Sunday, May 9, 2021
Home प्रमुख अब पाइपलाइनबाट पेट्रोल पनि ल्याइने

अब पाइपलाइनबाट पेट्रोल पनि ल्याइने

,

वीरगञ्ज । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउन थालिएको थियो । अब एक वर्षभित्र सोही पाइप लाइनमार्फत पेट्रोल ल्याउन गृहकार्य शुरु गरिएको हो ।

निगमको सञ्चालक समितिले मोतिहारीबाट पेट्रोल पनि ल्याउन निगमलाई स्वीकृति दिएपछि काम अगाडि बढाइएको र यसका लागि भारतीय आयल निगम (आइओसी)सँगकुराकानी भइरहेको निगम प्रदेश नं २ को प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले जनाएको छ । कार्यालय प्रमुख भरत रेग्मीले भन्नुभयो, “४२ लाख लिटर पेट्रोल भण्डारण गर्ने क्षमताको दुईवटा पेट्रोल ट्याङ्की अमलेखगञ्ज डिपोमा तयार भइरहेको छ । दुई ट्याङ्कीमध्ये एउटा ट्याङ्की भारत सरकारले बनाउन लागेको छ भने एउटा ट्याङ्की आयल निगमले आफैँ बनाउने छ ।” ट्याङ्की निर्माण भएपछि एकपटकमा २४ ट्याङ्करमा स्वचालित उपकरणबाट तेल हाल्न सकिने छ । ट्याङ्की आगो नलागोस् भनेर तथा आगो लागेपछि सो आगो निभाउन ३०÷३० लाख गरी पानी भण्डारण गर्ने दुईवटा ट्याङ्की तयार हुनेछ । साथै अत्याधुनिक प्रयोगशाला र २४ भ्याकरमा एकैपटक पेट्रोल लोड अनलोड गर्ने काम हुनेछन् ।

नेपाल सरकारको करिव रु दुई अर्ब को लागतमा निर्माण भइरहेको सो पाइप लाइनमा अन्तर्राष्ट्रिय गुणस्तरको पाइप जडान गरिएको छ । साथै निर्माण भइरहेको पेट्रोल ट्याङ्करमा स्वचालित उपकरणबाट जाँच गर्न सकिने जनाइएको छ । पाइप लाइनमा पेट्रोल ल्याउन मोतिहारी तर्फ काम सम्पन्न भइसकेको बताइएको छ । भारतीय आयल कर्पोरेशन लिमिटेडले मोतिहारीमा भर्टिकल ट्याङ्क निर्माण गर्ने काम शुरु गरेको छ ।

यसैगरी अमलेखगञ्जस्थित निगमको कार्यालयमा पेट्रोल आपूर्ति गर्नका आवश्यक पर्ने पूर्वाधारको काम अगाडि बढाइएको छ । कार्यालय हाताभित्र पश्चिमतर्फ रहेको छ बिघा क्षेत्रफलमा रहेको खाली जग्गामा आवश्यक कामहरु हुनेछन् । अहिले सो पाइपबाट भारत विहारको पटनामा पम्पिङ गरेर अमलेखगञ्ज डिपोमा डिजल आउने गरिएको छ । मोतिहारीमा पेट्रोल ल्याउने काम सम्पन्न भएपछि त्यहीबाट पम्पिङ गरेर पेट्रोल पनि ल्याइने छ । प्रतिघण्टा तीन लाखदेखि चार लाख लिटरसम्म पेट्रोल आपूर्ति गर्न सकिने जनाइएको छ ।

पाइप लाइनबाट पेट्रोल आपूर्ति हुन थालेपछि ढुवानी खर्चमा बचत , प्राविधिक नोक्सानीको अन्त्य, शुद्धता कायम, चुहावट र मिसावट अन्त्य, प्रदूषण तथा वातावरणमा हुने क्षतिको अन्त्य, भन्सार नाकामा हुने ट्याङ्करको चापसमेत अन्त्य र पेट्रोलको अभाव पनि अन्त्य हुने विश्वास गरिएको छ ।

(Visited 124 times, 1 visits today)
Loading comments...

आजको समाचार

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

साताका लोकप्रिय समाचार

संक्रमणको साङ्लो चुडाउन आइसोलेशन मात्रै काफी छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड संक्रमणको साङ्लो चुडाउन अस्पताल र आइसोलेशन मात्रै काफी नहुने भएकाले निषेधाज्ञा जारी गरिएको बताएका छन् । सोमबार राष्ट्रको...

