश्वकर्मा, सृष्टि र सौन्दर्य

हरेक वर्ष १ आश्विनका दिन श्री विश्वकर्मा भगवान्को पूजा गरिन्छ । देशैभरि भएका ठूलठूला कलकारखाना र ससाना कारखानामा पनि श्री विश्वकर्माको पूजा गरिन्छ ।...

२५ बर्ष पछि गाउँ बिजुली बत्ती बलेपछि गाउँले मख्ख

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नंं २ हिलेखोला र खरयानमा २५ बर्ष पछि बिजुली बत्ति बलेको छ । बस्ती बसेको २५ बर्षपछि दिपावलीको...

उपत्यका प्रहरीको नेतृत्व एआईजीले गर्ने

काठमाडौं । सरकारले नेपाल प्रहरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास गरेको छ । गृह मन्त्रालयले गत साउन मसान्तमा तयार गरी मन्त्रिपरिषद्मा सिफारिस गरी...

छुवाछुतलाई निरुत्साहित गर्दै डोम मुसहरलाई राहत

सप्तरी, राजविराज । लामो समयको बन्दाबन्दीले हातमुख जोर्ने समस्यामा परेकाहरुलाई एकजातिय संस्थाले खाद्यान्न तथा अन्य राहत सामग्री वितरण गरेका छन् । ब्राहमण सेवा समाज सप्तरीले...

कोराना संक्रमणबाट बर्दियाका वडाध्यक्षको मृत्यु

बाँके । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट...

कनेक्टिविटी र डाटा मार्फत डिजिटल नेपालको यात्राको सशक्तिकरण

पछिल्ला २१ बर्षदेखि, ह्वावेले नेपालको आईसीटी उद्योगमा सेवा गर्दै आएको छ । सूचना र सञ्चार प्रविधि (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको विश्वाको एक अग्रणी...

राजमार्ग र उपत्यकामा अलपत्र नागरिकलाई सुरक्षित घर पुर्याउन सर्वोच्चको आदेश

काठमाडौं ।सर्वोच्च अदालतले आफ्नो गन्तव्यमा जाने क्रममा अलपत्र परेका नागरिकहरुलाई तत्काल उनीहरुको घर पु¥याउन अन्तरिम आदेश जारी गरेको छ । ...

कर्जा खुकुलो गर्दै राष्ट्र बैंक, २ करोडसम्मको कर्जा लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थ वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरूबाट २ करोड रुपैयाँसम्म ऋण लिँदा कर चुक्ता प्रमाणपत्र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

दक्षिणकालीमा ट्रक दुर्घटना, चालकसहित दुईको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित हनुमानेमा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय...

भर्खरै

नेकपाका अध्यक्षद्वयलाई आयोगको पत्रः साविकको नेकपा नै आधिकारिक

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता र विवादका विषयमा दुवै समूहबाट भएका एक अर्कामाथिको कारबाहीसहितका गतिविधिलाई अवैध भन्दै सो कार्य आयोगका लागि...

आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान सुरु

काठमाडौं । सरकारले आज (बुधबार)देखि देशभर एकैपटक कोरोना भाइरस संक्रमणविरुद्धको खोप अभियान सुरु गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे...

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

धेरै पढिएका

मासिक तीन लाख कमाउछन् यी भिडियो सम्पादक

काठमाडौं । कोरोनाको कहरले नेपाली चलचित्रका प्राविधिक निकै मारमा परे । तर, पछिल्लो समय म्युजिक भिडियोको छायांकनको क्रम बढेपछि आफूहरूलाई राहत मिलेको उनीहरूको भनाई...

कमाउन भन्दै मलेशिया पुगेका १८ नेपाली बाकसमा फर्किए

काठमाडौँ । भविश्य बनाउन भन्दै कामका लागि मलेशिया पुगेका मध्ये विभिन्न कारणले मृत्यु भएका १८ नेपाली नागरिककाे शब काठमाडाै अाइपुगेकाे छ । राष्ट्रिय ध्वजावाहक नेपाल...

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव सदनमा प्रवेश

चुरे मकवानपुर । पार्टीभित्रको आन्तरीक बेमेलको कारण आफ्नै पार्टीभित्रको सांसदबाट मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बागमती प्रदेशमा यो विषय अब सदनमा प्रवेश गरेको...

खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु

खोटाङ । खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर मृत्यु...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)