Wednesday, January 27, 2021
Home बिचार लैङ्गिक समानता र हिंसारहित समाजको निर्माण सम्भव छ

लैङ्गिक समानता र हिंसारहित समाजको निर्माण सम्भव छ

लैङ्गिक समानता र हिंसारहित समाज निर्माण गर्न सर्वपक्षीय तत्परता अनिवार्य छ

अहिले लैङ्गिक हिंसाविरुद्वको १६ दिने अभियान चलिरहेको छ । लैङ्गिक हिंसाविरुद्व काम गरिरहेका, लैङ्गिक समानता र न्यायका पक्षमा काम गरिरहेका, महिला अधिकारका क्षेत्रमा काम गरिरहेका सबै सरकारी तथा गैरसरकारी निकायहरू यस अभियानमा सरिक भइरहेका छन् । आवाज जति उठाइँदै गइएको छ, त्यति नै समाजमा लैङ्गिक हिंसाका घटनाहरू बढिरहेको अनुभव गरिएको छ ।

हाम्रो शिक्षा प्रणालीअन्तर्गतको सिकाइमा लिङ्ग, यौन, लैङ्गिकता र यौनिकताको बारेमा आधारभूत जानकारी दिन सकिएको छैन । यसबाट व्यक्तिको पारिवारिक र वैवाहिक जीवनमा कस्तो असर पर्न सक्छ भन्नेमा न त प्रशस्त खोज अनुसन्धान भएका छन्, न त नीतिनिर्माणको तहमा बस्नेहरू नै संवेदनशील बन्न सकेको अवस्था छ । यस्ता विषयका स्वस्थ छलफल र जानकारीलाई जानी नजानी सीमित गरिएको छ । किशोर किशोरीहरूको बाहुल्यता रहने विद्यालय शिक्षामा यसबारेमा स्वस्थ र तथ्यपरक जानकारी हुन आवश्यक देखिएको छ ।

लिङ्ग वा यौन पहिचानका आधारमा वा जैविक आधारमा भएको विभाजन प्राकृतिक विभाजन हो । यसैका आधारमा समाजले निर्माण गरेको तथा निर्धारण गरेको भूमिका जस्तैः व्यवहार, मूल्य, मान्यता, रहनसहन, रीतिरिवाज, संस्कृति आदि भिन्नतालाई नै लैङ्गिकता भनिन्छ । लिङ्गको आधारमा घरभित्र वा बाहिर गरिने विभेदपूर्ण व्यवहार नै लैङ्गिक हिंसा हो । लैङ्गिक हिंसालाई विस्तृत अर्थमा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, सामाजिक कुरीतिजन्य व्यवहारलगायत लैङ्गिक आधारमा हुने हिंसा र प्रताडनाको समष्टिगत रूप मानिएको छ । लैङ्गिक हिंसा धेरैजसो महिलामाथि हुने गरेको छ वा महिलाहरू नै बढी सङ्ख्यामा सामाजिक, पारिवारिक र सांस्कृतिक विभेदबाट पीडित छन् । त्यसैले नेपालको सन्दर्भमा लैङ्गिक हिंसा भन्नासाथ महिला हिंसा भन्ने बुझिन्छ ।

नेपाली समाज बिस्तारै परम्परागत सोच र अभ्यासबाट आधुनिक सोच र प्रविधिमैत्री अभ्यासमा रूपान्तरण हुँदै छ

व्यक्तिको लिङ्ग, लैङ्गिक पहिचान र भूमिका, यौन उत्तेजना, यौन आकर्षण, यौन आनन्द, यौन पहिचान र प्रजननजस्ता विषयहरूको समष्टि रूप नै यौनिकता हो । यौनिकता मानिसको जीवनको केन्द्रीय पक्ष हो । यसले जीवनका धेरै पक्षहरूलाई समेटेको हुन्छ । महिला वा पुरूष भएको कारण उसले व्यक्तिगत रूपमा खेल्ने भूमिका, परिवार र समाजमा निर्वाह गर्ने भूमिका, व्यवहार र समाजले निर्धारण गरेको रीतिरिवाज संस्कार, चालचलन आदिले मानिसको यौनिकता निर्धारण गरेको हुन्छ । मानिसहरूको सोच भावना, इच्छा, विचार, धारणा, मान्यता, व्यवहार, जिम्मेवारी, सम्बन्ध आदि थुप्रै कुरामार्फत मानिसको यौनिकता प्रस्तुत वा अभिव्यक्त भएको हुन्छ ।