‘८४ वर्ष पुगेँ, सरकारले घरमै आएर गुन लगायो’

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम बाँकेमा प्रभावकारी...

सुनसरीमा ३१ गतेसम्म निषेधाज्ञा, हिँडडुलमा रोक

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार मध्यरातिदेखि जिल्लाभर लकडाउनको आदेश जारी गरेको छ । यसअघि प्रशासनले २४ गतेसम्म सीमित क्षेत्रमा निषेधाज्ञा गर्ने निर्णय...

कोरोनाबाट अभिभावक गुमाएकाको पीडा गीतमा

काठमाडौं । अहिले कोरोनाका कारण नेपालमा मृत्युदर बढेको छ । जसका कारण कैयौं बालबालिका अनाथ भएका छन् । उनीहरू निरास भएका छन् तड्पिएका छन्...

सरकारले भन्याे : एम्बुलेन्स चाहिए १०२ मा सम्पर्क गर्नुस्

काठमाडाैं । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ ।...

ट्रेन्डिङ

उपभोक्ताको प्रश्नः रातो पानी खुवाउन पाइन्छ ?

बागलुङ । नेपालको संविधान–७२ को भाग–३ मौलिक हक र कर्तव्यको धारा ४४ को उपभोक्ताको हक ४४(१) अनुसार प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त...

सुरक्षाको माग राख्दै सप्तकोशीका पानी जहाज थन्किए

केही स्थानीयको दादागिरीबाट आजित मोरङ । सुरक्षाको माग राख्दै सुनसरी बराहक्षेत्रको चतरादेखि भोजपुरको हतुवागढी ९ हसनपुरसम्म सञ्चालन हुँदै आएका पानी जहाज...

थप २३२ जनामा कोरोना पुष्टि, संक्रमित सं‌ख्या १५ हजार ४९१ पुग्यो

काठमाडौँ । देशभर गत २४ घण्टामा थप २३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

त्रिविका आंशिक प्राध्यापकको तलब ८ हजार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आंशिक प्राध्यापकहरूको चरम शोषण भएको पाइएको छ । त्रिविले नेतृत्वदायी भूमिका निर्वाह नगर्दा विगत १५ वर्षदेखि आंशिक प्राध्यापकको चरम...

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढीपहिरोले पु-याएको क्षतिप्रति दुःख ब्यक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी र पहिरोबाट देशभर पुगेको जनधनको क्षतिप्रति दुःख ब्यक्त गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले एक विज्ञप्ति जारी गर्दै भनेका...

छैटौं भूकम्पको सम्झना र पुनःस्थापना

झन्डै ८६ वर्ष पहिले १९९० सालअघि नेपालमा गएको महाभूकम्पको चर्चा अहिलेसम्म पनि उत्तिकै छ । देशमा त्यतिबेला भूकम्प रेकर्ड गर्ने प्रविधि भित्रिएको थिएन ।...

म्यान्मारमा सेनाको क्रुर दमन, ९० बढीको मृत्यु

यांगुन । म्यानमार सेनाको क्रुर दमनमा परि शनिबार ९० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको छ । बीबीसीका अनुसार लोकतन्त्र पुनस्र्थापनाको माग गर्दै प्रदर्शनमा उत्रदै...

राष्ट्रपति भण्डारी सहभागी हुने महायज्ञको तयारी तीव्र

रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकास्थित पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा फागुन ४ गतेबाट हुने मधानी महायज्ञ २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । मौलापुर...

४५ बोतल लागूऔषध सहित दुई कारोबारी पक्राउ

सिरहा । कोरोना भाईरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला सिरहाको बिष्णुपुर गाउँपालिका बाट सिरहा प्रहरी ले लागू-औषध सहित दुई जनालाई...

लकडाउन खुलाउने यस्तो छ मापदण्ड

काठमाडौं । सरकारले विगत ११ चैतदेखि जारी राख्दै आएको लकडाउन चरणबद्ध रूपमा खुकुलो बनाउन आवश्यक पर्ने मापदण्ड तयारीको कामलाई तीव्रता दिएको छ । प्रधानमन्त्री केपी...

चेन्नइ शीर्ष स्थानमा

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नइले कोलकाता नाइट राइडर्सलाई...

अपहरणको नाटक गर्ने महिला प्रहरीको फन्दामा

नेपालगञ्ज । सामाजिक सञ्जालमा अरुको फोटो राखेर प्रेमलिला रच्दै आफु अपहरणमा परेको अफवाह फैलाउने एक महिला बाँके प्रहरीको फन्दामा परेकी छन् । साधारण लेखपढ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)