भक्तपुर । मध्यपुर ठिमी नगरपालिका– ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढेर रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषले गोजीमा बोकेको ५० हजार रुपैयाँ हराएको थाहा पाए । तत्कालै प्रहरीलाई खबर गरे ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरील पकेटमारेको अभियोगमा २ जनालाई ५० अजार नगद सहित पक्राउ ग-यो । पक्राउ पर्नेहरुमा काठमाडौं तिलगंगा बस्ने मोरङ् डाँगीहाट घर भएका २८ वर्षीय विकास राजबंशी र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ खाँडीचौर बस्ने २७ वर्षीय सन्तोष लामा रहेका छन् ।
उनीहरुलाई कौशलटार बस स्टपबाट पक्राउ गरेका थिए । उनीहरु माथी चोरीको कसुरमा थप अनुसन्धान तथा कारबाही भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।