व्यक्तिमा कुनै न कुनै प्रकारले विपरीत लिङ्ग वा समान लिङ्गका अर्को व्यक्तिप्रति आकर्षण हुन सक्छ । यसलाई सामाजिक मूल्यमान्यताभित्र व्यक्त गरियो, सम्मानजनक रूपमा व्यक्त गरियो भने स्वाभाविक ठहर्छ । तर कहिलेकाहीँ केही व्यक्तिहरूमा यस्तो आकर्षण यौन चाहनामा रूपान्तरित भई अर्काको इच्छाबेगर यौन अभिव्यक्तिहरू प्रस्तुत गरियो भने यसलाई यौन हिंसाका रूपमा लिनुपर्दछ । यौन हिंसाका फरकफरक रूपहरू हुन्छन् । अर्को व्यक्तिलाई यौनजन्य शब्द सुनाएर वा यौनजन्य वस्तु तथा यौन अंग देखाएर, फोन र सामाजिक सञ्जालमा यस्ता यौनजन्य सामग्रीहरू प्रसारण गरिदिएर पनि समाजमा यौन हिंसा भइरहेका छन् । आम मानिसको बुझाइमा शारीरिक रूपमा छोएर वा जबरजस्ती अर्काको शरीरलाई चलाएको अवस्थामात्र यौन हिंसा हो भन्ने छ । यस्तोमा धेरैजसो पुरुषले महिलालाई यौन हिंसा गरेको देखिने हुनाले पनि हामीलाई लैङ्गिक हिंसा र यौन हिंसा उस्तै लागेको हुन्छ । तर हाम्रो घरपरिवार र समाजमा महिलाले महिलालाई नै लैङ्गिक हिंसा गरिरहेको पनि हुन सक्छ । एक महिला सदस्यले अर्को महिला सदस्यलाई उसको आत्मसम्मान, पहिचान र भावनामा चोट पुग्नेगरी दिएको मनोवैज्ञानीक प्रताडना पनि लैङ्गिक हिंसाकै रूप हुन ।

संसारभर लैङ्गिक हिंसाविरुद्ध जनमत सिर्जना गर्न र यसबारेमा सरोकारवालाहरूको ध्यानाकर्षण गराउनका लागि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरेयता प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बर १६ दिनसम्म यो दिवस मनाउँदै आइएको छ । नेपालमा भने २०५४ सालदेखि मनाउन थालिएको छ । यो वर्ष पनि मंसिर १० गतेदेखि घर शान्ति नै विश्व शान्तिको आधार ः दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएको छ ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियालाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

संसारको सबैजसो ठाउँमा लैङ्गिक हिंसाका घटना भइरहेका हुन्छन् । देशअनुसार, क्षेत्र अनुसार यसको स्वरूप र मात्रा फरक हुन्छ । विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको एक अनुमानअनुसार विश्वमा हरेक तीन जना महिलामा एक जनाले आफ्नो जीवनकालमा कुनै न कुनै शारीरिक वा यौन हिंसा र यातना भोगेका हुन्छन् । यसरी पीडा दिनेमा आफ्नै श्रीमान् र यौन साथी हुन्छन् भन्ने छ । त्यसैगरी नेपाल स्वास्थ्य तथा जनसांखिक सर्वेक्षण २०१६ अनुसार नेपालका १५ देखि ४९ वर्षका महिलाहरूमध्ये करिब २२ प्रतिशतले कुनै न कुनै प्रकारको शारीरिक हिंसा वा यातना भोगेको र ७ प्रतिशतले कम्तीमा एकपटक यौन हिंसा वा यातना भोगेको तथ्यांक छ ।

यो पनि पढ्नुहोस   कोभिडविरुद्धको खोपले ल्याएको खुसी

नेपालको संविधान २०७२ को धारा १८ मा समानताको हकअन्तर्गत लैङ्गिक समानताको सुनिश्चितता र धारा ३८ मा महिलाको हकसम्बन्धी व्यवस्था गरिसकेको छ । राज्यको निर्देशक सिद्धान्तमा कानुनको शासन, मौलिक हक तथा मानवअधिकारका मूल्य र मान्यता, लैंगिक समानता, समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्यायको सिद्वान्तलाई स्वीकार गरिसकेको छ । नेपाल सरकारले लैङ्गिक हिंसा प्रभावितहरूका लागि तत्काल उद्धार गर्न, औषधि उपचार गर्न, कानुनी सहायता, मनोवैज्ञानिक उपचार तथा मनोविमर्श प्रदान गर्न र पुनस्थापन गर्नका लागि लैङ्गिक हिंसा निवारण कोष सञ्चालन नियमावली, २०६७ लागू गरिसकेको छ ।

नेपाली समाज अझै पुरुषप्रधान समाज हो । हाम्रा परम्परागत अभ्यासहरू, धार्मिक र सांस्कृतिक चालचलनहरू पुरुषप्रधान छन् । यद्यपि यसमा परिवर्तनको बहस र अभ्यास सुरु भएका छन् । हामी जानीबुझीकन लैङ्गिक समानताको वकालत गरिरहेका छौं । आफ्नो जीवनमा यसलाई लागू गर्न प्रयत्नशील छांै । तर पनि हाम्रो अवचेतन मनले पुरुषप्रधानतालाई च्यापिरहेको हुन्छ । महिला र पुरुषको विभेदलाई स्वीकार गरिरहेको हुन्छ ।

हामी भर्खरै पूर्ण साक्षरताको तहमा प्रवेश गर्दै छांै । हाम्रा गाउँघरमा अझै नाम मात्रका साक्षरहरूको उपस्थिति बाक्लै छ । हाम्रो साक्षरताले लेखपढका लागि न्यूनतम मापदण्ड तोकेको छ, विवेक र विश्लेषणको मापदण्ड बनाउन सकेको छैन । जसका कारण परिवारभित्र र समाजमा निर्णय गर्नेहरूले महिला र पुरुषको असमानतालाई भत्काउन सकिरहेका छैनन् । परम्परागत सोचलाई त्याग गर्न सजिलो छैन । यसलाई परिवर्तन गर्न लामो समय लाग्छ ।

नेपाली समाज बिस्तारै परम्परागत सोच र अभ्यासबाट आधुनिक सोच र प्रविधिमैत्री अभ्यासमा रूपान्तरण हुँदै गएको छ । प्रविधिको पहुँचले गर्दा नयाँ विचारहरू, अभ्यासका उदाहरणहरू छिटोछिटो र व्यापक रूपमा विस्तारित हुन पाएका छन् । यसले गर्दा मानिसको सोच र प्रवृत्तिलाई बलात् परिवर्तन गर्न खोजेको देखिन्छ । व्यवस्थित र परिपक्क परिवर्तन हुन सकिरहेको छैन ।

हामीभित्र अझै पनि पुरुषप्रधान मानसिकता छ । हरेक छलफल, बहस र गतिविधिमा हामी महिला र पुरुष भनिरहेका हुन्छौं, व्यक्ति व्यक्तिको पहिचानलाई सम्बोधन गर्न सकेका छैनौं । घरभित्रैबाट हामी आमा र बाबुको भूमिका, संलग्नता र जिम्मेवारीमा लैङ्गिक असमानता र लैङ्गिक विभेदलाई स्वीकार गरिदिएका छौं । छोरी र छोराको सामाजिकीकरणमा विभेद गरिरहेका छांै । बाबुको संरक्षणमा परिवार सञ्चालन हुनुलाई आदर्श परिवार मानेका छांै । यी सबै पृष्ठभूमिमा हामीले लैङ्गिक विभेदलाई प्रश्रय दिएको देखिन्छ ।

महिला र पुरूषको असमानता कम गर्नका लागि महिला आरक्षणको व्यवस्था गरिएको छ । खासगरी सामाजिक विकासका गतिविधिहरूमा महिला संलग्नतालाई प्राथमिकतामा राखिएको छ । समुदाय स्तरमा निर्माण गरिने समितिहरूमा दुई÷तीन जना महिला समावेश गरी महिलाको प्रतिनिधित्व गराइएको छ तर सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिताको सुनिश्चितता हुन बाँकी रहेको छ ।

अवसरहरूमा पक्कै पनि लैङ्गिक विभेद कायमै छ । समान क्षमता समान अवसर समान पहुँचको अवस्थामा नेपाली समाज पुगिसकेकै छैन । प्रयासहरू भइरहेका छन् । राज्यले यसका लागि विशेष आरक्षणको व्यवस्था गरेको छ । यस्तो व्यवस्था कहिलेसम्म गर्न उपयुक्त हुन्छ भन्नेमा चर्चा परिचर्चा हुन सकेको छैन । समावेशी हुने क्रममा महिलाका लागि व्यवस्था गरिएको आरक्षणलाई जबसम्म उपयोग गरिरहेका हुन्छांै, तबसम्म लैङ्गिक विभेदको चक्रमा घुमिरहेका हुन्छौं । यसले कुनै न कुनै प्रकारको लैङ्गिक हिंसालाई मलजल गरिरहेको हुन्छ ।

शिक्षा, स्वास्थ्य, आयआर्जन आदिमा महिलालाई पनि पुरुषसरह समान अवसर प्रदान गर्नाले लैङ्गिक हिंसा न्यूनीकरण गर्न सकिन्छ । स्रोत र साधनमाथि महिलाहरूको पहुँचमा वृद्धि गरी, उनीहरूलाई आत्मनिर्भर र स्वावलम्बी बनाउन सके पनि लैङ्गिक हिंसा घटाउन सकिन्छ । महिलामाथि हुने सबै प्रकारका हिंसा र दुव्र्यवहारका घटनाहरूलाई छिटो र छरितो तरिकाले सुन्ने र न्याय दिलाउने व्यवस्था भएमा पनि उनीहरूमाथि हुने हिंसा वा दुव्र्यवहार न्यूनीकरण गर्न सकिन्छ ।

लैङ्गिक समानता र हिंसारहित समाज निर्माण गर्न सर्वपक्षीय तत्परता अनिवार्य छ । नीति निर्माण र कार्यान्वयनले मात्र यसलाई परिणाममुखी बनाउन सक्दैन । नागरिक समाजले समय समयमा जागरण र खबरदारी गरिरहनुपर्दछ । जीवनका हरेक पाटाहरूमा महिला र पुरुषको सम्मानजनक सहभागिता हुनका लागि व्यक्ति व्यक्तिका सोच र व्यवहारमा परिवर्तन हुन जरुरी देखिन्छ । भर्खरै हुर्कंदै गरेका बालबालिकाहरूलाई नै यसबारेमा सजग र जिम्मेवार बनाउन सकियो भने पनि भोलिको लागि सबै प्रकारका हिंसारहित समाजको परिकल्पना गर्न सकिन्छ ।

(Visited 275 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजनीतिक पुस्तान्तरण आजको आवश्यकता

एकताका राजनीतिक परिवर्तनले मात्र होइन, सत्ता परिवर्तनले पनि सर्वसाधारण नागरिकलाई उत्साहित गराउँथ्यो । विगतको भन्दा वर्तमान नेतृत्वले मुलुकको भविष्य उज्ज्वल बनाउँछ भन्ने आशा जनतामा...

खोप लगाए पनि सावधानी अपनाइरहनु पर्ने प्रधानमन्त्री ओलीको सल्लाह (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउने बताएका छन् । बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा...

जुम्लाका आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपतिले...

गौतमको एकता अभियान सफल होला ?

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता जोगाउन ‘नेकपा एकता अभियान’ घोषणा हुँदै छ । नेकपा उपाध्यक्ष वामदेव...

सिन्धुलीमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु

सिन्धुली । सिन्धुलीमा बुधबारदेखि कोभिड १९ को भ्याक्सिन कोभिड शिल्ड लगाउन सुरु गरिएको छ । भारत सरकारले नेपाललाई बिहिबार अनुदान सहयोग स्वरुप १० लाख...

साताका लोकप्रिय समाचार

अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट चाहिने

वासिङ्टन । अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ । त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिन अगाडिको हुनु...

ललिता निवास जग्गा प्रकरणः सीआईबीको अनुसन्धान अन्तिम चरणमा

काठमाडौं । ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले चार सय जनाविरुद्ध मुद्दा दर्ताको...

