Wednesday, January 27, 2021
Home Editor-Picks छाेरीले घरकाे काम गर्नै पर्ने, छाेराले खेलेरै खान पाउने

छाेरीले घरकाे काम गर्नै पर्ने, छाेराले खेलेरै खान पाउने

टिकापुर ।  टीकापुर नगरपालिका–१ एकतानगरकी पुष्पा सन्न्यासी कक्षा ६ मा अध्ययनरत छिन् । कर्णाली मावि टीकापुरमा अध्ययनरत उनी विद्यालयबाट फर्केपछि घर सफा गर्ने, भाँडा कुँडा माझ्ने र कपडा धुने लगायत घरायसी काममा आमालाई सघाउँछिन् । यसले उनको पढाइमा असर पु-याएको छ । “म घरमा आमालाई सबै काम सघाउँछु, मेरा दाजुभाइले मैलेजस्तो घरको काम गर्दैनन्”, पुष्पाले भन्नुभयो, “आमाको धेरै काम हुन्छ । घरको काम सकेर राति आफ्नो गृहकार्य गर्छु । कहिलेकाहीँ गर्न भ्याउँदिन ।”

कक्षा ५ मा अध्ययनरत छात्रा सम्झना विकलाई विद्यालयपछिको समयमा घरको काममा खट्नुपर्छ । उनी आमासँगै घाँसदाउराको काममा समेत जान्छिन् । उनका दाजुभाइले पनि घरको काम गर्नुपर्दैन । “म आमासँगै सबै काम गर्छु । खाना पकाउन, घर सफा गर्न, घाँस काट्न सबै काम सिकिसकेँ”, सम्झनाले भनिन्, “छोरीले काम सिक्नुपर्छ, नत्र पछि दुःख पाइन्छ भन्छन्, घरको काम गर्दा घरमा त्यति पढ्न पाइँदैन ।”

त्यस्तै कक्षा ८ मा अध्ययनरत छात्रा सुधा धामीका दुई दाजुभाइ छन् । उनका दाजुभाइले घरको काम पटक्कै छुनु पर्दैन । उनीहरु विद्यालयबाट फर्केपछि कि गृहकार्य गर्छन्, नभए नजिकै रहेको खेल मैदानमा खेल्न जान्छन् । उनी विद्यालयबाट फर्कँदा घरमा काम थुप्रिसकेको हुन्छ । “म विद्यालयबाट फर्कन्छु, खाजा खाएर घाँस काट्न जान्छु, अनि साँझ खाना पकाउने जिम्मा मेरो हुन्छ”, सम्झनाले भनिन्, “आमाले गाईभैँसी स्याहार गर्नुहुन्छ । दाजुभाइलाई काम गर पनि भन्नुहुन्न । म अधिकांश दिन गृहकार्य नगरेरै विद्यालय जान्छु । कहिलेकाहीँ त जानै मन लाग्दैन ।”

समाजमा अहिले पनि छोरी विवाहपछि अर्काको घर जाने भएकाले उनको कमाइ अरुले खान्छ भन्ने गलत बुझाइले शिक्षामा विभेद गरिन्छ । कानूनले शिक्षामा समान हकको व्यवस्था गरे पनि अभिभावकले नबुिझदिँदा छोरा र छोरीलाई दिइने शिक्षामा विभेद रहेको छ । छोरीहरुलाई घरको काममा छोराभन्दा बढी लगाइँदा उनीहरुको पढाइमा समेत असर परेको छ ।

यो पनि पढ्नुहोस   लागूऔषध कारोवारीमा संलग्न दुई महिला पक्राउ

अभिभावक लीलावती चौधरी तुलनात्मकरुपमा घरको काममा छोराभन्दा छोरी बढी व्यस्त देखिने बताउनुहुन्छ । “छोरी पराइ घर जाने हो भन्दै छोरीले सबै कुरा माईतिमै सिक्नुपर्छ, अन्यथा दुःख पाइन्छ भन्ने सोचाइ हाम्रो समाजमा अझै छ”, उहाँ भन्नुहुन्छ, “यसले छोरीको पढाइमा बाधा पु-याएको हुन्छ ।”

