Thursday, May 6, 2021
Home प्रदेश फरार कैदीबन्दी पक्राउ, सुरक्षामा खटिएका तीन प्रहरी निलम्बन

फरार कैदीबन्दी पक्राउ, सुरक्षामा खटिएका तीन प्रहरी निलम्बन

,

डाेटी ।  जिल्ला बालसुधार गृह डोटीबाट फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिकाका १६ वर्षीय राजेन्द्र बोहरा रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परी पुर्पक्षका लागि उनलाई जिल्ला बाल सुधार गृह डोटीमा राखेको थियो । गए राति करिब ११ बजे फरार भएका बोहरालाई जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँको जङ्गलबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि बालसुधार केन्द्रमा राखिएका बोहरालाई केही दिन पहिले कोरोना सङ्क्रमण पुष्टि भएपछि बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनले बिहीबार राति करिब ११ बजेको समयमा अस्पतालको शौचालयको भेन्टिलेसन फुटाएर फरार भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए । “बोहरा शौचालयको भेन्टिलेसन फुटाएर भागेछ, हामीले भागेदेखि नै खोजीकार्य जारी गरेका थियौँ, सानागाउँको जङ्गलमा लुकेको अवस्थामा आज उनलाई पक्राउ गरेका छौँ ।” उनले भने । पक्राउ परेका फरार अभियुक्त बोहरालाई अब जिल्ला अस्पतालमा राख्ने वा कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रहरी प्रमुख पाण्डेयले जानकारी दिए ।

आइसोलेसनबाट हत्या अभियोगी बोहरा फरार भएपछि उनको सुरक्षाका लागि त्यहाँ खटिएका तीना जना प्रहरीलाई निलम्बन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले हत्या अभियोगी बोहराको सुरक्षामा अस्पतालको आइसोलेसनमा खटिएका सबै प्रहरी कर्मचारीलाई निलम्बन गरिएको जानकारी दिए ।  “बोहराको सुरक्षाका लागि खटिएका प्रहरीको सुरक्षा जिम्मेवारीमा कही कमीकमजोरी तथा लापर्वाही भएको देखियो, सबैलाई निलम्बन गरी घटनासम्बन्धी आवश्यक छानबिन हुनेछ ।” उनकाे भनाइ थियाे ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कार तथा हत्या अभियोगमा पक्राउ परेका बोहोरालाई उमेर कम भएका कारण पुर्पक्षका लागि जिल्ला बालसुधार केन्द्र डोटीमा पठाइएको थियो । पुर्पक्षका लागि बालसुधार केन्द्रमा राखिएका बोहरालाई केही दिन पहिले कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीसहित अन्य चारजनालाई बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । रासस

(Visited 124 times, 1 visits today)
Loading comments...

आजको समाचार

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी...

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त, ६ जनाको मृत्यु

चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला...

साताका लोकप्रिय समाचार

निषेधाज्ञा जनअनुमोदित

कोरोना महामारीको दास्रो लहर फैलिएपछि यसको रोकथाम र फैलावटलाई रोक्न सरकारले प्रभावकारी रूपमा जारी गरेको निषेधाज्ञा देशव्यापी रूपमा अनुमोदन भएको छ । यसभन्दा पहिलो...

नेपालमा राष्ट्रियता र राष्ट्रवाद

नेपालमा राष्ट्रियता र राष्ट्रवादलाई नेपालका राजनीतिज्ञहरूले अत्यन्त सही हिसाबले व्याख्या गर्दै राष्ट्रवादीको कित्तामा सहजै आफूलाई प्रस्तुत गर्ने लहड चलिराखेको देखिन्छ । यो प्रचारप्रसारको विषय...

धमाधम अक्सिजन सुबिधासहितको आईशोलेशन बनाउदै बाँकेका स्थानीय तह

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणको हटस्पट बन्दैगर्दा स्थानीय तहले कोरोना संक्रमितको लागि हाईफ्लो अक्सिजन सुविधा सहितको आइशोलेशन तीब्र रुपले तयार गर्दैछन् । कोरोना भाईरसको...