ओलीले हिटलर शैली प्रदर्शन गरे : राजेन्द्र महतो

सप्तरी । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले हिटलरको शैली प्रदर्शन गरेको आरोप लगाएका छन् । राजविराजमा...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको नेपाली कांग्रेसले जनाएको छ । फरक...

हामी रातो झण्डा फहराउनेवाला हौँ, काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन्...

ट्रेन्डिङ

काेराेनाबाट विश्वभर ३१ हजारभन्दा बढीको मृत्यु, संक्रमित संख्या ६ लाख ६८ हजार

जेनेभा (रासस/एपी/सिन्ह्वा/एएफपी) । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका...

रौतहटमा आर्थिक पुर्नलाभ कार्यक्रमको शुभारम्भ

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा आर्थिक पुर्नलाभ कार्यक्रमको शुभराम्भ भएको छ । सोमबार रौतहटको चन्द्रनिगाहपुरमा सो कार्यक्रमको परिचयात्मक कार्यक्रम गरिएको थियो । युएसआइडी नेपालको...

लकडाउन अवधि भर पुरानै सवारी पास मान्य हुने

काठमाडौ । काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले यस अघि जारी गरेको सवारी पासलाई नै लक डाउन अवधिभर मान्यता...

सञ्चारमन्त्रीको यस्तो थियो कमिसन संवाद

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ७० करोडको ‘बार्गेनिङ’ गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका छन् । सेक्युरिटी प्रेस...

चार दिनमा ३८ जनाविरुद्ध राजस्व छली मुद्दा

काठमाडौं । संसद् विघटनसँगै राजनीतिक अस्थिरताको मौका छोपेर विभिन्न व्यापारिक फर्मले राजस्व छली गर्ने क्रम बढाएको पाइएको छ । गत शुक्रबारदेखि सोमबारसम्म ३८ जनाविरुद्ध...

आगामी आवको कृषि बजेट : धान, मकै, बीउ र मललाई विशेष प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको कृषि बजेट कार्यक्रममा धान, मकै, बीउ उत्पादन, मल र मासुलाई विशेष प्राथमिकतामा राखेको छ । खाद्यान्नमा आमनिर्भर हुने...

पोखरा ७ मा एकैपटक १६ संक्रमित फेला

पोखरा। पोखराको एउटा वडामा एकैपटक १६ जना संक्रमित फेला परेका छन् । वडास्तरमा एकैपटक यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको पहिलो हो । गण्डकी प्रदेश स्वास्थ्य...

कोरोनाको कारण देखाउँदै सरकारी चीज उत्पादन केन्द्र बन्द

इलाम । इलामको पशुपतिनगरमा रहेको चीज उत्पादन केन्द्र कोरोना भाईरसको कारणले बन्द भएको छ । तीन हजार लीटर क्षमताको पशुपतिनगर चीज उत्पादन केन्द्रमा हाल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन्...

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

भर्खरै

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन्...

खोप लगाए पनि सावधानी अपनाइरहनु पर्ने प्रधानमन्त्री ओलीको सल्लाह (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउने बताएका छन् । बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा...

जुम्लाका आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपतिले...

मन्त्री साहले भने, ‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’

सप्तरी । सप्तरीमा बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण...

धेरै पढिएका

हामी रातो झण्डा फहराउनेवाला हौँ, काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन्...

उन्नत जातका गाई ल्याइदिन्छु भन्दै गाउँलेसंग २० लाख ठग्ने पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका विभिन्न कृषक सँग नक्कली कम्पनी स्थापनागरी लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कृषकबाट लाखौं...

पाँच महिनामा ३ खर्ब २८ अर्ब रुपैयाँ खर्च

काठमाडौँ । संघिय सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा ३ खर्ब २८ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षको...

बैतडीमा कोरोनाका सक्रिय संक्रमित ‘शुन्य’

बैतडी । बैतडीमा तत्कालका लागि कोरानाको सक्रिय संक्रमितको संख्या शुन्य भएको छ । जिल्लाको दशरथचन्द नगगरपालिका ४ का एकजनाले कोरोना जितेसंगै जिल्लामा सक्रिय संक्रमित...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)