छोराले नै लालनपालन गर्ने विश्वास गरिन्छ । यसैले तिनलाई अलि महँगो निजी विद्यालयमा र छोरीलाई अर्काको घर जाने हो भन्दै कम खर्च हुने सामुदायिक विद्यालयमा पढाउने अभिभावक गाउँघरमा अझै छन् । अभिभावक प्रमिला चौधरी छोरा पढाएमा लालनपालन गर्ने भएकाले उनमा गरिएको लगानी खेर नजाने बताउछिन ।

टीकापुर नगरपालिकामा शैक्षिकसत्र २०७६ /०७७ मा विद्यार्थीको सङ्ख्या २६ हजार ७९१ छ । ती मध्ये छात्र १४ हजार ४७५ र छात्रा १२ हजार ३१६ छन् । सामुदायिक विद्यालयमा मात्र छात्र चार हजार ५८७ छन् भने छात्राको सङ्ख्या छ हजार ७०० छ ।

संस्थागत विद्यालयमा भने छात्रको सङ्ख्या धेरै छ । छात्रा छ हजार ३०९ र छात्रको सङ्ख्या नौ हजार ८८८ छ । सामुदायिकमा छात्रा सङ्ख्या ५९ प्रतिशत छ भने संस्थागतमा ३८ प्रतिशत मात्र छ । यसले पनि सामुदायिकमा छात्राको सङ्ख्या धेरै र निजीमा कम रहेको देखिन्छ ।

सामुदायिकमा छात्रको तुलनामा छात्राले विद्यालय छाड्नेनेदर दुई प्रतिशतले बढी रहेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । “विद्यालय छोड्ने दर हेर्दा छात्रभन्दा दुई प्रतिशत बढी छात्राले विद्यालय छोडेको देखिन्छ”, शिक्षा अधिकृत नरेश अवस्थीले भने, “हामी घरकै कामले छोड्छन् भन्न सक्दैनौँ, माथिल्ला कक्षामा गएर विद्यालय छोड्ने छात्रा बढी छन् । घरको कामको बोझ पनि एउटा कारण हो ।” बाबुआमाले समानरुपमा घरमा व्यवहार गर्ने हो भने छोरीको पढाइमा थप टेवा पुग्ने उनको बुझाइ छ । रासस

(Visited 70 times, 1 visits today)
Loading comments...

आजको समाचार

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

नेकपाका अध्यक्षद्वयलाई आयोगको पत्रः साविकको नेकपा नै आधिकारिक

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता र विवादका विषयमा दुवै समूहबाट भएका एक अर्कामाथिको कारबाहीसहितका गतिविधिलाई अवैध भन्दै सो कार्य आयोगका लागि...

सिन्धुलीमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु

सिन्धुली । सिन्धुलीमा बुधबारदेखि कोभिड १९ को भ्याक्सिन कोभिड शिल्ड लगाउन सुरु गरिएको छ । भारत सरकारले नेपाललाई बिहिबार अनुदान सहयोग स्वरुप १० लाख...

आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान सुरु

काठमाडौं । सरकारले आज (बुधबार)देखि देशभर एकैपटक कोरोना भाइरस संक्रमणविरुद्धको खोप अभियान सुरु गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे...

दक्षिणकालीमा ट्रक दुर्घटना, चालकसहित दुईको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित हनुमानेमा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय...

साताका लोकप्रिय समाचार

मोतीलाल दुगड भन्छन् : म प्रधानमन्त्रीलाई हरेक किसिमको सहयोग गर्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त आर्थिक सल्लाहकार तथा निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण...

बागमति प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजै छलफल हुने

हेटौडा । बागमति प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविशस प्रस्तावमाथि आजैबाट छलफल हुने भएको छ । प्रदेशसभाको सातौं अधिवेशन आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन...

प्रदर्शन मिति तय भयो परदेशी–२ को

काठमाडौं । चलचित्र ‘परदेशी–२’ छायांकन सकिएको छ । गत चैतमा कोरोनाको कारण छायांकन रोकिएको यो चलचित्रको बाँकी छायांकन गत महिनाबाट गरिएको थियो । निर्माता...

