Wednesday, January 27, 2021
Home Breaking News नेकपा विवाद गम्भीर मोडमा, शीर्ष नेता आआफ्नै रणनीतिमा

नेकपा विवाद गम्भीर मोडमा, शीर्ष नेता आआफ्नै रणनीतिमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेको बेला दुवै समूहका नेता सहमति गर्न छोडेर आआफ्नै रणनीतिमा अघि बढेपछि पार्टी गम्भीर संकटमा पुगेको छ । विवाद समाधानका लागि नेताहरूको दौडधूप बढेको भए पनि सहमति जुट्न सकेको छैन् । शीर्ष नेताहरू आआफ्नै अडानमा अडिग भएपछि नेकपाभित्रको विवाद झन्झन् गम्भीर बन्दै गइरहेको छ । विवाद समाधान गर्ने उद्देश्यले आज (शनिबार) सचिवालय बैठक बोलाइएको भए पनि सहमति जुट्ने सम्भावना न्यून छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गर्दै एक अर्कालाई गम्भीर आरोप लगाएपछि विवादले उग्र रूप लिँदै आएको हो ।

विवाद समाधानका लागि भन्दै प्रधानमन्त्री ओली निकट रहेका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल शुक्रबार खुमलटार पुगेर अध्यक्ष दाहालसँग भेटघाट गरेका थिए । दाहालसँग भेटेको केही समय नबित्दै उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

तीन सातायता ओली र दाहालबीच ‘वान टु वान’ छलफल नै नभएकाले उनीहरू आफू निकटका नेताहरूमार्फत संवाद गर्दै विवाद समाधानको प्रयास गरिरहेका छन् । यद्यपि विवाद समाधान हुने संकेत देखिएको छैन ।

यसअघि बिहीबार महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले दाहाललाई भेटेर सहमतिमार्फत समस्या समाधान गर्न आग्रह गरेका थिए ।

दुई अध्यक्षबीच सहमति नभएसम्म बैठक बस्ने वातावरण छैन । पार्टी गम्भीर मोडमा पुगेकाले बैठक बस्नुअघि दुई अध्यक्षबीच सहमति हुनु अत्यावश्यक छ ।

विष्णु पौडेल
महासचिव, नेकपा

नेकपा स्रोतका अनुसार भेटघाटका क्रममा उनीहरूले सचिवालयमा पेस भएका दुसै प्रस्ताव फिर्ता लिएर साझा प्रस्ताव तयार गर्नुका साथै २६ भदौको स्थायी कमिटीले गरेको निर्णयमा फर्किनुपर्ने प्रस्ताव दाहाललाई गरिरहेका छन् । तर दाहाल आफ्नो प्रस्ताव फिर्ता नलिई दुवै प्रस्तावबारे पार्टी बैठकमा छलफल हुनुपर्ने अडानमा छन् ।

यही अडानका कारण नेताहरूबीच सहमति हुन नसक्दा राष्ट्रपति भण्डारीको सक्रियतासमेत बढेको छ । प्रधानमन्त्री ओलीले बिहीबार राष्ट्रपति भण्डारीलाई भेटेको केही समय नबित्दै अर्का अध्यक्ष दाहाल उनलाई भेटन शीतल निवास पुगेका थिए । शीतल निवासमा पार्टीभित्रको समस्या समाधानका विषयमा छलफल भए पनि त्यहाँ पनि सहमति जुट्न नसकेको स्रोतको दाबी छ ।

अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टी बैठकमा दुवै प्रस्तावबारे छलफल हुनुपर्ने र बैठकले गरेका निर्णय सबैले स्वीकार गर्नुपर्ने रणनीतिमा छन् । तर, ओली समूहले अल्पमत बहुमतको निर्णय स्वीकार्य नहुने र त्यसो गरिए पार्टी विभाजन भएको ठानिने चेतावनी दिँदै आएको छ ।

यो पनि पढ्नुहोस   लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्छौँ : प्रचण्ड

शनिबार सचिवालय बैठक बोलाइएको भए पनि दुई अध्यक्षबीच सहमति नभएसम्म बैठकमै सहभागी नहुने र दाहालको ‘आरोपपत्र’का बारेमा छलफल गर्न बैठक बस्नुको कुनै औचित्य नै नभएको प्रधानमन्त्री ओलीको अडान छ ।

पार्टी एकताको स्प्रिट सहमतिमै निर्णय गर्नु हो :  ओली पक्ष

सहमति नभए बहुमतबाटै निर्णय गर्नुपर्छ : दाहाल–नेपाल पक्ष

नेकपा महासचिव पौडेलले दुई अध्यक्षबीच सहमति नभएसम्म बैठक बस्ने वातावरण नभएको जनाएका छन् । पार्टी गम्भीर मोडमा पुगेको बताउँदै उनले बैठक बस्नुअघि दुई अध्यक्षबीच सहमति हुनुपर्ने बतााए । दुवै अध्यक्षले पेस गरेको प्रस्तावलाई फिर्ता वा खारेज गरेर साझा प्रस्ताव पेस गर्नुपर्ने बताउँदै उनले सहमतिका लागि २६ भदौको निर्णयमा फर्किनुपर्ने उपायसमेत दाहालसँगको भेटमा सुझाएका छन् ।

तर दाहाल–नेपाल समूह २६ भदौको स्थायी कमिटीको निर्णयको कार्यान्वयन ओलीले नै नगरेको आरोप लगाउँदै पार्टीको बैठकबाटै सहमति खोज्नुपर्ने अडानमा रहेका छन् । दाहालले २८ कात्तिक र ओलीले १३ मंसिरमा प्रस्ताव पेस गर्दै एकले अर्कामाथि विभिन्न गम्भीर आरोप लगाएका थिए ।

दाहाल–नेपाल समूहको छुट्टै भेला

पार्टीभित्र संकट गहिरिँदै गइरहेको बेला दाहाल–नेपाल समूहको विद्यार्थी भेला भएको छ । शुक्रबार राजधानीको थापाथली क्याम्पसमा दाहाल–नेपाल समूहको विद्यार्थी भेला भएको हो । सो भेलामा बोल्दै नेकपा स्थायी कमिटीका सदस्य अष्टलक्ष्मी शाक्यले पार्टी निर्णय सबैले स्वीकार गर्नुपर्ने बताएकी छन् ।

पार्टी धेरै दिन अनिर्णयको बन्दी बन्न नसक्ने बताउँदै उनले अब पार्टीले बहुमतका आधारमा निर्णय गर्नुपर्ने बताइन् ।

‘सहमति मात्रै पार्टीको विधि होइन । पार्टी बहुमतको निर्णय गरेर अघि बढ्छ,’ शाक्यले भनिन्, ‘पार्टीले गरेको निर्णय सबैले स्वीकार गर्दै कार्यान्वयन गर्नुको विकल्प छैन ।’

सोही भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पम्पा भुसालले पार्टी गम्भीर संकटका परेको बताउँदै पार्टीभित्रको समस्या पार्टी बैठकबाटै समाधान गर्नुपर्ने जनाइन् ।

‘पार्टीमा संकट छ । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीबाट गम्भीर छलफल गर्छौं । एकता संघर्ष र रूपान्तरण विधिबाट हल गर्छौं,’ भुसालले भनिन्, ‘सकेसम्म सर्वसम्मत नभए संगठनात्मक विधि छ । त्यसबाट हल गर्छौं ।’

(Visited 165 times, 1 visits today)
Loading comments...

आजको समाचार

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन्...

राजनीतिक पुस्तान्तरण आजको आवश्यकता

एकताका राजनीतिक परिवर्तनले मात्र होइन, सत्ता परिवर्तनले पनि सर्वसाधारण नागरिकलाई उत्साहित गराउँथ्यो । विगतको भन्दा वर्तमान नेतृत्वले मुलुकको भविष्य उज्ज्वल बनाउँछ भन्ने आशा जनतामा...

कोभिडविरुद्धको खोपले ल्याएको खुसी

आज बुधबारदेखि देशभर कोभिडविरुद्ध कोभिसिल्ड खोप लगाइँदै गर्दा यसले सबैमा खुसी र आशाको सञ्चार गराएको छ । कोभिडविरुद्ध अग्र मोर्चामा खटेर सेवा दिइरहेका चिकित्सक,...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

दक्षिणकालीमा ट्रक दुर्घटना, चालकसहित दुईको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित हनुमानेमा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय...

साताका लोकप्रिय समाचार

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव सदनमा प्रवेश

चुरे मकवानपुर । पार्टीभित्रको आन्तरीक बेमेलको कारण आफ्नै पार्टीभित्रको सांसदबाट मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बागमती प्रदेशमा यो विषय अब सदनमा प्रवेश गरेको...

बसाइँ सरेको २२ वर्षपछि गाउँ फर्केर ड्रागन खेती

भोजपुर । धेरै मानिसहरु सेवा सुविधाको खोजीमा शहरतिर बसाइँ सर्छन् । यसरी हिडेका मानिसहरु पुनः आफ्नै जन्मथलोमा फर्किएका कमै उदाहरण भेटिन्छन् । तर, भोजपुरको...

इलामका ८१ वटै वडामा कांग्रेसको विरोध

इलाम । इलामका ८१ वटै वडामा नेपाली कांग्रेसले विरोधका कार्यक्रम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले असंवैधानिक र स्वेच्छाचारी कदमभएको भन्दै ८१...

