शिक्षक अपरणमा संलग्नहरु ‘विप्लव’ छाडेको सही गर्दै धरौटीमा रिहा

सिन्धुली । तिनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ निवासी भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई अपहरण गरेको आरोपमा पक्राउ परेकाहरुमध्ये ६ जना अदालतले मागेको धरौटी रकम तिरी कारागारमुक्त भएका छन ।

गत भदौ १३ गते शिक्षक भण्डारीलाई अपहरण गरि बन्धक बनाएको आरोपमा पक्राउ परेका उनीहरुले अदालतमा धरौटी बुझाई साधारण तारेखमा रिहा भएका हुन ।

उनीहरुलाई सिन्धुली जिल्ला अदालतले कार्तिक १९ गते जनही १५ हजार धरौटी माग गरेको थियो । धरौटी तिर्न नसकेपछि उनीहरु पुर्पक्षका लागि सिन्धुली कारागार चलान भएका थिए । उनीहरुलाई भदौ १४ गते प्रहरीले पक्राउ गरि मुद्दा चलाएको थियो ।

थुनामा रहेका मध्ये एक जना कारागार कार्यालय रामेछापमा रहेको र एकजना उपचारका क्रममा काठमान्डौमा रहेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताएका छन ।

अन्य ६ जनाले अदालतले तोकेको धरौटी तिरेपछि अदालतले साधारण तारेखमा छोडेको हो । विप्लब माओवादीका कार्यकर्ता रहेका उनीहरु विरुद्ध सिन्धुली जिल्ला अदालतमा संगठित अपराध, अपहरण तथा शरीर बन्धक र विस्फोटक पदार्थ मुद्दा चलिरहेको छ ।

अदालतले धरौटीमा छोडेपछि स्थानीय प्रशासनमा उनीहरुले विप्लव माओवादी छोडेको र साधारण जीवन विताउने घोषणा गरि आत्म समर्पण गरेका छन ।

यसरी विप्लव माओवादी छोड्ने र धरौटी तिरी रिहाई हुनेमा दुधौली नगरपालिका १३ सिन्धुलीका ३० वर्षिय रञ्जन लामा भनिने लोक बहादुर तामाङ, उदयपुर कटारी नगरपालिका १० का १९ वर्षिय डिकपल भन्ने विवेक थापा, उदयपुर कटारी नगरपालिका ९ का २५ वर्षिय कल्याण भनिने दल बहादुर खत्री, इलाम फाकफोकथुम गाउँपालिका वडा नं. ५ का २० वर्षिय धन बहादुर श्रेष्ठ, भोजपुर पौवादुम्बा गाउँपालिका ४ का १८ वर्षिय सुशान्त भन्ने सुन्दर राई र ताप्लेजुङ मिकवाखोला गाउँपालिका १ का १८ वर्षिय वर्षिय चट्टान भन्ने पूर्ण शेपा रहेका छन ।

भदौ १३ गते पक्राउ परेकी सुनसरी धरान उपमहानगरपालिका वडा नं. ६ की २० वर्षिय शिखा भन्ने प्रतिमा परियार र दुधौली १३ बस्ने ४९ वर्षिय रुद्र बहादुर राउत भने थुनामै रहेका छन । परियार कारागार कार्यालय रामेछापमा रहेका र राउत विरामी परेकाले उपचारका लागि काठमान्डौ पठाईएको पाण्डेले बताएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 398 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि