आँगनमा डोजर चल्न थाल्यो, जाने ठाउँ छैन

चुरे मकवानपुर । मकवानपुरको एक निजी उद्योगले आफ्नो स्वार्थको लागि खानी उत्खनन् गर्दा स्थानीय सर्वसाधारणको घरवास उठेको छ । हेटौंडामा उद्योग रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानी उत्खननको क्रममा स्थानीयवासीहरुको उठिबास लाग्ने अवस्था आएको हो । उद्योगको खानी मकवानपुर जिल्लाको विकट राक्सिर गाउँपालिका–४ गिङ्ङु भन्ने ठाउँमा रहेको छ । उद्योगले स्थानीयबासीहरुको उचित व्यवस्थापन बिना नै खानी सञ्चालन गरेपछि गिङ्ङुका करिब एक दर्जन परिवार विस्थापित भइसकेका छन् ।

अन्य करिब एक दर्जन बढी घर परिवारले गाउँ छाड्नुपर्ने अवस्था आएको स्थानीय बलराम चेपाङले बताए । ‘मेरो पनि ४ रोपनीको पैसा पायो ६ रोपनी जग्गाको पैसा दिएको छैन ।’ उनले भने, ‘आगनमा डोजर चल्न थालेपछि यहाँ कसरी बस्ने, मैले पनि गाउँ छाड्नुपर्ने भो ।’

उद्योगलाई न्युन मुल्यमा जग्गा विक्री गरेका स्थानीयहले पटक पटक गरी प्राप्त गरेको रकम खर्च गरिसकेका छन् । घरबारीमा खानी सञ्चालन भएपछि उनीहरुले अन्यत्र बिकल्प नहुँदा गाउँ छाड्न सकेका छैनन् । ‘पहरामा घर छ मेरो, अब अरुको त पैसा लिएर छाडे मैले त अब पैसा पाएको पनि छैन । बस्न पनि गार्हो छ‘ ,स्थानीय राममाया चेपाङले गुनासो पोखिन्, ‘उद्योगले छिट्टै पैसा दिए ज्यान धरापमा पारेर म बस्ने थिइन ।’

स्थानीय जनप्रतिनिधिहरुले प्रभावित बासिन्दालाई कुनै जानकारी नै नदिई उद्योगसँग सहमति गरेर खानी सञ्चालन गर्न दिएको स्थानीयनासीको आरोप छ । उक्त खानी सञ्चालन हुँदा उद्योगको तल्लो क्षेत्रमा बसोबास गर्दै आएका ६५ परिवार निस्थापित हुने र २५ हेक्टर जमिन प्रभावित भएको स्थानीयनासीहरुको भनाई छ ।

स्थानीयवासीले विकास निर्माणका कारण आफूहरुलाई राहत हुनु पर्नेमा घात चाँही भएको भन्दै विरोध गरेपछि मकवानपुर प्रशासन स्थानीयको गुनासो सुनुवाईको लागि गाउँपालिका पुगेको छ ।

मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–४ मा रहेको हेटौंडास्थित ऋद्धिसिद्धी सिमेन्ट उद्योगको गिङ्ङु खानीले स्थानीयलाई समस्या भएको तिव्र गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरको टोली विकट राक्सिराड्ड गाउँपालिकाको वडा न ४ मा पुगेको हो ।

सिमेन्ट खानी सञ्चालनको क्रममा स्थानीयहरु विस्थापित हुन थालको भन्दै गुनासो आएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल सहित सुरक्षा निकायका अधिकारीहरुले खानी अनुगमन गरेका थिए ।

स्थलगत निरीक्षणमा पुगेका प्रमुख जिल्ला अधिकारी रिजालले उद्योग व्यवस्थापनलाई स्थानीयवासीको उचित माग सम्बोधन गरेर खानी सञ्चालन गर्न भनेका छन् । ‘खानी नै भएको क्षेत्रको जनता त यहाँ बस्न सक्ने कुरा भएन, छेउछाउका प्रभावितहरुको कुरा के हो ’, प्रजिअले भने, ‘प्रभावितहरुको उचित माग सम्बोधन गरेर खानी सञ्चालन गर्नुहोला ।’

स्थानीयहरुले चलनचल्तीको मुल्यमा उद्योग आफैले स्थानीयको जमिन खरिद गर्नुपर्ने, जग्गा बिक्री गर्दा दश लाख रुपैयाँ भन्दा कम रकम प्राप्त हुनेहरुलाई अन्यत्र पुर्नबास गराउनुपर्ने लगायतका माग गरेका छन् । तर उद्योगले भने स्थानीयहरुको माग पुरा गरेरै खानी सञ्चालन गरेको दाबी गरेको छ ।

‘जनप्रतिनिधि र स्थानीयहरुसँग हामीले सम्झौता गरिसकेका छौ’ उद्योगका सञ्चालक राजेश खरेलले भने, ‘सोही आधारमा खानीको काम सुरु गरिएको हो । बीचमा आएका समस्या’bout छलफल गर्दै अघि बढ्छौं ।’

विपन्न चेपाङ र तामाङ बसोबास रहेको उक्त क्षेत्रमा अधिकांस ब्यक्तिको जग्गा बिचौलीया मार्फत उद्योगले जग्गा खरिद गरिरहेको बुझिएको छ । उधारो जग्गा विक्री गरेका एक दर्जन बढी स्थानीयले हालसम्म पैसा पाएका छैनन् । अनुगनको क्रममा स्थानीयवासी तथा बागमती प्रदेशसभा सदस्य ओम बहादुर ग्लान र ४ नम्बर वडा अध्यक्ष सञ्जय कोइरालाले उद्योगसँग भएको सहमति र बर्तमान अवस्था’bout जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मालिकामा एमालेविरुद्ध पाँच दलीय गठबन्धन