वडा भवन निर्माणमा वडाध्यक्षकै अवरोध !

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका वडा नम्बर –२ को वडा भवन निर्माणमा वडाध्यक्षले नै अवरोध सिर्जना गरेपछि भवन निर्माणमा समस्या सुरु भएको छ । बलेफी गाउँपालिका,संघीय...

काेराेना संक्रमणबाट ३३ जनाकाे मृत्यु, ५,७२७ जना संक्रमित

काठमाडाैं ।  शुक्रबार नेपालमा कोरोनाभाइरसका ५,७२७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । १५,९१६ वटा...

ट्रेन्डिङ

जनकपुरमा फोहोर फ्याँकेको विषयमा झडप हुँदा २० बढी घाइते

जनकपुरधाम । धनुषाको एक शिव मन्दिरमा फोहोर फ्यालेको विषयलाई लिएर आइतबार झडप भएको छ । झडपमा कम्तीमा २ दर्जनभन्दा बढी व्यक्ति घाइते छन् ।...

महाशिवरात्रिमा पशुपति दर्शनका लागि पाँच स्थानबाट लाम

काठमाडौं । यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना...

प्रधानमन्त्री कप डिसेम्बरमा गर्ने तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप एक दिवसीय (पीएम) राष्ट्रिय क्रिकेट प्रतियोगिता डिसेम्बर अन्तिमदेखि सुरु गर्ने तयारी गरेको छ । कोरोना महामारीसँगै...

नेपालको ग्रेटवाल

चीनको झैं विश्व प्रसिद्ध ग्रेटवालको झल्को दिनेगरी तनहुँ बन्दीपुरमा पनि पदमार्ग निर्माण सुरु भएको छ । बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवद्र्धन उद्देश्यसहित निर्माण गरेको पदमार्गले...

ठाटीकाँध गाउँपालिका अध्यक्ष र वडाविरुद्ध नारा जुलुस

दैलेख । कोभिड –१९ को संक्रमण फैलिन नदिन सरकारले चौथो पटक लकडाउन थपेको छ । लकडाउनमा एक वडादेखी अर्को वडा,एक गाउँपालिका /नगरपालिकादेखी अर्को नगरपालिका,...

आगामी २४ घण्टा मुलुकभर नै वर्षा हुने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ...

जसपा कार्यकारिणी समिति बैठक परिचयमै दिनभर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठक हिजो बुधबारदेखि सुरु भएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल र समाजवादी पार्टीबीच गत...

नेकपा विवाद : बालुवाटारमा घोचपेच शैलीमा संवाद हुँदा बैठक अनिश्चित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको बेला पार्टी बैठक अनिश्चित बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग...

कोठा र शरीर न्यानो बनाउँदा अपनाउनुपर्ने सतर्कता

नवल यादवलाई अहिले निमोनियाले आक्रान्त पारेको छ । बिहानी कक्षा भएकाले बाक्लो हुस्सु र शीतलहरमा बिहान ५ बजे नै विद्यालयका लागि तयार भएर जानुपर्छ...

भुगोल सानो हुँदैमा कुनै राष्ट्र सानो हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मुलुकको क्षेत्रफल सानो हुँदैमा राष्ट्र सानो नहुने बताएका छन् । सरकारको निती तथा कार्यक्रममा उठेका प्रश्नको...

खण्डकाव्य त्रयोदश विमोचित

काठमाडौं । शिखा बुक्सले ‘खण्डकाव्य त्रयोदश’ बजारमा ल्याएको छ । यस संग्रह शुक्रबार वाल्मीकि विद्यापीठमा लोकापर्ण गरिएको हो । गोपीकृष्ण शर्मा, प्रा. राजेन्द्र सुवेदी,...

राउत क्षत्री सेवा समाज नेपालको १३ औ साधरणसभा सम्पन्न

काठमाडौं । राउत क्षेत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष ई. भगवान बहादुर राउतको अध्यक्षता तथा पूर्ब सांसद...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)