मेयर कप फुटबल सुरु

सिन्धुली । कमलामाई नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा प्रथम मेयर कपम फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता कमलामाई नगरपालिका–६ को खुलामञ्चमा शनिबारदेखि सुरु...

कर्णाली जाग्दा देश नै जाग्छ : माधव नेपाल

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले कर्णाली जाग्दा देश नै जाग्ने बताएका छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा...

ट्रेन्डिङ

काँग्रेसद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ ।
यो पनि पढ्नुहोस   बुद्ध जयन्तीको दिन ध्यान दिवस मनाउन स्वामी आनन्द अरुणको सुझाव
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न...

सात वर्षीया छोरीलाई पटक–पटक बलात्कार गर्ने बाबु पक्राउ

काठमाडौं । ७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोरीलाई...

पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौँ । आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक विशेष...

सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड...

वामदेवको आँखामा तीन गुट सक्रिय

काठमाडौं । नेकपामा देखिएको विग्रह रोक्न भन्दै ६ बँुदे प्रस्ताव सार्वजनिक गरी चर्चामा आएका उपाध्यक्ष वामदेव गौतमले गुटै गुटको भेलाले पार्टी कमजोर भएको विश्लेषण...

चिनी उद्योगीले उखु किसानलाई ५७ करोड भुक्तानी गरे

काठमाडौँ । चौतर्फी दवावपछि चिनी उद्योगीले उखु किसानलाई ५७ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेका छन् । सरकारले गत १३ पुसमा उखु किसानसँग गरेको...

संसद् पुनस्थापना हुँदैन : मन्त्री गुरुङ

दमौली । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संसद् पुनस्र्थापना नहुने दाबी गरेकाछन् । अदालतले संसद् पुनस्थापना गरेमा अलोकतान्त्रिक हुने उनले बताए...

कोरोनाबाट विश्वभर ११ हजार ४१७ जनाको मृत्यु (अपडेट)

जेनेभा । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४१७ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

दक्षिणकालीमा ट्रक दुर्घटना, चालकसहित दुईको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित हनुमानेमा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय...

भर्खरै

सिन्धुलीमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु

सिन्धुली । सिन्धुलीमा बुधबारदेखि कोभिड १९ को भ्याक्सिन कोभिड शिल्ड लगाउन सुरु गरिएको छ । भारत सरकारले नेपाललाई बिहिबार अनुदान सहयोग स्वरुप १० लाख...

कोभिडविरुद्धको खोपले ल्याएको खुसी

आज बुधबारदेखि देशभर कोभिडविरुद्ध कोभिसिल्ड खोप लगाइँदै गर्दा यसले सबैमा खुसी र आशाको सञ्चार गराएको छ । कोभिडविरुद्ध अग्र मोर्चामा खटेर सेवा दिइरहेका चिकित्सक,...

सिन्धुलीगढी रानीदरबारको पुनःनिर्माण हुने

सिन्धुली । सिन्धुलीगढीमा रहेको भग्नावशेष रानीदरवारको पुनः निर्माण हुने भएको छ । जसका लागि ठेक्का स्वीकृत भई काम सुरु भएको छ । कमलामाई नगरपालिका...

गौतमको एकता अभियान सफल होला ?

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता जोगाउन ‘नेकपा एकता अभियान’ घोषणा हुँदै छ । नेकपा उपाध्यक्ष वामदेव...

धेरै पढिएका

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी...

नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र कारोबार अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई पनि धितोपत्र कारोबार गर्ने अनुमति दिएको छ । बोर्डले...

१७ नेपालीको शव लिन नेपाली जहाज मलेशिया उड्ने

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ...

कार्यक्रम ‘खेलौं जुहारी’ को प्रसारण सुरु

काठमाडाैं। युवा पुस्तामा नसुन्ने भन्ने लोक तथा दोहोरी गीतहरु सर्वप्रिय वन्दै जाँदा आजवाट अर्काे नयाँ दोहोरी कार्यक्रम खेलौँ जुहारीको प्रसारण सुरु भएको छ । ईन्टरटेन्टमेन्ट...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)