कित्ताबन्दीमा नेपाली राजनीति

देशमा संसद् विघटन भई मध्यावधि निर्वाचनको घोषणा भएपछि राजनीतिक विवाद चुलिन पुगेको छ । ताजा जनादेशका लागि निर्वाचनमा जाने वा विघटित संसद् दुई वर्षका...

ज्येष्ठ नागरिकको नमुना घर

नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हकको व्यवस्था छ । जसमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने प्रत्याभूति गरिएको...

ट्रेन्डिङ

तनहुँमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु

तनहुँ । जिल्लास्थित आँबुखैरेनी गाँउपालिका-२ ऐना पहरा भन्ने स्थान सोमबार बिहान ७:२५ बजेको समयमा पृथ्वी राजमार्गबाट करिब २५ मिटर तल सिमेन्ट बोकेको ट्रक अचानक...

सिन्धुपाल्चोकमा पहिरो : ३८ जना बेपत्ता, ३५ घरमा क्षति, ८ घाइते (नामावलीसहित)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान आएको पहिरोमा ३८ जना वेपत्ता भएका छन् । पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ...

लकडाउन खुलेसँगै नेकपा सिन्धुपाल्चोकको राजनीतिक गतिविधि सुरु

सिन्धुपाल्चोक । कोरोना भाइरस(कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले देशव्यापी रुपमा गरेको लकडाउन खुल्ला भएसँगै सिन्धुपाल्चोकमा राजनीतिक गतिविधिहरु पनि छिटफुट रुपमा सुरु भएको छ...

दैलेखमा चट्याङ लागेर एकजना घाइते

दैलेख । शुक्रबार बिहान ११ बजे चट्याङ लागेर एक जना महिला घाइते भएकी छन् । घाइते हुनेमा जिल्ला सदरमुकाम नारायण नगरपालिका –१...

बुटवलबाट १० जनाले कोरोना जितेर घर फर्किए

बुटवल । कोभिड–१९ को ‘इपिसेन्टर’ बनेको प्रदेश पाँचमा निको हुनेको संख्या पनि बढदै गएको छ । बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट शुक्रबार...

निषेधाज्ञा खुलेसँगै सर्वोच्चले आइतबारबाट सबै प्रकारको मुद्दाको सुनुवाइ गर्ने

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञा खुकुलो भएसँगै सबै प्रकृतिको मुद्दाको नियमित सुनुवाई शुरु गर्ने भएको छ । सर्वोच्चले २०७७ साउन १५ मा अदालतको वृहत पूर्ण...

हरेक वर्ष किताबकै पिरलो पुस्तकबिनै पढाइ सुरु

कालिकोट । हरेक वर्ष पुस्तक नपाएरै परीक्षा दिनुपर्ने कालिकोटका विद्यार्थीको समस्या यस वर्षमा पनि उस्तै हुने भएको छ । कालिकोटकोे नयाँ शैक्षिक सत्र सुरु...

भारतको बल मिचाइ

विश्व यतिखेर कोरोना भाइरस ‘कोभिड–१९’सँग संघर्ष गरिरहेको छ । गत डिसेम्बरको अन्त्यदेखि प्रारम्भ भएको यस महामारीले विश्वलाई नै प्रभावित गरिरहेको छ । झन्डै ४०...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन्...

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

भर्खरै

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन्...

खोप लगाए पनि सावधानी अपनाइरहनु पर्ने प्रधानमन्त्री ओलीको सल्लाह (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउने बताएका छन् । बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा...

जुम्लाका आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपतिले...

मन्त्री साहले भने, ‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’

सप्तरी । सप्तरीमा बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण...

धेरै पढिएका

साथीको बिहे खान भन्दै एउटै मोटरसाइकलमा चढेका तीन मध्ये दुई जनाको मृत्यु

सप्तरी, राजविराज । साथीको विवाहका लागि एउटै मोटरसाइकल तीन जना चढेर जाँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाइते...

राष्ट्रिय एकद्वारा प्रणाली कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझादारीपत्रमा हस्ताक्षर...

सडकले फेरिएको भोजपुर

भोजपुर सडक पहुँचमा जोडिएको लामो समय भएको छैन । छिमेकी जिल्ला धनकुटामा सडक विस्तार भएको करीब ३० वर्षपछि भोजपुरमा सडक विकास भएको हो ।...

८६ बर्षिय पाण्डेल पाए नयाँ जीवन

दोलखा । ५० सेन्टिमिटर सानो आन्द्रा कुहिएका ८६ बर्षिय दलबहादुर पाण्डेले पूनर्जन्म पाएका छन् । भिमेश्वर नगरपालिकाको लगानीमा संचालित दोलखाको सदरमुकाम चरिकोटमा रहेको अस्पतालले...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)