वीरगन्ज । नम्बरी जग्गाको नक्कली कागजात बनाएर ५० करोड मूल्य बराबरको जग्गा रजिष्ट्रेशन गराएको प्रकरणमा वीरगन्जका गिरधारीलाल अग्रवाल पक्राउ परेका छन् । उनलाई पर्सा प्रहरीले बिहीबार अनुसन्धानका लागि पक्राउ गरेको हो ।
वीरगन्जको मुख्य सडकमा रहेको सो जग्गा नक्कली कागजात बनाएर रजिष्ट्रेसन पास गरेको प्रकरणमा उनी सहित यस अगाडि पनि प्रहरीले मालपोत कार्यालय पर्साका लेखनदासहरु प्रमेश प्रसाद र अमरकुमार गुप्तालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा अग्रवालको पनि नाम जोडिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो काठमाडौंले यो प्रकरणका मुख्य अभियुक्त मुकेशराज भण्डारी बनेका केवल प्रताप राणा ( जंगबहादुर राणा ) लाई गएको असोज २५ मा काठमाडौंबाट पक्राउ गरी पर्सा प्रहरीको जिम्मा लगाएको थियो । पहिले पक्राउ परेका तिनै व्यक्तिहरुले दिएको बयानका आधारमा व्यापारी घरानाका गिरधारीलाल अग्रवाल पनि पक्राउ गरिएको पर्सा प्रहरीको भनाइ छ ।
अभियुक्तले करोडौँ मूल्यको जग्गा खरिदका लागि ५० लाख बैना दिएँ भन्दै आफू ठगिएको बताए पनि उनलाई पनि पहिले पक्राउ परेका व्यक्तिको बयानका आधारमा अनुसन्धानका लागि बिहीबार पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले बताइन् । जग्गा प्रकरणमा अग्रवालको संलग्ताको ’boutमा अनुसन्धान भइरहेको छ उनले भनिन् ।
मालपोत कार्यालय वीरगन्जले नक्कली कागजातको आधारमा मर्कन्टायलको कार्यालय रहेको होटेल मकालुको पार्किङ दक्षिण पूर्व मेनरोडसँग जोडिएको ५० करोड मूल्य बराबरको जग्गा रजिष्ट्रेशन पास गरेको खुलेपछि अनुसन्धान सुरु भएको छ । सो जग्गा प्रकरणमा काठमाडौँ महानगरपालिका वडा नम्बर १ बस्ने गोपाल राजभण्डारीकी पत्नी कमला राजभण्डारीको नाममा वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित कित्ता नं. ७१ को ३२५ वर्गमिटर, कित्ता नं. ३ को १२७३.८ वर्गमिटर, कित्ता नं. १८६ को १०३.४ वर्गमिटर र कित्ता नं. १४३ को ८६.१० वर्गमिटर जग्गा २०७६ फाल्गुण १२ गते मालपोत कार्यालय पर्साले मुकेशराज भण्डारीको नाममा रजिष्ट्रशन पास गरेको तथ्याकले देखाएको छ ।
नक्कली कागजात बनाउने गिरोहले गोपाल राजभण्डारी र श्रीमती कमलाराज भण्डारीका जेष्ठ सुपुत्र भनी मुकेशराज भण्डारीको नाममा नामसारी माग गर्दै मालपोत कार्यालयमा ०७६ माघ २९ गते नामसारीको लागि निवेदन दिएको मातपोत कार्यलय पर्साले जनाएको छ ।
सो गिरोहले मुकेश राजभण्डारी जेठो छोरोलाई नेपालमा रहेको देखाएका छन् । अन्य दुई भाई राकेश राजभण्डारी र रूपेश राजभण्डारी अष्ट्रेलिया रहेको देखाई अष्ट्रेलियामा रहेका दुई भाइले त्यहीबाट दाजु मुकेशराज भण्डारीको नाममा जग्गा नामसारीको मन्जुरीनामा गर्न भन्दै दुतावास मार्फत कागजात पठाएपछि जग्गा नामसारी भएको मालपोत कार्यालय पर्साको दावी छ ।
जुन प्रकृयाका सम्पूर्ण कागजातहरु नक्कली रहेको तथ्य बाहिरिएसँगै प्रहरी अनुसन्धान अगाडी बढिरहेको हो। अहिले भने राजीवराज भण्डारीले दिएको उजुरीका आधारमा अनुसन्धान अगाडी बढिरहेको पर्सा प्रहरी कार्यालयको मुद्दाफाँटका प्रहरी निरीक्षक कुलश बर्तौलाले बताए।ली कागजात बनाएर वीरगन्जको मुख्य सडकमा रहेको ५० करोड मूल्य बराबरको जग्गा रजिष्ट्रेशन गराउने प्रकरणमा गिरधारीलाल अग्रवाल पक्राउ परेका छन्।