Wednesday, January 27, 2021
Home प्रदेश प्रदेश ३ शुरु भो पर्वतीय उडान

शुरु भो पर्वतीय उडान

काठमाडौँ । बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो ।

महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन् । बुद्ध एयरले आज एक एटिआर–७२ र दुई थान एटिआर–४२ जहाजमार्फत तीन उडान ग-यो । जम्मा १५० यात्रु पर्वतीय उडानमा सहभागी थिए ।

त्यस्तै यती एयरलाइन्सले एक एटिआर–७२ र एक जेटस्ट्रिम जहाजबाट ९२ यात्रुलाई पर्वतीय उडान गराएको कम्पनीले जनाएको छ । यी दुवै कम्पनीले अब हरेक शनिबार पर्वतीय उडान गर्नेछन् । यात्रुको माग बढेमा उडान थप्ने उनीहरुको योजना छ ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले शुरुआती पर्वतीय उडान उत्साहवद्र्धक रहेको र थप उडानको बुकिङसमेत राम्रो रहेकालेबीचमा उडान सङ्ख्या पनि बढाउन सकिने बताए । यतीले हरेक शनिबार दुई पर्वतीय उडान गर्नेछ । बुद्ध एयरले पनि तीन उडान गर्ने जनाएको छ । सामान्य अवस्थामा बुद्धले पर्यटकीय मौसममा दैनिक आठदेखि नौ र कम्तीमा चार उडान गर्ने गरेको थियो । बुद्धले पर्वतीय उडानका लागि रु आठ हजार ९०० भाडादर तोकेको छ ।

अहिले पर्वतीय उडानका लागि अनुकूल मौसम मानिन्छ । सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् ।

पर्वतीय उडानमा विदेशी तथा नेपाली दुवैको आकर्षण रहे पनि अहिले विदेशी पर्यटकको चहलपहल छैन । नेपालमा कोभिड नियन्त्रणका लागि गत चैत ११ देखि देशभार लागू भएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन । असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ बाट अन्तरराष्ट्रिय नियमित उडान शुरु भएको थियो ।

आन्तरिक पर्यटलाई आकर्षण गर्नेगरी एयरलाइन्सले छुट तथा अफरसहित पर्वतीय उडान सञ्चालन गरेका हुन् । बुद्ध र यतीले पर्वतीय उडानका यात्रुले एक टिकट खरिद गर्दा थप एक टिकट निःशुल्कको व्यवस्था गरेका छन् । कोरोना सङ्क्रमण कायमै रहेको र विदेशी पर्यटक उल्लेख्य सङ्ख्यामा नआएकाले पनि एयरलाइन्सले आन्तरिक पर्यटकलाई आकर्षण गर्न उडान शुरु गरेका छन् । शनिबार बिदाको समय भएकाले परिवार आफन्त तथा साथीभाइ घुम्न सहज र सुलभ होस् भन्ने हेतुले अहिलेलाई अफर ल्याइएको एयरलाइन्सले जनाएका छन् ।

यो पनि पढ्नुहोस   खोप लगाए पनि सावधानी अपनाइरहनु पर्ने प्रधानमन्त्री ओलीको सल्लाह (फोटोफिचर)

१० महिनापछि यतीको पहिलो उडान

झण्डै १० महिनापछि आज यती यरलाइन्सले पहिलो पर्वतीय उडान गरेकोे छ । कम्पनीले प्रत्येक आज एउटा उडान गर्नेगरी बुकिङ शुरु गरेको भए पनि यात्रुको मागबमोजिम दुई उडान गरिएको विज्ञप्तिमार्फत जनाएको हो । एयरलाइन्सका हवाई सुरक्षा प्रमुखसमेत रहेका प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुको माग बढेकाले अब प्रत्येक शनिबार एटीआर–७२ जहाजमार्फत दुई वटा पर्वतीय उडान हुने बताए ।

‘हाम्रो सगरमाथाकै उचाइ बराबरको भाडादरमा दुई वटा टिकट पाइने आकर्षक प्याकेज, सङ्क्रमणरहित उडानका लागि हामीले अपनाएका विधि र प्रक्रियाप्रति यात्रुको विश्वास बढेकाले हामीलाई अझ उत्साहित बनाएको छ’, उनले भने । बिहान ७ः२० मा पहिलो उडान भरेको यतीले आज ९२ जना यात्रुलाई पर्वतीय उडानमा लगेको थियो । नेपाली यात्रु तथा आवासीय विदेशी नागरिक र भारतीय नागरिकका लागि छुट्टाछुट्टै प्याकेज ल्याएको यतीले दुई टिकटका लागि क्रमशः रु आठ हजार ८४८र र १३ हराज २७५ भाडादर तोकेको छ ।

पर्वतीय उडान काठमाडौँबाट आवतजावत गरी एक घण्टाको हुन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान शुरु भई गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजङ्घा हिमाल नजिक पुगेर पुनःकाठमाडौँमा अवतरण हुन्छ । अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायीत हुन्छन् । आन्तरिक उडानका लागि हाल १० हेलिकप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

आरआरआर र मैदान जुध्ने भएपछि तनावमा अजय

मुम्बइ । आफ्नो दुई ओटा फिल्मको प्रदर्शन मिति जुधेपछि बलिउड अभिनेता अजय देवगन यतीबेला तनावमा छन् । उनको दुई ओटा फिल्म आरआरआर र मैदानको...

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

अभिनेत्री वर्षाले छाडिन् चलचित्र सुदूर

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले नयाँ चलचित्र सुदूर छाडेकी छन् । एक वर्षअघि अनुबन्धित भएको चलचित्र सुदूर छाडेकी हुन् । गत वर्ष चलचित्र रानी...

सिन्धुलीमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु

सिन्धुली । सिन्धुलीमा बुधबारदेखि कोभिड १९ को भ्याक्सिन कोभिड शिल्ड लगाउन सुरु गरिएको छ । भारत सरकारले नेपाललाई बिहिबार अनुदान सहयोग स्वरुप १० लाख...

कोरोना खोप लगाएका भन्छन् : सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस्

दमौली । स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरीले तनहुँमा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाए । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले तय गरेको खोप केन्द्रमा पहिलो खोप...

साताका लोकप्रिय समाचार

रहेनन लोक तथा दोहोरी गायक रत्न बानियाँ

काठमाडौं । अग्रज लोक तथा दोहोरी गायक रत्न बानियाँ अब हामी माझ रहेनन् । उनको बुधबार बिहानी पख ५८ वर्षको उमेरमा निधन भएको हो...

अब बरुणले अन्य हिरोइनसंग काम गरेको देख्न पाइने छैन !

मुम्बई । बलिउड अभिनेता वरुण धवनले आफ्नो सानैदेखीको साथी नताशा दलालसंग विवाह गरेपछि सामाजिक सञ्जालमा नव दम्पत्तिको तस्विर चर्चाको विषय बनेको छ । बलिउडका...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

खुल्यो तिब्बत पुग्ने सडकको ढोका

दैलेख ( भोटेगढी) । कर्णाली प्रदेशको राजधानी हँुदै तिब्बत जोडने सडकको ढोका मानिने दैलेखको भैरवी गाउँपालिका र कालिकोटको शुभकालिका गाउँपालिकाको ट्रयाक खोलिएको छ ।...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको नेपाली कांग्रेसले जनाएको छ । फरक...

ट्रेन्डिङ

न्याय माग्दै भुवन र साम्राज्ञी

काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको आरोप प्रत्यारोप झनै बढेको छ । दुबैले यतिबेला कानुनी बाटो रोज्ने चेतावनी एकअर्कालाई दिएका...

