सरकारबिरुद्ध बृहत आन्दोलनको तयारीमा सुनसरी कांग्रेस

इटहरी । केपी ओली नेतृत्वको सरकार दमनबिरुद्ध केन्द्रित भएको भन्दै सुनसरी कांग्रेसले आन्दोलनको तयारी सुरु गरेको छ ।

नेपाली कांग्रेस सुनसरीका सभापति राजीब कोइरालाले मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै आँफूहरु आन्दोलनको तयारीमा उत्रिएको प्रतिक्रिया दिए । उनले भने, ‘हामीले यहि मंसिर २९ गते सरकारबिरुद्ध बृहत आन्दोलन गर्नेगरी तयारी गरिरहेका छौँ, सडकदेखि सदनसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ केही दिन अगाडि पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई जबरजस्ती रुपमा पक्राउ गर्नु सरकारको दमन रहेको भन्दै आँफूहरुले आन्दोलनको तयारी थालेको उनले बताए ।

‘केन्द्रको निर्देशनअनुसार नै हामीले आन्दोलनको तयारी थालेका हौँ,’ प्रदेश १ का विपक्षी दलका नेता समेत रहेका कोइरालाले भने, ‘कोभिडको समयमा सरकार जनताप्रति गम्भीर बन्न नसकेको अवस्था छ, दमनको बिरुद्धमा मात्रै सरकार केन्द्रित भएकाले आन्दोलमा जुटेका हौँ ।‘

कोरोनाले मुलुक ग्रसित रहेको उल्लेख गर्दै उनले सरकारले जनतालाई राहत दिने किसिमको कुनै पनि प्याकेज ल्याउन नसकेको र स्वास्थ्यमाथि गम्भीरता हुन नसकेको आरोप लगाउँदै उनले दमनको पक्षमा सरकार उभिएको आँफूहरु कठोर आन्दोलनमा उत्रिने चेतावनी दिए ।

एक फरक प्रसंगमा कोइरालाले पछिल्लो समय देशमा राजा आवश्यक रहेको भन्दै राजाबादीहरुले आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताए । उनले भने, ‘राजा आउनुपर्छ भनेर सडकमा आउनुभन्दा पनि पहिला निर्वाचन जितेर दुईतिहाईँ बनाएर राजा ल्याउनु, म यहीँबाट चुनाव लड्नका लागि सुझाव दिन्छु ।’ अहिले देशमा राजा ल्याउनका लागि आन्दोलन भईरहेकाले कुनै विधि र प्रक्रियाबाट यो सम्भव नहुने उनको तर्क थियो ।

पार्टीको महाधिवेशन पनि नजिकिदैँ गएकाले आँफूहरु पार्टीको आन्तरिक विवाद मिलाउन र सक्रिय सदस्यलाई परिचयपत्र वितरण गर्न पनि लागि परेको उनको भनाई थियो ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार