काठमाडौं । ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कञ्चनरुप नगरपालिका–११ बस्ने २४ वर्षीय दिपक गाईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
घाँस काटन गएकी ती बालिकालाई ललाई फकाई धारापानी पिकनिक स्थलमा लगि दिपकले यौन दुर्व्यवहार गरेका थिए । इलाका प्रहरी कार्यालय ठेलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । अहिले प्रहरीले बालिकालाई आफन्तको जिम्मा लगाएको छ भने दिपकको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।