सबै वडामा कोरोना संक्रमितको निगरानी अनिवार्य गर्नुपर्ने

तुलसीपुर । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका विषयमा तुलसीपुरमा वृहत छलफल भएको छ । कोरोना, चट्याङ, आगलागी र बाढीबाट बच्नका लागि गर्न सकिने पूर्व तयारीका विषयमा नगर स्तरीय विपद् व्यवस्थाप समितीको बैठकमा घनिभूत छलफल गरिएको हो । जसमध्ये महामारीको रुपमा रहेको कोरोना संक्रमणलाई पहिलो प्रथामिकतामा राखेर तुलसीपुरका १९ वटै वडामा रहेका संक्रमितको निगरानी गरिने भएको छ ।

सम्बन्धित वडाध्यक्षको नेतृत्वमा राजनीतिक दल र स्वास्थ्यकर्मीको संयुक्त टोलीले रेखदेख तथा अनुगमण गरेर त्यसको जानकारी उपमहागनरपालिाई गराउने निर्णय भएको छ । कोरोना संक्रमितको उपचारमा कठिनाई भइरहेको गुनासो आएपछि उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो । तुलसीपुरमा हालसम्म कोरोनाबाट १८ जनाको मृत्यु भइसकेको छ भने ७६३ जना संक्रिमत छन् । जसमा सक्रिय संक्रमितको संख्या ८९ जना छ । हालसम्म ६६८ जना निको भइसकेका छन् । १९ वटा वडामध्य ५, ६ र ७ नम्बर वडामा संक्रिमतको संख्या धेरै रहेको तुलसीपुर उपमहानगरपालिका कोभिड–१९ का फोकल पर्सन बिमल केसीले जानकरी दिए ।

त्यसैगरी चट्याङ र आगलागीको जोखिमबाट बच्नका लागि पनि गृहकार्य सुरु गरिने भएको छ । चट्याङबाट बच्नका लागि पहिलो चरणमा सामुदायिक विद्यालय, अस्पताल, सार्वजनिक स्थलमा जहाँ नागरिकको बढी बिभडभाड हुने ठाउँमा अर्थिङको व्यवस्था र माटो परीक्षणका लागि काम गर्ने समेत निर्णय गरिएको छ । यसका लागि युएसए आईडी अन्तर्गत तयार नेपाललाई प्राविधिक र आर्थिक सहयोग माग्ने निर्णय समेत गरिएको विपत व्यवस्थापन शाखा प्रमुख भिम प्रसाद खत्रीले जानकारी दिए ।

त्यसैगरी बाढीबाट बच्नका लागि सायरनयन्त्र, खोज तथा उद्धारका लागि आवश्यक पर्ने सामग्री नेपाल प्रहरी, सशत्र पहरी र नेपाली सेनालाई उपमहानगरपालिकाले उपलब्ध गराउने भएको छ । विपत व्यवस्थापन समितिका संयोजक नवराज लामीछानेको अध्यक्षतमा बसेको बैठकमा उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलनामत्क रुपमा तलसीपुर उपमहानगरपालीका सुरक्षीत रहेको बताउँदै विपतका दृष्किोणले नेपालकै पहिलो उपमहागनर बनाउनेगरी काममा लाग्न सबैलाई आग्रहग गरे ।

सो अवसरमा तयार नेपालका फिल्ड अफिसर गोमा ओली चौधरी, फिल्ड टिमका डाइरेक्टर शेरबहादुर रेउले, युथ इनोभेसन ल्यावका अनिल बस्नेत लगाएतले हालसम्म तयार नेपालले उपमहानगर क्षेत्रमा गरेका गतिविधिका विषयमा आ–आफना प्रस्तुती करण राखेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेले क्लिनस्विप गरेको पाख्रिबासमा गठबन्धन विजयी