प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवलाई कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण देखिएको छ । प्रदेश सरकारले अधिकारिक रुपले जानकारी नदिएपनि प्रादेशिक प्रयोगशालाबाट...

काठमाडौं उपत्यकामा थपिए २६७२ जना संक्रमित

काठमाडौँ । काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोना सङक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्रै २ हजार १००, ललितपुरमा...

मुख्यमन्त्रीले देखेर पनि नदेखे झैं गरेकाे त्याे सवारी दुर्घटना

इटहरी । बेलबारी नगरपालिका ४ हल्लुडेमा दुर्घटना भयो । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च। २२४२ न। को पिकअप भ्यानले दक्षिणतर्फ बाटो...

जोखेर खसी बिक्री गरेपछि किसान दंग

नेपालगञ्ज । बाँकेको राप्तिसोनारी गाँउपालिकाका महिला साना किसानहरु आफुले उत्पादन गरेका खसी, बोका र बाख्रा सहकारीद्वारा सामुहिक रुपमा संकलन गरी बजारीकरण गर्न थालेपछि आत्मनिर्भर...

बैतडीमा खानेपानीको मुहानमा ११ मरेका गाई भेटिए

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकाको वडा नं ६ स्थित खानेपानीको मुहानमा मरेका ११ ओटागाई फेला परेका छन् । सिगास सामुदायिक वनको हाताभित्र रहेको भेरीखोला...

बेइजिङ प्लस २५ को सिभिल सोसाइटी रिपोर्ट सार्वजनिक

काठमाडौं । महिला बालबालिका तथा समाजकल्याणमन्त्री पार्वत गुरुङले छाउपडी प्रथाबाट भएको समस्या भन्दा पनि बढी चर्चा भएको बताएका छन् । बुधबार...

कोरियामा नेपाली विद्यार्थीलाई इ–९ भिसा

सिओल । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

यी हुन् पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेहरु (फोटोफिचर)

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको शुभारम्भ गरेका थिए । प्रधानमन्त्री...

बझाङमा युवाको हत्या आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ

बझाङ । छविसपाथिभेरा गाउँपालिका वडा नं ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन् । सिंहको मंगलबार...

कोरोना खोप लगाएका भन्छन् : सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस्

दमौली । स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरीले तनहुँमा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाए । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले तय गरेको खोप केन्द्रमा पहिलो खोप...

बझाङमा युवाको हत्या विरोधमा सदरमुकाम बन्द, सवारी साधन ठप्प

बझाङ । बझाङमा मंगलबार बेलुका खुडा प्रहारी गरी एक युवाको हत्या भएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का २७ बर्षीय अमृत...

भर्खरै

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर आन्दोलनमा रहेको स्पष्ट पारेको छ । सभापति शेरबहादुर देउवाका निर्देशनमा महामन्त्री...

यी हुन् पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेहरु (फोटोफिचर)

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको शुभारम्भ गरेका थिए । प्रधानमन्त्री...

बझाङमा युवाको हत्या आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ

बझाङ । छविसपाथिभेरा गाउँपालिका वडा नं ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन् । सिंहको मंगलबार...

कोरोना खोप लगाएका भन्छन् : सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस्

दमौली । स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरीले तनहुँमा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाए । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले तय गरेको खोप केन्द्रमा पहिलो खोप...

धेरै पढिएका

देशभरि ६२ अस्पतालमा १२० केन्द्रबाट खोप दिइने, ककसले पाउँछन् कोरोनाको खोप ?

काठमाडौँ । कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे...

महोत्तरीमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा...

अभिनेत्री वर्षाले छाडिन् चलचित्र सुदूर

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले नयाँ चलचित्र सुदूर छाडेकी छन् । एक वर्षअघि अनुबन्धित भएको चलचित्र सुदूर छाडेकी हुन् । गत वर्ष चलचित्र रानी...

काँग्रेसद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको घोषणा

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)