फुटेको २२ महिनापछि साझा र विवेकशीलबीच फेरि पार्टी एकता

काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दलबीच आज एकता भएको छ ।
अलग भएको २२ महिनापछि आज बुधबार साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेसँगै दुई पार्टी एक भएको हो ।

पार्टी एकतासँगै अब एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ । एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे रहेका छन् । चुनाव चिन्ह भने यसअघि साझाको तराजु रहनेछ ।

एकीकृत पार्टीको केन्द्रीय समिति १३० रहेको छ । दुबै पक्षबाट ६५÷६५ जना रहनेछन् । केन्द्रीय समितिको पहिलो बैठकले दुबै पक्षबाट १३÷१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालयसमेत गठन गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लामा भागबण्डा मिलेन, गठबन्धन टुट्याे