Monday, July 26, 2021
Homeप्रदेशप्रदेश २हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

नगर क्षेत्रमा सरकारी कार्यालयबाटै शुरुवात

,
sharethis

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले हुलाकी सडकको दायाँ/बायाँ १५/१५ मिटर भित्र बनाइएका नगर क्षेत्रका भौतिक संरचना डोजर लगाएर भत्काउन शुरु गरेको हो ।

शनिबार राजविराज नगर क्षेत्रको राम मन्दिर, हुलाक कार्यालय, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, सप्तरी जिल्ला अदालतलगायतका कार्यालयको कम्पाउण्ड वाल भत्काइएको छ । उक्त सडक खण्डमा अधिकांश सरकारी कार्यालयनै रहेकाले कम्पाउण्ड वाल भत्काउन कुनै अवरोध सिर्जना नभएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर आशुतोष कर्णले बताए ।

हुलाकी राजमार्ग निर्माणका क्रममा सिरहा रोडमा केही समस्या देखिएपनि त्यसलाई स्थानीय जनप्रतिनिधि, प्रशासन र सम्बन्धित पक्षबीच छलफल र आपसी सहमतिको माध्यमबाट निकास दिने काम भइरहेको उनको भनाई छ । सकभर कसैको घर भत्काउनु नपरोस् भन्ने हाम्रो पनि चाहना हो, इन्जिनियर कर्णले भने– ‘तर कम्पाउण्डवालहरु भने तोकेको सिमाभन्दा बाहिर छ भने त्यो तत्कालै भत्काइन्छ ।’

सप्तरी जिल्लामा कञ्चनपुरदेखि राजविराजसम्म एउटा र राजविराजदेखि बलान विहुलसम्म अर्को खण्ड गरी दुई वटा योजनामा गरी ४६ कि.मि. सडक निर्माण हुने हुलाकी राजमार्ग अन्तर्गत हालसम्म १५ कि.मि. सडकमा पहिलो लेयरको कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको इन्जिनियर कर्णले जानकारी दिए । बाँकी सडकको काम भने युद्धस्तरमा भइरहेको उनको भनाई छ ।

बलानदेखि कञ्चनपुरसम्मको ४६ कि.मि. सडक खण्डमा कुल २२ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म ६ वटा सम्पन्न भइसकेको छ भने बाँकी १६ वटा पुल निर्माणकै क्रममा रहेको उनले जानकारी दिए । दुवै योजना गरी झण्डै २ अर्बमा निर्माण हुने सप्तरी खण्डको निर्माण कार्यको जिम्मा रौता, श्रेष्ठ र दिवा कन्स्ट्रशनले पाएको छ । हुलाकी सडक निर्माणका क्रममा अतिक्रमित संरचना आफै हटाउन स्थानीय प्रशासन र स्थानीय तहले समेत सार्वजनिक सूचना मार्फत सहयोगका लागि सबैसँग अनुरोध गरेको छ । अतिक्रमण हटेलगत्ते सडक सम्याउने, सरसफाई गर्ने र सवारी व्यवस्थापन मिलाएर अस्तव्यस्त आवागमन सहज बनाउने राजविराज नगरपालिकाको तयारी छ ।

२०७८ बैशाखसम्म हुलाकी सडकको सप्तरी खण्डमा काम पुरा गरिसक्ने लक्ष्य रहेपनि कतै अवरोध र कतै कानूनी लडाईको समस्यासँगसँगै कोरोना महामारीले पनि ढिलाई भएको बताउँदै आयोजनाका इन्जिनियर कर्णले २०७८ को शुरुवातमा सम्भव नभएपनि २०७८ को अन्त्यसम्मा भने निर्माण कार्य सम्पन्न गरिसक्ने दाबी गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जिल्लाको समग्र विकासका लागि प्रत्यक्ष प्रभाव पार्ने हुलाकी सडकलाई समयमै सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

(Visited 234 times, 1 visits today)
Loading comments...

आजको समाचार

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

साताका लोकप्रिय समाचार

पैसाको लोभमा आफ्नै साथीको हत्या

  चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी...

समाजवादको आधार निर्माण : संस्थान निजीकरण होइन सुदृढीकरण

  समाजवादमा जान सार्वजनिक उद्यम नभई हुँदैन । संविधानमा राज्यका निर्देशक सिद्धान्तमा राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

फ्रेन्ड्समा नयाँ कार्य समिति

काठमाडौं । दीपक थापाको अध्यक्षतामा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्सको नयाँ कार्यसमिति चयन भएको छ । गत असारमा भएको साधरण सभाले दीपक थापालाई नै कार्य...

सुदूरपश्चिममा लागुऔषध प्रयोगकर्ता बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा लागुऔषध प्रयोगकर्ताको संख्यामा बृद्धि हुँदै गएको छ । बिगत ११ महिनाको अबधिमा तीन सय ४३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका...

ट्रेन्डिङ

अनेसास नवरत्न पुरस्कार नौ जना नारीलाई

काठमाडौं । बिगत झैं यो वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र...

धुलिखेलमा आजदेखि कोरोना परीक्षण

बनेपा । धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ । पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)